विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २१, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विभिन्न रिक्त पदपूर्ति गर्न ७ सय ६५ कर्मचारीको बढुवा गर्ने भएको छ । प्राधिकरणले ज्येष्ठता र कार्यसम्पादन मुल्याङकन र कार्यक्षमता मुल्याङकनद्वारा बढुवा गर्न लागेको हो ।

निर्देशकदेखि हेल्परसम्म रिक्त पदमा बढुवा गरी पूर्ति गर्न दरखास्ता आह्वान गरिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार ज्येष्ठता र कार्य सम्पादन मुल्याङकनको आधारमा २ सय ८८ र कार्य क्षमताका आधारमा ४ सय ७७ जनाको बढुवा गर्न आवेदन माग गरिएको हो ।

ज्येष्ठता र कार्यसम्पादन मुल्याङकनका आधारमा ११ तहमा ८ जना र १०, ९ र ७ तहमा ९/९ जनाको बढुवाको लागि आवेदन माग गरिएको छ । यस्तै, ८ तहमा १२, ६ तहमा २८, ५ तहमा ३७, ४ तहमा २१, ३ तहमा ३३ र २ तहमा १२२ कर्मचारीको रिक्त पद बढुवा गरी पूर्ति गरिने भएको छ ।

यस्तै, कार्यक्षमता मुल्याङकनका आधारमा ११ तहमा ७, १० तहमा १५, ९ तहमा १४, ८ तहमा २७, ६ तहमा २६, ५ तहमा ४९ जनालाई बढुवा गर्नेछ । यस्तै, ४ तहमा २६, ३ तहमा ३१ र २ तहमा २ सय ८२ जनाको बढुवाका लागि आवेदन माग गरेको छ ।

बढुवा हुने पदमा तोकिएको सेवा अवधि र न्युनतम शैक्षिक योग्यता पुगेका उम्मेदवारले यो सूचना प्रकाशित भएको ३० दिनभित्र प्राधिकरण, पदपूर्ति विभाग, बढुवा सिफारिस महाशाखामा प्राप्त हुने गरी आवेदन दिनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit