विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडाैं । देशभरि विद्युत आपूर्ति सहज बनाउँदै लगेको नेपाल विद्युत प्राधिकरणले आगामी जेठपछि औद्योगिक क्षेत्रको लोडसेडिङसमेत अन्त्य गर्ने तयारी गरेको छ । माग र आपूर्तिबीच सन्तुलन कायम हुँदै गएको र उत्पादन पनि बढेकाले अवस्था सहज हुँदै गएको हो ।

सर्वसाधारणमा निरन्तर आपूर्ति मिलाएको दाबी गरे पनि प्राधिकरणले अहिले औद्योगिक क्षेत्रमा दैनिक ८ घन्टासम्म विद्युत कटौती गर्दै आएको छ । प्राधिकरण भार प्रेषण केन्द्रका अनुसार ढल्केबरदेखी पूर्वका उद्योगहरूमा दैनिक ४ घन्टासम्म मात्र लोडसेडिङ छ । यस्तै, ढल्केबरपश्चिम लमहीसम्म ६ देखि ८ घन्टासम्म कटौती हुने गरेको छ ।

रातको समय भारतबाट विद्युत बढी आयो भने कम लोडसेडिङ गरे पुग्छ,’ केन्द्रका प्रमुख विष्णुप्रसाद श्रेष्ठले बुधबार ऊर्जा खबरसँग भने, ‘कहिले काहीँ भारतको प्रणालीमा पनि समस्या देखिन्छ र कम आउँछ । यस्तो बेलामा बढी कटौती गर्नुपर्छ ।’ उनका अनुसार सर्वसाधारण ग्राहकमा लोडसेडिङ नगन्यमात्रै छ ।

केन्द्रका अनुसार बिहान र साँझ देशभर लोडसेडिङ गरिएको छैन । चालु आर्थिक वर्षको उच्च माग १ हजार २ सय ५० मेगावाट छ । यो माग व्यवस्थापन गर्न सकिने अवस्था देखिएको श्रेष्ठले बताए । अहिले केन्द्रीय प्रणालीमा १ हजार २ सय ४२ मेगावाट विद्युत उपलब्ध छ । तर, आपूर्ति भने साढे ८ सय मेगावाटमात्र छ ।

अहिले भारतबाट ३ सय ९०, निजी क्षेत्रबाट करिब ४ सय र प्राधिकरणको ४ सय ५२ मेगावाट विद्युत आपूर्ति भइरहेको छ । तर, कुलेखानी जलाशयबाहेक प्राधिकरण र निजी क्षेत्रको कुल जडित क्षमताको एक तिहाइमात्र आपूर्ति भइरहेको केन्द्रले जनाएको छ ।

गत वर्षको तुलनामा खोला तथा नदीमा पानीको बहाब नघटेका कारण पनि मागअनुसार आपूर्ति मिलाउन सकिएको श्रेष्ठको भनाइ छ । उनका अनुसार गत वर्ष यही समयमा देशकै ठूलो कालीगण्डकी ‘ए’ जलविद्युत आयोजनाबाट ६५ मेगावाट उत्पादन भएकोमा अहिले ९० मेगावाट उत्पादन भइरहेको छ । यस्तै, अन्य अायाेजना पनि गत वर्षभन्दा बढी क्षमतामा सञ्चालन भइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit