विद्युत अपडेट

  • प्राधिकरण : ४४६६ मे.वा.घन्टा
  • सहायक कम्पनी : ५१०६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १५९४४ मे.वा.घन्टा
  • आयात : १२१८४ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७८९९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २०२१ मे.वा.
२०८२ फाल्गुण १६, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले औद्योगिक क्षेत्रमा दैनिक १२ घन्टाभन्दा बढी समय विद्युत कटौति   गरेको भन्दै उद्योगीहरू आन्दोलनमा उत्रिएका छन् । तालिकाबिना नै विद्युत सेवामा आएको अनियमितताले उद्योग चौपट भएपछि मोरङ व्यापार संघले प्राधिकरणको दुहवी ग्रिडमा आइतबार (बैशाख १० गते) घेराउ, धर्ना तथा आन्दोलन कार्यक्रम सुरु गरेका छन् ।

तालिकाबिना दैनिक ८ देखि १२ घन्टासम्म हुँदै आएको विद्युत आपूर्ति अनियमित हुँदा उद्योग चौपट भएकोले आन्दोलन तथा धर्ना सुरु गरेको संघले जनाएको छ । संघका अनुसार विद्युत कटौतीको तालिका सार्वजनिक गर्न र भएको विद्युत व्यवस्थित रुपमा वितरण गर्न माग गर्दै संघमा आबद्ध सुनसरी मोरङ औद्योगिक क्षेत्रका उद्योगीले ग्रिडमा धर्ना दिइएको छ ।

विद्युत कटौतीको तालिका सार्वजनिक नगरेसम्म घेराउ कार्यक्रम जारी रहने बताएका उद्योगीहरूले बताएका छन् । बिनासूचना विद्युत आपूर्ति कटौति गर्नाले उद्योगको उत्पादन प्रक्रिया प्राय ठप्प रहेको र औद्योगिक कच्चा पदार्थ खेर जाने तथा मेसिनरी सामान बिग्रिने गरेको संघले जनाएको छ ।

उत्पादित वस्तुको गुणस्तर र प्रतिस्पर्धात्मक क्षमतामै ह्रास आएको, श्रमिक व्यवस्थापनमा समस्या भएपछि कार्यालय घेराउ गर्न बाध्य भएको उद्योगीहरूको भनाई छ । विद्युत कटौतीको तालिका सार्वजनिक गर्दा सहज हुने र तालिका भएमा मजदुरलाई उद्योगमा कामका लागि बोलाउन, घर पठाउन, उपकरण सञ्चालनको समय निश्चित गर्न, कच्चा पदार्थको व्यवस्थापन गर्न सहज हुने उनीहरूको भनाइ छ ।

प्राधिकरणलाई नै अनियमित रुपमा विद्युत आपूर्ति हुने गरेकाले कटौतीको तालिका सार्वजनिक गर्न सक्ने अवस्था नरहेको प्राधिकरणले जनाएको छ । रुपनीका दुई सर्किटबाट ३०० मेगावाट विद्युत आयत हुँदै आएकोमा १३२ केभी प्रसारण लाइनको एक सर्किटको ब्रेकर पड्केर विद्युत आपूर्ति अवरुद्ध हुँदा आधाभन्दा कम मात्र आयात भएकोले समस्या आएको दुहबी ग्रिडले जनाएको छ । औद्योगिक क्षेत्रमा विद्युत आपूर्ति नियमीत गर्न कटैयाबाट थप ८० मेगावाट विद्युत आयात गर्ने प्रयास भइरहेकाले त्यो बिजुली नआएसम्म र वर्षा नभएसम्म समस्या कायमै रहने प्राधिकरणले छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३