विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ मङ्सिर ७, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । देशमा सरकार वा निजी क्षेत्रले निर्माण गरेका अधिकांश जलविद्युत् आयोजना नदी प्रवाही (आरओआर) छन् । यिनको उत्पादन हिउँदमा जडित क्षमताको एक तिहाईसम्म घट्ने गर्छ । तर, चालू आर्थिक वर्षमा त लामो समयसम्म पानी नपर्दा खोलाको बहाब अझ सुकेर विद्युत् उत्पादन चिन्ताजनक अवस्थामा पुगको छ ।

अहिले देशमा तीन–चार प्रकारका विद्युत् आयोजना सञ्चालनमा छन् । एक, नदी प्रवाही जलविद्युत्, दुई अर्धजलाशय अर्थात् पिकिङ, तीन जलाशय र चार सोलार आयोजना सञ्चालनमा छन् । सर्सती हेर्दा सरकारले भन्दै आएको इनर्जी मिक्स (मिश्रण) को अवस्था देखिन्छ । तर, व्यवहारमा यस्तो देखिइरहेको छैन ।

नेपाल विद्युत् प्राधिकरणको प्रणालीमा अहिले करिब १५ सय मेगावाट विद्युत् उपलब्ध छ । यसमध्ये १०६ मेगावाट (कुलेखानी) का जलाशय आयोजना छन् । यस्तै, करिब ३७३ मेगावाट (प्राधिकरण) का आयोजना पिकिङ छन् । करिब हजार मेगावाट नदी प्रवाही र २०–२५ मेगावाटको हाराहारीमा सौर्य विद्युत् छ ।

पछिल्लो समयको औसत विद्युत् उच्च माग १४ सय मेगावाटकै हाराहारीमा देखिन्छ । माथि देखिएको देशभित्रको मिश्रित ऊर्जा प्रणालीले यो मागको करिब ५० प्रतिशत धान्न पनि सकेको छैन । यही माग धान्न नसकेर भारतबाट उच्च माग हुँदाको समयमा ८ सय मेगावाटसम्म विद्युत् आयात गरिएको छ ।

पछिल्ला केही दिनयता देशभर सामान्यरूपमा पानी परिरहेको छ । तर, खोलामा पानीको बहाब नबढ्दा नदी प्रवाही विद्युत्गृहको उत्पादनमा सुधार हुन सकेको छैन । उल्टै घट्दै गएको छ । यो अवस्थाले प्राधिकरणलाई बाध्यतावश भारतबाट विद्युत् आयात बढाउनु परिरहेको छ । ‘अब बिजुली बढी हुन्छ बेच्नका लागि बजार खोज्नुपर्छ’ भनिरहँदा उत्पादन स्वाट्टै घटेर स्वदेशी उत्पादनले ५० प्रतिशत पनि धान्न नसक्नु आश्चर्यको विषय बनेको छ ।

अहिले केन्द्रीय प्रणालीमा निजी क्षेत्रको योगदान ७७२ मेगावाटभन्दा बढी छ भने सरकारको (प्राधिकरण) को ६४६ मेगावाट पुगेको छ । यसो हेर्दा क्षमताका आधारमा निजी क्षेत्रले सरकारलाई उछिनिसकेको अवस्था छ । तर, लाजमर्दो अवस्था सरकारलाई उछिनेको निजी क्षेत्रको हिउँदको उत्पादन पुगनपुग २०० मेगावाट पनि छैन ।

उता ६४६ मेगावाट जडित क्षमता रहेको प्राधिकरणले प्रणालीमा झन्डै ४५० मेगावाटसम्म योगदान गरिरहेको छ भने निजी क्षेत्रले २०० मेगावाट । निजी क्षेत्रले आयोजना निर्माण गर्दा खोल्साखाल्सीको पानी प्रयोग गर्ने, राम्रो अध्ययन नगर्ने र हचुवामा क्षमता बढाउने गर्दा अहिले विद्युत् माग र आपूर्तिबीच डरलाग्दो असन्तुलन देखिएको छ ।

हुनत, अहिले खोलाको बहाब औसत करिब ६७ प्रतिशतसम्म घटेको देखिन्छ । यही कारण निजी क्षेत्रको जडित क्षमता बढे पनि ऊर्जा उत्पादन गत वर्षको भन्दा ज्यादै कम छ । निजी क्षेत्रको उत्पादन २०० मेगावाट हुनुले पनि यसको प्रस्ट संकेत गरेको छ । पानी नपरेर कुलेखानी जलाशयमा पानी सञ्चित नहुँदा र खोलाको बहाब निरन्तर घटिरहँदा प्राधिकरणका विद्युत्गृहको उत्पादन पनि सन्तोषजनक भने छैन ।

प्राधिकरणका अनुसार अहिले सञ्चालनमा रहेको सबैभन्दा ठूलो १४४ मेगावाटको कालीगण्डकी ‘ए’को उत्पादन करिब ४९ मेगावाट छ । तीन वटा युनिट रहेको यस विद्युत्गृहमा एउटा युनिटका लागि ४७ मिटर क्यूसेक (मिटर क्यूबिक प्रतिसेकेण्ड) चाहिनेमा बुधबार (बैशाख ८ गते) ५७.७१ मिटर क्यूसेक थियो ।

यसैगरी, बैशाख ८ गतेकै तथ्यांक हेर्दा ७० मेगावाटको मस्र्याङ्दी ४१.९७ मेगावाटमा सञ्चालन भइरहेको थियो । जबकि, दुई वटा युनिट रहेका यस विद्युत्गृहमा एउटा युनिटका लागि ३० मिटर क्यूसेक पानी चाहिन्छ । त्यो दिन मस्र्याङ्दीका लागि ५५.४० मिटर क्यूसेक पानी उपलब्ध रहेको ठूला आयोजना सञ्चालन विभागका निर्देशक रामकुमार यादवले जानकारी दिए ।

उता ७० मेगावाटको मध्यमस्र्याङ्दी २७.५० मेगावाटमा चलेको थियो । अहिले पनि यसको उत्पादनमा खासै सुधार नआएको विद्युत् केन्द्रले जानकारी दिएको छ । दुई वटा युनिट रहेको यस विद्युत्गृहमा एउटा युनिटका लागि ४२.४० मिटर क्यूसेक पानी चाहिन्छ । बुधबार यस क्षेत्रमा ३१.२५ मिटर क्यूसेकमात्र पानी उपलब्ध थियो ।

दैनिक ६ घन्टासम्म पिकिङ गर्न सकिने ३० मेगावाटको चमेलियाको अवस्था झन् विकराल थियो । त्यहाँबाट करिब ७ मेगावाटमात्र उत्पादन भइरहेको थियो । एउटा युनिटलाई १८ मिटर क्यूसेक पानी चाहिनेमा ९.२८ मिटर क्यूसेकमात्र रहेको यादवले बताएका थिए । यस्तै, ६० मेगावाटको त्रिशूली–३ ‘बी’ पनि २७.३ मेगावाटमा सञ्चालन भएको थियो ।

काठमाडौं लगायत यस वरिपरिका क्षेत्रमा सामान्य वर्षा भए पनि कुलेखानीको सतहमा खासै सुधार हुन सकेको छैन । बैशाख १ गते १५०५.५५ मिटर रहेको कुलेखानीको जलाशयको सतह गत शुक्रबार ३ गते परेको सामान्य वर्षाले ५० मिटर बढेको कुलेखानी पहिलोका केन्द्र प्रमुख धिरेन्द्र चौधरीले बताए ।

कुलेखानी जलाशयमा पानीको सतह बैशाख ८ गते १५०५.९१ मिटर थियो । तर, शुक्रबार (बैशाख १० गते) बिहानको पानीको सतह १५०५.६० मिटर रहेको चौधरीले जानकारी दिए । यो हिसाबले पनि कुलेखानी जलाशय क्षेत्रमा खासै पानी नपरेको देखिन्छ ।

यता निजी क्षेत्रका विद्युत्गृहको उत्पादनको अवस्था अझ भयावह देखिन्छ । बैशाख १ गते साँझ ७.३० बजेको तथ्यांक हेर्दा १७० मेगावाट जडित क्षमता रहेको काबेली कोरिडोरमा जम्मा २२ मेगावाट उत्पादन देखिएको थियो । त्यो दिन २९ मेगावाटको सानिमा माईबाट जम्मा १.७ मेगावाट उत्पादन भएको प्राधिकरण भार प्रेषण केन्द्रको तथ्यांकले देखाउँछ ।

बैशाख १ गते साँझ ७.३० बजेको समयमा ६० मेगावाटको खिम्तीबाट २० मेगावाट, ४५ मेगावाटको भोटेकोसीबाट १६ मेगावाट, २२ मेगावाटको बागमतीबाट ७.४ मेगावाट, २२ मेगावाटको चिलिमेबाट ९.८ मेगावाट, १२ मेगावाटको झिम्रुकबाट ५ मेगावाट, २५ मेगावाटको माथिल्लो मोदीबाट ७.१ मेगावाट, तल्लो मोदीबाट ४ मेगावाट उत्पादन भएको केन्द्रको तथ्यांकमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३