विद्युत अपडेट

  • प्राधिकरण : ४४६६ मे.वा.घन्टा
  • सहायक कम्पनी : ५१०६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १५९४४ मे.वा.घन्टा
  • आयात : १२१८४ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७८९९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २०२१ मे.वा.
२०८२ फाल्गुण १६, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरण कर्मचारी संघका ३६ सदस्यले सामूहिक राजीनामा दिएका छन् । नेतृत्व तानाशाही शैलीमा अघि बढेको, सामूहिक हितको मुद्दा छाडेर प्राधिकरण व्यवस्थापनसँग व्यक्तिगत लाभका लागि अघि बढेको, संगठनमा आन्तरिक गुट निर्माण गरेको जस्ता आरोप लगाउँदै उनीहरूले साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका हुन् । 

राजीनामा पत्रमा भनिएको छ– ‘कर्मचारीका आर्थिक लगायत अल्पकालीन तथा दीर्घकालीन विषयमा खासै चासो नदिने, उचित सरुवा व्यवस्थापन, ज्यालादारीका समस्यालगायतमा मतलव नराख्ने तथा उन्नत र सिर्जनशील विचार राख्ने आफ्ना साथीलाई कारवाही गरिहाल्ने प्रवृति र वर्तमान कर्मचारी संघको नेतृत्वले समेत विकृतिलाई निरन्तरता दिने अवस्था देखिएकोले विगतमा यस संघको विभिन्न पदमा रहिसकेका हामीले नेपाल विद्युत् प्राधिकरण कर्मचारी संघको साधारण सदस्यसमेत नरहने गरी राजीनामा गरेका छौँ ।’

प्राधिकरणमा हाल आधिकारिक ट्रेड युनियनको निर्वाचन नहुँदा आधिकारिक ट्रेड युनियन वैधानिक रूपमा कार्यान्वयनमा छैन ।

राजीनामा दिनेहरूकाे सूची

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३