विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ माघ ९, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । इलाम र पाचँथरको सिमानामा मान्सेबुङ सबस्टेसन सञ्चालनमा आएको छ । नेपाल विद्युत् प्राधिकरणले एसियाली विकास बैंकको ऋण सहयोग लिएर निर्माण गरिएको ३३/११ केभीको मान्सेबुङ सबस्टेसन बुधबारबाट सञ्चालनमा आएको हो ।

इलाम र पाँचथरमा विद्युत् आपूर्ति सुधार गरी  दीर्घकालीन रूपमा भरपर्दो विद्युत् सेवा दिन सबस्टेशनमा ३ एमभीए क्षमताको पावर ट्रान्सफर्मर जडान गरिएको आयोजना प्रमुख बोधराज ढकालले ऊर्जा खबरसँग बताए ।  

‘निर्माण सुरू भएको करिब ५ वर्षपछि मंसिर ५ गतेदेखि सबस्टेसन सञ्चालनमा आएको हो ।  चार्ज भएको छ,’ उनले बताए । 

सबस्टेसन सञ्चालनमा आएपछि भएपछि मान्सेबुङका वडा नमबर १, २, ५ र फाकफोकथुम गाँउपालिका–५ का करिब १५ हजार स्थानीय यसबाट लाभान्वित हुने इलाम वितरण केन्द्रका प्रमुख बिजलीप्रसाद यादवले बताए । तीन एमभीएको ३ वटा फिडरमा २ वटा इलाम र एउटा पाँचथरमा रहने उनले जानकारी दिए । 

‘बर्खाको समयमा पटक–पटक विद्युत् आपूर्ति अवरुद्ध हुने तथा भोल्टेज लो हुने समस्याले यो क्षेत्र ग्रस्त थियो,’ उनले भने, ‘अब यस्ता समस्या समाधान हुने विश्वास लिएका छौँ ।’

वितरण प्रणाली सुदृढीकरण तथा विस्तार आयोजनाअन्तर्गत एसियाली विकास बैंकको लगानीमा २५ वटा सबस्टेसन तथा वितरण लाइन निर्माण भइरहेको छन् । त्यसमध्ये जयदुर्गे जेभीले १३ वटा सबस्टेसनको निर्माण ठेक्का पाएको थियो । मान्सेबुङ सबसस्टेसन पनि सोही कम्पनीले निर्माण गरेको हो । 
 

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३