विद्युत अपडेट

  • प्राधिकरण : ५२४८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ५९१० मे.वा.घन्टा
  • निजी क्षेत्र : १६८३८ मे.वा.घन्टा
  • आयात : ८९७७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १२० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७०९३ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २०८३ मे.वा.
२०८२ चैत ६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा
सिन्धुपाल्चोकमा निजी क्षेत्रले निर्माण गर्यो सबैभन्दा ठूलो आयोजना

काठमाडौं । सिन्धुपाल्चोकमा बलेफी हाइड्रो पावर कम्पनीले निर्माण सम्पन्न गरेको ३६ मेगावाटको माथिल्लो बलेफी ‘ए’ भोलि (कात्तिक ७ गते) देखि राष्ट्रिय प्रणालीमा जोडिन लागेको छ । यो यस जिल्लामा निर्मित सबैभन्दा ठूलो आयोजना हो, जुन निजी क्षेत्रले सम्पन्न गरेको छ ।

अन्तिम चरणको प्रसारण लाइन र ट्रान्सफर्मरको परीक्षण भइरहेको आयोजनाको विद्युत प्रणालीमा जोड्ने तयारी भइरहेको कम्पनीका अध्यक्ष उमेशकुमार कसजुले बताए । ‘आयोजनाको सबै संरचनामा पानी भरेर परीक्षण गर्ने कार्य सफल भएपछि उत्पादन परीक्षणको तयारी गरिरहेका छौ’, उनले ऊर्जा खबरसँग भने, ‘भोलीदेखि विद्युत उत्पादन परीक्षण सुरु हुन्छ ।’

आयोजनाबाट दुई सातासम्म परीक्षण उत्पादन गरेर नेपाल विद्युत प्राधिकरणलाई दिएपछि व्यावसायीक उत्पादन सुरु हुनेछ । उत्पादन हुने विद्युत विद्युतगृहदेखि २२ किलोमिटर दुरीमा रहेको लामोसाँघु सबस्टेसनमा जोडिनेछ । आयोजनाको विद्युतगृहमा १२ मेगावाट क्षमताका ३ वटा उत्पादन युनिट छन् । 

आयोजनाको विद्युत यसअघि नै प्रसारण प्रणालीमा जोड्ने योजना अनुसार काम गरिरहेकोमा असारमा सिन्धुपाल्चोकमा आएको बाढी र पहिरोको अवरोधले उत्पादन लम्बिएको हो ।

यसअघि आयोजनाबाट २०७८ साल जेठदेखि नै विद्युत उत्पादन गर्ने लक्ष्य थियो । यही समयमा कोरोना (कोभिड–१९) महामारीको दोस्रो लहरको समयमा  लगाइएको निशेधाज्ञाका कारण निर्माण सामाग्री तथा उपकरण ढुवानीमा भएको समस्या एवं केही कामदार र कर्मचारी कोरोना संक्रमित भएपछि निर्माण प्रभावित हुँदा तालिका सारिएको थियो ।

यो आयोजना सम्पन्न हुँदा ७ अर्ब रुपैयाँ खर्च हुने अनुमान छ । आयोजनामा ३० प्रतिशत ऋण र ७० प्रतिशत स्वपुँजी लगानी छ । आयोजनामा ५ बैंकले ऋण लगानी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३