विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २१, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । बूढीगण्डकी हाइड्रो पावर प्रालिले गोरखामा निर्माण गर्न लागेको ४.५ मेगावाटको सुपर माछाखोला जलविद्युत आयोजनाको विद्युत खरिद सम्झौता (पिपिए) मा हस्ताक्षर भएको छ । आज (असार २१ गते) नेपाल विद्युत प्राधिकरणसँग यस्तो सम्झौता भएको हो ।

पिपिएमा प्राधिकरण सूचना प्रविधि तथा योजना अनुगमन निर्देशनालयका उपकार्यकारी निर्देशक प्रदीपकुमार थिके र कम्पनिका प्रबन्ध निर्देशक कृष्ण घिमिरेले हस्ताक्षर गरेका छन् । गोरखाको धार्चे गाउँपालिकामा निर्माण हुने यस आयोजनामा गैरआवासीय नेपाली संघ (एनआरएनए) को समेत संलग्नता रहेको कम्पनीले जानकारी दिएको छ ।

नदीको  प्रहावमा आधारित (रन अफ रिभर) प्रकारको आयोजनाको डिजाइन बहाव २.०४ घनमिटर प्रतिसेकेन्ड र कूल हेड २२८ मिटर रहने अध्ययनले देखाएको छ । आयोजनाबाट वार्षिक करिब २५.९९१ गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ । आयोजनाको बाँधस्थलको संरचनाहरू माछा खोलाको बायाँ किनारामा प्रस्ताव गरिएको छ भने विद्युतगृह दायाँ किनारमा ।

विद्युतगृह नजिकै स्वीच्यार्ड निर्माण गरिनेछ र ३४ किलोमिटर लामो ३३ केभी प्रसारण लाइनमार्फत प्रस्तावित सल्यानटार सबस्टेसनमा उत्पादित विद्युत जोडिनेछ । आयोजनाबाट २०८५ असार २० गतेदेखि विद्युत उत्पादन गर्ने लक्ष्य लिइएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit