विद्युत अपडेट

  • प्राधिकरण : ९६३९ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१५५ मे.वा.घन्टा
  • निजी क्षेत्र : ३१८२८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ९६४९ मे.वा.घन्टा
  • ट्रिपिङ : १५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४१२२ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१४ मे.वा.
२०८१ कार्तिक २०, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । कोरोना (कोभिड–१९) संक्रमणको जोखिम बढेपछि दार्चुलामा निर्माणाधीन ४० मेगावाटको माथिल्लो चमेलिया जलविद्युत आयोजनामा कार्यरत कामदार काम छोडेर हिड्न थालेका छन् । कोरोना संक्रमण हुने डरले कामदार काम छोडेर हिँडेका हुन् ।

आयोजना स्थलबाट ३ सय बढी कामदार घर गइसकेको प्रवर्द्धक अपि पावर कम्पनीका प्रबन्ध निर्देशक सन्जीव न्यौपानेले बताए । ‘५ सय बढी कामदार आयोजनाको काममा खटिएका थिए,’ उनले ऊर्जा खबरसँग भने, ‘जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि त्रासले धेरै कामदार भागेर घर गएका छन् ।’

उनले अहिले २ सय जना जति मात्रै आयोजनाको काममा खटिएको बताए । धेरै कामदार आयोजना स्थलबाट भागेर हिँडेपछि निर्माण गति सुस्त बनेको छ । ‘सबै कामदार परिचालन भएका बेला आयोजना तीव्र गतिमा अघि बढेको थियो । कामदारको संख्या घटेपछि निर्माण गति पनि सुस्त भएको छ’ उनले भने ।

अहिले सबै जिल्लामा निशेधाज्ञा लागेकाले आयोजनाका लागि आवश्यक निर्माण सामाग्री ढुवानीमा पनि समस्या देखिएको कम्पनीले जनाएको छ । सम्बन्धित निकायबाट पासको उचित व्यवस्थापन हुन नसक्दा निर्माण सामाग्री ढुवानीमा समस्या भएको कम्पनीको गुनासो छ ।

निर्माण सामाग्री ढुवानीमा भएको समस्याले पनि आयोजनाको काम प्रभावित हुन पुगेको न्यौपानेले बताए । आयोजनाको ३५ प्रतिशत निर्माण पूरा भइसकेको छ । निर्माण सुरु गरको ६ महिनामा आयोजनाले यो प्रगति हासिल गरेको हो । तर, अहिले निर्माण गति सुस्त हुँदा विद्युत उत्पादनको लक्ष्य प्रभावित हुने सम्भावना बढेको छ ।

बाँध, पाइप लाइन, विद्युतगृहलगायत सबै संरचनामा काम भइरहेको छ । ४० मेगावाटको भए पनि यो आयोजनामा सुरुङ छैन । चमेलिया नदीको पानी विद्युतगृहमा खसाल्न ३.३ मिटर ब्यासको ६.३ किलोमिटर लामो ‘लो प्रेसर’ पाइप रहने गरी आयोजनाको डिजाइन तयार पारिएको छ ।

आयोजनामा सिभिल संरचना निर्माणको काम चन्द्र एण्ड वसन्त र ग्वालेक निर्माण सेवा जेभी तथा लट्टीनाथ कन्स्ट्रक्सन कम्पनीले गरिरहेको छ । चन्द्र एण्ड वसन्त र ग्वालेकले बाँध क्षेत्रमा र लट्टीनाथ कनस्ट्रक्सनले विद्युतगृहमा काम गरिरहेको छ ।

यो आयोजनाबाट २०७९ फागुनदेखि विद्युत उत्पादन गर्ने लक्ष्य छ । कम्पनीले नेपाल विद्युत प्राधिकरणले दिएको लक्ष्यअघि नै निर्माण सम्पन्न गरेर विद्युत उत्पादन सुरु गर्ने दाबी गरिरहेको छ । तर, कोरोना महामारीका कारण कामदार नै काम छोडेर हिँड्न थालेकाले विद्युत उत्पादनको लक्ष्य प्रभावित हुने देखिन्छ ।

आयोजनाबाट उत्पादन हुने विद्युत १३२ केभी बलाँच सबस्टेसनमा जोडिने छ । आयोजनाको विद्युतगृहदेखि सबस्टेसनसम्मको दुरी १६ किलोमिटर छ । सबस्टेसनसम्म आवश्यक १६ किलोमिटर प्रसारण लाइनको ५७ वटा टावर कम्पनीले नै निर्माण गर्दैछ । यो आयोजना सम्पन्न गर्न ७ अर्ब ४० करोड रुपैयाँ लागत अनुमान गरिएको छ । आयोजनामा ६ बैंक तथा वित्तीय संस्थाले ऋण लगानी गरेका छन् ।

हिमालयन बैंकको अगुवाईमा कर्मचारी संचय कोष, राष्ट्रिय बाणिज्य, नेपाल, नेपाल बंगालादेश र सेन्चुरी बैंकले ५ अर्ब १८ करोड रुपैयाँ लगानी गरेका छन् । बैंक तथा वित्तीय संस्थाले गरेको यो लगानी कूल लागतको ७० प्रतिशत हो । २ अर्ब २२ करोड रुपैयाँ ९३० प्रतिशत० स्वपुँजी लगानी छ । आयोजना सम्पन्न भएपछि वार्षिक २६ करोड ४१ लख युनिट विद्युत उत्पादन हुनेछ ।

माथिल्लो चमेलिया अपि पावरले निर्माण गरिरहेको तेस्रो जलविद्युत आयोजना हो । कम्पनीले यसअघि नै दार्चुलामा साढे १६ मेगावाटका २ आयोजनाको सफल निर्माण गरी राष्ट्रिय प्रसारण प्रणालीमा जोडिसकेको छ । कम्पनीले जलविद्युतसँगै साैर्य विद्युत  आयोजनामा पनि लगानी गरेकाे छ ।

कम्पनीले निर्माण गरेकाे ४ मेगावाटकाे चन्द्रनिगाहपुर साैर्य विद्युत आयोजना अन्तिम चरणमा छ । याे आयोजना बैशाखभित्रै राष्ट्रिय प्रणालीमा जाेड्ने भनिए पनि निशेधाज्ञा लागेपनि उत्पादन अनिश्चित बनेकाे छ । कम्पनीले ढल्केबर र सिमरामा पनि १/१ मेगावाटका २ साैर्य विद्युत आयोजना निर्माण गर्दैछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३