विद्युत अपडेट

  • प्राधिकरण : ६४१२ मे.वा.घन्टा
  • सहायक कम्पनी : ६७७९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २०४९७ मे.वा.घन्टा
  • आयात : ८३८० मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ४२६६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२४६ मे.वा.
२०८२ माघ ४, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । साहस ऊर्जा कम्पनीको सेयर खरिद गर्न साढे २४ लाख बढी आवेदन परेको छ । निर्माणाधीन सोलु खोला (सोलु दूधकोसी) जलविद्युत आयोजनाको प्रवद्र्धक कम्पनीले निष्कासन गरेको सेयर खरिद गर्न सर्वसाधारणको यति धेरै आवेदन परेको हो ।

आइतबार अन्तिम दिन साँझ ५ बजेसम्ममा २४ लाख ६५ हजार ३ सय ५ जनाले साधारण सेयरका लागि आवेदन दिएको कम्पनीका अध्यक्ष हिम पाठकले बताए । उनका अनुसार आवेदकले ३ अर्ब ४३ करोड ९५ लाख २८ हजार मूल्यको ३ करोड ४३ लाख ९५ हजार २ सय ९० कित्ताका लागि आवेदन दिएका छन् ।

सर्वसाधारणले दिएको आवेदन मागभन्दा साढे ५ गुणा बढी हो । कम्पनीको सेयर खरिद गर्न सर्वसाधारणको उत्साहजनक सहभागिता देखिए पनि गोला प्रथाबाट करिब ६ लाख ४४ हजार जना आवेदकले मात्रै १० कित्ताका दरले सेयर पाउने पाठकले बताए ।

‘कम्पनीको सेयर खरिद गर्न सर्वसाधारणको उत्साहजनक सहभागिता रह्यो,’ उनले ऊर्जा खबरसँग भने, ‘तर, दुखःको कुरा सबै आवेदकहरूलाई सेयर दिन सकिने अवस्था रहेन ।’ उनले सर्वसाधारणबाट परेको आवेदन प्रमाणिकरण गर्न एक साताको समय लाग्ने बताए ।

आवेदकको आवेदन प्रमाणिकरणपछि मात्रै सेयर बाँडफाँड हुने मिति तय गरिने पनि पाठकले बताए । कम्पनीले दोस्रो चरणमा गत असोज ६ गतेदेखि ६४ लाख ४० हजार कित्ता साधारण सेयर निष्कासन गरेको थियो ।

कूल ७० लाख कित्ता सेयर निष्कासन भएकोमा ५ प्रतिशत हुन आउने ३ लाख ५० हजार कित्ता सामूहिक लगानी कोषका लागि र ३ प्रतिशत हुन आउने २ लाख १० हजार कित्ता सेयर कम्पनीमा कार्यरत सर्वसाधारणका लागि छुट्याइएको थियो ।

पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीयबासीका लागि सेयर निष्कासन गरी बाँडफाँड भइसकेको छ । स्थानीयबासीबाट पनि मागभन्दा बढी आवेदन परेपछि गोला प्रथाबाट सेयर बाँडफाँड गरिएको थियो ।

कम्पनीले सोलुखुम्बुको सोलु खोलामा ८६ मेगावाटको सोलु दूधकोसी जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आयोजनाको करिब ७६ प्रतिशत निर्माण सम्पन्न भइसकेको छ । आयोजनाबाट २०७८ चैतदेखि विद्युत उत्पादन गर्ने तालिका छ । आयोजनाको विद्युत १३२ केभी सोलु कोरिडोर प्रसारण लाइनको तिन्ला सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनेछ । 

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३