विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १५, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले विद्युत् चुहावट गत वर्षकै दरमा कायम रहने दाबी गरेको छ । चुहावट तथा चोरी नियन्त्रणलाई प्राथमिकताका साथ कार्यान्वयन गर्न लागिएको भन्दै प्राधिकरणले यस्तो दाबी गरेको हो ।

गत आर्थिक वर्षमा विद्युत् चुहावट १५.२७ प्रतिशतमा कायम रहेको थियो । पछिल्लो ४–५ वर्षअघि चुहावट दर २५.७८ प्रतिशत थियो । विश्वभर फैलिएको कोरोना महामारीको असर, कार्यक्षेत्रमा कर्मचारीको कमजोर उपस्थित र प्राधिकरण व्यवस्थापनमा आएको परिवर्तन लगायत कारणले गत साउनदेखि हालसम्म चुहावट करिब १.६ प्रतिशतले बढेको प्राधिकरणले नै जानकारी दिएको छ ।

पछिल्लो समय उद्योग कलकारखानाको तुलनामा गार्हस्थतर्फको माग बढेका कारण पनि चुहावट केही माथि गएको प्राधिकरणका कामु कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बताए । ‘गार्हस्थको माग बढ्दा चुहावट पनि त्यही अनुसार हुन्छ, यो प्राविधिक चुहावट नियन्त्रण गर्ने गरी हामीले काम गरिरहेका छौं,’ उनले भने, ‘कोरोना महामारीले गर्दा फिल्डमा खटिने कर्मचारी घरमै बस्न बाध्य भए । यसको पनि केही असर देखिएको छ ।’

प्राधिकरणका अनुसार अहिले करिब १० प्रतिशत प्राविधिक र ६ प्रतिशत गैरप्राविधिक चुहावट छ । चालू आव अझै साढे ६ महिना बाँकी रहेको हुँदा त्यतिबेलासम्म चुहावट पुरानै अवस्थामा फर्किने शाक्यले बताए । ‘विस्तारै व्यापारिक गतिविधि बढिरहेका छन्, औद्योगिक क्षेत्रमा विद्युत् पुर्याउन तथा चुहावट नियन्त्रण गर्न टास्क फोर्स पनि गठन भएको हुँदा चुहावट बढ्न दिँदैनौं,’ उनले भने ।

प्राधिकरणले चालू आवमा चुहावट १४.५ प्रतिशतमा झार्ने लक्ष्य राखेको थियो । सकेसम्म यो विन्दुमा झार्ने नसके पनि गत वर्षको भन्दा बढ्न नदिने शाक्यले दोहोर्याए । उनका अनुसार गत वर्ष यही अवधिको तुलनामा चालू वर्ष करिब ५०–६० मेगावाट बिजुलीको माग बढेको छ ।

प्राधिकरणको तथ्यांक, माग र भारतबाट आयातित विद्युत्को परिमाण हेर्दा अवस्था मिल्दोजुल्दो देखिन्छ । गत वर्ष यही अवधिमा भारतबाट करिब ५ सय मेगावाट विद्युत् आयात भएको थियो । यो वर्ष (पुस १४ गते) उच्च माग ६ सय ३४ मेगावाटसम्म पुगेको देखिन्छ ।

गत वर्ष पुसदेखि अहिलेसम्म निजी क्षेत्रका नदी प्रवाही आयोजनाबाट करिब ८६ मेगावाट बिजुली प्रणालीमा थपिएको छ । उक्त परिमाणको बिजुली थपिए पनि हिउँदमा करिब ३० मेगावाट हाराहारी मात्र उत्पादन हुन्छ ।

गत वर्ष पुसदेखि हालसम्म थपिएको (हिउँदमा) करिब ३० मेगावाट र भारतबाट बढी आयात भएको करिब ३५ मेगावाट मान्ने हो भने प्रणालीमा ६५ मेगावाट (हिउँदमा) बिजुली थपिएको देखिन्छ । यसो हुँदा लोड (माग) बढे अनुसार नै थपिएको बिजुलीको परिमाण खपत भएको देखिन्छ ।

लोड व्यवस्थापन, औद्योगिक मागमा बृद्धि र चुहावट नियन्त्रणमा चुस्त ढंगले काम गर्न सके चालू वर्ष प्राधिकरणले भनेकै दरमा चुहावट दर कायम रहन सक्ने देखिन्छ । यद्यपि, यसमा नेतृत्व, व्यवस्थापन र कर्मचारीको कार्यदक्षताले महत्त्वपूर्ण भूमिका खेल्छ । जसको परिमाण भविष्यमा देखिएला ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit