images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १६, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले निर्माण गरिरहेको १३२ केभी कोहलपुर–सुर्खेत प्रसारण लाइन आयोजनामा बाँकेको स्थानीयले गरेको अवरोध अझै हटाउन सकिएको छैन । करिब डेढवर्ष अघिदेखि प्रसारण लाइनको रुट पर्ने बानियाँभार क्षेत्रका स्थानीयले अवरोध गरेका हुन् ।

२०७७ सालदेखि निर्माण सुरु भएको लाइनमा बाँकेको बैजनाथ गाउँपालिका ४ र १ का स्थानीयले रुट परिवर्तन गर्न माग गर्दै अवरोध गरेको आयोजना प्रमुख रवीकुमार चौधरीले बताए । ‘स्थानीयको अवरोधका कारण त्यस क्षेत्रको काम डेढवर्षदेखि ठप्प छ, रुट परिवर्तन गर्न सम्भव छैन,’ उनले ऊर्जा खबरसँग भने, ‘पहिलेनै अध्ययन अनुसन्धान गरेर रुट तय भएको हुन्छ । अब, नयाँ रुटबाट लैजाने हो भने थप नयाँ रुट पहिचान, अध्ययन गर्नुपर्ने हुन्छ, यसो गर्दा ४/५ वर्ष बढी लाग्छ, त्यसैले यो सम्भव छैन ।’

लाइनको निर्माण सुरु भएदेखिनै स्थानीयले गाउँवस्ती, तथा खेतीयोग्य जमिनभन्दा खुल्ला जग्गाबाट रुट लैजान माग गर्दै अवरोध गरेको बैजनाथ गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर शाहीले बताए । बस्ती र खेतीयोग्य जमिनमा असर पर्ने भन्दै केही सर्वसाधारणले विरोध गरेले स्थानीय, प्राधिकरण, ठेकेदारसँग समन्वय र छलफल गर्ने योजना भइरहेको पनि उनले बताए ।

यसैगरी, अहिले लाइनको रुट पर्ने बाके र बर्दिया राष्ट्रिय निकुञ्जअन्तर्गतकाे काम पनि हुन सकेको छैन । यस क्षेत्रको निर्माण पूर्वको काम अन्तिम चरणमा पुगेको छ, छिट्टै सम्बन्धित वन उपभोक्ता समिति, राष्ट्रिय वन क्षेत्रका लागि डिभिजन वन र निकुञ्ज क्षेत्रका रूख कटान सुरु गरिने पनि चौधरीले बताए । यो क्षेत्रमा करिब ६२ वटा टावर निर्माण हुनेछन् । यो क्षेत्रको काम सुरु भएको ७ महिनाभित्र सम्पन्न हुने पनि चौधरीले बताए ।

यी क्षेत्र बाहेक लाइनको अन्य क्षेत्रको काम पनि पानीले गर्दा निरन्तर हुन नसकेको उनले बताए । ‘वर्षायाम सकिँदैछ, राष्ट्रिय निकुञ्जको निर्माण पूर्वको काम पनि अन्तिम चरणमा पुगेको छ, त्यसैले अव द्रुत गतिमा निर्माण प्रक्रिया अघि बढाएर ८ महिनाभित्र लाइन सञ्चालनमा ल्याउने लक्ष्य छ’ उनले भने ।

२०७७ साउनमा ठेकेदार नियुक्त गरी निर्माण प्रक्रिया अघि बढाइएको लाइनको काम अन्तिम चरणमा पुगेको छ । ५० किलोमिटर लामो लाइनमा १६१ वटा टावर रहनेछन् । लाइन बाँकेको कोहलपुर सब–स्टेसनबाट सुरु भई सुर्खेतको सुब्बाकुना सबस्टेसनमा पुगेर टुङ्गिनेछ । प्रसारण लाइन निर्माणपछि त्यस क्षेत्रका जनताले पाउने विद्युत सेवाको गुणस्तरमा सुधार हुनेछ । विद्युत पहुँच नपुगेका क्षेत्रमा विद्युतीकरण विस्तार गर्न सकिनेछ ।

अहिले सुर्खेतमा ३३ केभी क्षमताको प्रसारण लाइन मात्रै सञ्चालनमा छ । नेपालगन्जबाट सुर्खेतसम्म तानिएको उक्त प्रसारण लाइन ‘ओभर लोडेड’ छ । प्रसारण लाइनका पोलहरू पनि जीर्ण अवस्थामा पुगेका छन् ।

सानो हावाहुरी र वर्षा हुँदा सुर्खेतमा सधैं जसो विद्युत सेवा अवरुद्ध हुने गरेको छ । १३२ केभी क्षमताको प्रसारण लाइन पूरा भएपछि अहिले भइरहेका सबै समस्याको समाधान हुने प्राधिकरणले जनाएको छ ।

यो प्रसारण लाइन निर्माण गर्न २०७७ साउनमा ठेकेदार नियुक्त गरिएको थियो । भारतको कम्पनी ‘आरएस इन्फाप्रोजेक्ट प्राइभेट लिमिटेड’ले प्रसारण लाइन निर्माणको ठेक्का पाएको छ ।

२०६९ मा अध्ययन अनुमति लिई २०७५ मा अध्ययन पूरा गरिएको आयोजनाले २०७७ जेठ २९ गते विद्युत विकास विभागबाट उत्पादन अनुमति पाएको हो ।  प्रसारणलाइन मार्गमा बाँके राष्ट्रिय निकुञ्ज तथा यसको बफरजोन, बर्दिया राष्ट्रिय निकुञ्ज तथा यसको बफर जोन तथा सामुदायिक र सरकारी वन पर्नेछ ।

त्यस्तै, आयोजना कार्यान्वयन गर्दा बाँकेको कोहलपुर नगरपालिका र वैजनाथ गाउँपालिका, बर्दियाको बाँसगढी नगरपालिका, सुर्खेतको भेरीगंगा, लेकबेसी र वीरेन्द्रनगर नगरपालिका प्रभावित हुनेछन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit