विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २१, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । रिडी पावर कम्पनी लिमिटेडले ७७ लाख ४४ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले सिन्धुपाल्चोकमा साझा पावर कम्पनी लिमिटेडद्वारा प्रवर्द्धित जलविद्युत् आयोजनामा लगानी गर्न हकप्रद सेयर निष्कासन प्रक्रिया अघि बढाएको हो ।

कम्पनीको हाल कायम चुक्ता पुँजी १ अर्ब ५४ करोड ८९ लाख १ हजार रुपैयाँ १ः०.५० को अनुपातमा हकप्रद सेयर निष्कासन गर्न लागेको हो । सय रुपैयाँ अंकित दरले ७७ करोड ४४ हजार ५०६ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।

कम्पनीले फागुन १८ गतेदेखि हकप्रद निष्कासन गर्न लागेको छ । इच्छुक व्यक्तिले चैत ८ गतेसम्म आवेदन दिन सक्नेछन् ।

सिन्धुपाल्चोकमा अघि बढेको तल्लो बलेफी निर्माण पूरा गर्न ४ अर्ब ४० करोड रुपैयाँ लागत अनुमान गरिएको छ । आयोजनामा ७५ प्रतिशत ऋण लगानी र २५ प्रतिशत स्वपुँजी लगानी हुने जनाइएको छ । आयोजनाको काम निर्माण सुरु भएको २ वर्षभित्र पूरा गर्ने प्रवर्द्धक कम्पनी साझा पावरको लक्ष्य छ ।

रिडी पावरले ८.५ मेगावाटको बुटवल सौर्य विद्युत्, २.४ मेगावाटको रिडी खोला गरी १०.९ मेगावाटको दुई जलविद्युत् आयोजना निर्माण सम्पन्न भई सञ्चालनमा गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit