विद्युत अपडेट

  • प्राधिकरण : ६४१२ मे.वा.घन्टा
  • सहायक कम्पनी : ६७७९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २०४९७ मे.वा.घन्टा
  • आयात : ८३८० मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ४२६६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२४६ मे.वा.
२०८२ माघ ४, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । सार्थक कङ्क्रिट प्रालिले उच्चस्तरीय प्रविधिमा आधारित ‘प्रिकास्ट प्रिस्ट्रेस्ड’ प्रविधिमा आधारित ‘कङ्क्रिट सोलार सीमा पर्खाल’ उत्पादन गरी बजारमा ल्याएको छ । नेपालमा पछिल्लो समय बढेको ग्रिडमा जडित सौर्य विद्युत् आयोजनाको प्यानल फार्म सुरक्षाका लागि टिकाउ तथा बलियो सीमा सुरक्षा पर्खालको आवश्यकता पूरा गर्न उक्त उत्पादन बजारमा ल्याइएको कम्पनीले जनाएको छ । 

कपिलवस्तुमा झण्डै ४० बिगाहा क्षेत्रफलमा सञ्चालित १५ र १० मेगावाटका दुई सौर्य विद्युत् आयोजनाका फार्मको सुरक्षाका लागि यस्तो पर्खाल लगाएको छ । दुवैतिर खोल्सी (ग्रुभ) भएका ‘एच–पोस्ट’ गाडेर त्यसको बीचमा कङ्क्रिटका प्यानल राखी बनाइने यस्ता पर्खाल एकदमै छिटो समयमा निर्माण गर्न सकिन्छ । पोस्टको बीचमा राखिएको प्वालमा स्टिलको फ्रेम छिराएर सजिलोसँग बार्बेड तथा कन्सर्टिना तारबार थप्न सकिन्छ । 

कम्पनीका अनुसार ढुङ्गा तथा इँटाबाट बनाइने परम्परागत पर्खालको तुलनामा कम्पनीले निर्माण गर्ने पर्खाल लगाउँदा लागत र निर्माण समय कम लाग्ने तथा बलियो हुन्छ । गुणस्तरीय कङ्क्रिट तथा प्रिस्ट्रेसिङ रड प्रयोग गरी उत्पादन गरिने भएकाले गुणस्तरमा ढुक्क हुन सकिन्छ । फर्मामा ढलाइ गरेर तयार गरिने स्थानीय उत्पादनको तुलनामा प्लान्टमा उच्चस्तरीय प्रविधिबाट तयार गर्ने यस्ता उत्पादन एकदमै बलिया र टिकाउ हुन्छ । 

कम्पनीका अनुसार सीमा पर्खालमा मुख्य रूपमा हावाको भार पर्दछ ।  नेपालमा ४७ मिटर प्रतिसेकेन्ड (१६९ किलोमिटर प्रतिघण्टा) गतिको हावाको भार थाम्ने गरी पर्खालको डिजाइन गर्नुपर्ने छ । नेपालमा आँधीबेहरी जस्ता ठूला हावाहुरीका घटना कम हुने गरेको भए पनि हावाको भारलाई पर्याप्त ध्यान नदिँदा पर्खाल ढल्ने खतरा हुन्छ । त्यही जोखिम कम गर्न सार्थकले उक्त उत्पादन ल्याएको जनाएको छ ।स्थानीय स्तरमा उत्पादन गरिने पोस्टको बहन क्षमता करिब १ किलो न्युटन मिटर हुने गरेकोमा सार्थक कङ्क्रिटका पोस्टहरूको क्षमता ४ किलो न्युटन मिटरसम्म हुने गर्छ ।

कम्पनीका अनुसार विश्वस्तरमा उपलब्ध प्रविधि नेपाली बजारमा पनि उपलब्ध गराउने तथा नेपालका लागि उपयुक्त प्रिकास्ट एवम् प्रिस्ट्रेस्ड कङ्क्रिट विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले विषयविज्ञ इन्जिनियरहरूको समूहले सार्थक कङ्क्रिट प्रालि स्थापना गरिएको जनाइएको छ । पछिल्लो समय सीमा सुरक्षा पर्खाल पनि संरचनात्मक ढाँचा तयार गरी बनाउनुपर्छ भन्ने मनोविज्ञान उपभोक्तामा पनि विकास हुँदै गएको छ । सौर्य विद्युत् आयोजनाका फार्महरूबाहेक ठूला उद्योग, जग्गालाई घेर्न र सुरक्षित बनाउन पनि यस्ता पर्खाल उपयुक्त हुने छ ।

कम्पनीले वीरगन्ज, सिमरा, चन्द्रनिगाहपुर, बुटवल, भरतपुर, चन्द्रौटा, पोखरा, काठमाडौँ लगायत विभिन्न स्थानमा उद्योग, व्यापारिक स्थल, पर्यटन पूर्वाधार आदिमा पनि यस्ता पर्खाल लगाइरहेको छ । कम्पनीले मासिक १५ हजार स्क्वायर फिटसम्म यस्ता पर्खाल उत्पादन गरी लगाइरहेको छ । माग बढेका बेला २० हजार स्क्वायर फिटसम्म उत्पादन गर्न सक्ने कम्पनीको क्षमता छ ।

यस्ता पर्खाल निर्माण गर्दा निर्माण स्थलमा गिट्टी बालुवा सिमेन्ट, ढुङ्गाको थुप्रो लगाउनु नपर्ने हुँदा निर्माणस्थल तुलनात्मक रूपमा सफा र छरितो रहने कम्पनीले जनएको छ । यी उत्पादनहरू रडबाहेक स्वदेशी स्थानीय कच्चा पदार्थ प्रयोग गरी स्वदेशी श्रम र अन्तर्राष्ट्रिय प्रविधिद्वारा निर्माण गरिन्छ । कम्पनीको उत्पादन प्लान्ट चितवनमा रहेकाले देशका धेरै भू–भागमा ढुवानी गर्न सहज र सुपथ हुने कम्पनीले जनाएको छ ।

भिडियो हेर्नुहाेस् :

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३