विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १४, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । १९.८ मेगावाटको माथिल्लो सोलु जलविद्युत आयोजनाको मुख्य सुरुङ पूरा भएको छ । बेनी हाइड्रो पावर कम्पनीले सोलुखुम्बुको सोलु खोलामा निर्माण गरिरहेको आयोजनाको २४ सय १४ सय मिटर लामो मुख्य सुरुङ मंगलबार खनेर सकिएको हो ।

सफलतापूर्वक मुख्य सुरुङ छेडिएको आयोजना प्रमुख समन मानन्धरले बताए । उनले अब खनेर सकिएको मुख्य सुरुङको ढलानको काम थालिने बताए ।
‘फागुनभित्र नै सुरुङ पूरा गर्ने भनेका थियौं,’ उनले ऊर्जा खबरसँग भने, ‘काम गर्दै जाँदा मंगलबार यो सफलता मिल्यो ।’ उनले आयोजनाको सबैभन्दा जटिल र कठिन सुरुङ खन्ने काम सकिएकाले अब निर्माणले अझै गति लिने बताए ।

आयोजनाको करिब ८५ प्रतिशत निर्माण पूरा भइसकेको छ । बाँध क्षेत्रका संरचनाको निर्माण सकिएको छ । विद्युतगृहमा इलेक्ट्रोमेकानिकल उपकरण जडानको काम बैशाखदेखि सुरु हुने भएको छ । विद्युतगृहमा जडान हुने उपकरण आयोजनामा स्थलमा आइरहेकाे कम्पनीले जनाएकाे छ । 

यो आयोजना प्रतिमेगावाट १८ करोड रुपैयाँ लागतमा सम्पन्न गर्ने लक्ष्य छ । आयोजनामा ४ बैंकले ऋण लगानी गरेका छन् । आयोजनाबाट २०७८ साउनदेखि विद्युत उत्पादन गर्ने लक्ष्य छ । आयोजना सम्पन्न भई उत्पादन हुने विद्युत सोलु कोरिडोरको तिन्ला सबस्टेसनमा जोडिनेछ ।

सुरुमा २०७६ पुसदेखि विद्युत उत्पादन गर्ने तालिका थियो । पछि २०७७ पुसका लागि सारियो । यो अवधिमा पनि आयोजनाको विद्युत प्रवाह हुने १३२ केभी सोलु कोरिडोर प्रसारण लाइन तयार नहुँदा उत्पादन सुरु गने समय धकेलिँदै गएको हो ।

स्थानीयबासीले उदयपुरमा रुट सार्नुपर्ने माग राखेर  १० वटा टावर निर्माण गर्न अवरोध गरेकाले नेपाल विद्युत प्राधिकरणले प्रसारण लाइन अझै पूरा गर्न सकेको छैन । यो आयोजना सुरुमा १८ मेगावाटमा निर्माण गर्न सुरु गरिएको थियो । निर्माणका क्रममा नै क्षमता विस्तार गरेर १९.८ मेगावाट बनाइएको हो ।

२०७१ साउनमा आयोजनाको अनुमतिपत्र खारेज भए पनि विद्युत ऐन, २०४९ को दफा ३७ अनुसार मन्त्रिपरिषदले करार सम्झौता गरी पुरानै कम्पनीलाई पुनःअनुमति दिएपछि निर्माण सुरु गरिएको थियो ।

सोलु बेसिनमा माथिल्लो सोलुसँगै ८६ मेगावाटको सोलु दूधकोसी, ८२ मेगावाटकाे तल्लो सोलु, ५ मेगावाटकाे जुनबेंसीलगायत आयोजना निर्माणाधीन छन् । प्रसारण लाइन समस्याकै कारण निर्माण सम्पन्न भइसकेको साढे २३ मेगावाटको सोलु खोला आयोजना पनि पूर्ण क्षमतामा सञ्चालन हुन पाएको छैन ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit