विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २२, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । बिन्ध्यावासिनी हाइड्रो पावर डेभलपमेन्ट कम्पनी लिमिटेडले ५ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको छ । सञ्चालक समितिको मंसिर २९ गते बसेको बैठकले आफ्ना सेयरधनी सदस्यलाई बोनस सेयर र लाभांश दिने निर्णय गरेको हो ।  

कम्पनीका अनुसार चुक्ता पुँजीको ५ प्रतिशतका दरले बोनस सेयर र ०.०२६३२ प्रतिशत लाभांश दिन प्रस्ताव पारित गर्नेछ । कम्पनीले उक्त प्रस्ताव पारित गर्न पुस २२ गतेको लागि साधारण सभा आह्वान गरेको छ । सभाबाट प्रस्ताव पारित हुने लगतै सेयरधनी सदस्यालाई बोनस सेयर र लाभांश वितरण गर्ने पनि कम्पनीले जनाएको छ ।

सभामा वार्षिक प्रतिवेदन, वित्तीय विवरण, नाफा/नोक्सान, हिसाब नगद प्रवाह लगायत विषयमा छलफल गरिनेछ । साथै, आर्थिक वर्ष २०७९/८० को लागि लेखा परिक्षक समेत नियुक्त गरी पारिश्रमिक समेत निर्धारण गर्ने जनाइएको छ । कम्पनीले आयोजना गरेको साधारण सभा पुस २२ गते विहान १० बजे कम्पनीको कार्यलय परिसर नयाँ बानेश्वारमा हुनेछ । 

यस्तै, मन्दाकिनी हाइड्रो पावर लिमिटेडले पनि आफ्ना सेयरधनी सदस्यलाई आर्थिक वर्ष २०७८/७९ को चुक्ता पुँजीबाट ५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । कम्पनीले सेयरधनी सदस्यलाई लाभांश वितरणा गर्न साधारण आह्वान गरेको छ ।  

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit