विद्युत अपडेट

  • प्राधिकरण : ८८७३ मे.वा.घन्टा
  • सहायक कम्पनी : १२०५८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४२१४४ मे.वा.घन्टा
  • आयात : २५३ मे.वा.घन्टा
  • निर्यात : १५६५२ मे.वा.घन्टा
  • ट्रिपिङ : ९८० मे.वा.घन्टा
  • ऊर्जा माग : ६४३०७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २८९२ मे.वा.
२०८१ कार्तिक २, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । मोदी जलविद्युत् कम्पनी लिमिटेडले कास्कीमा १२.२ किलोमिटर लामो प्रसारण लाइन निर्माण गर्ने भएको छ । उक्त १३२ केभी सिङ्गल सर्किट प्रसारण लाइनबाट ६०.२ मेगावाटसम्म विद्युत् प्रसारण गर्न सकिने गरी निर्माणको प्रस्ताव गरिएको हो । यसका लागि अनुमति पत्रको माग गर्दै कम्पनीले विद्युत् विकास विभागमा आवेदन दिएको छ । 

जिल्लाको अन्नपूर्ण गाउँपालिका– १० मा निर्माणाधीन ४२ मेगावाटको माथिल्लो मोदी–ए जलविद्युत् आयोजनाको स्विचयार्डदेखि सोही पालिकामा निर्माणाधीन माथिल्लो मोदी जलविद्युत् आयोजनाको स्विचयार्ड हुँदै पर्वतको मोदी गाउँपालिका– २ मा नेपाल विद्युत् प्राधिकरणबाट निर्माणाधीन न्यू मोदी सबस्टेसनसम्म पुग्ने गरी लाइन निर्माण गरिने भएको हो । 

प्रस्तावित लाइन निर्माण तथा सञ्चालन गर्दा उल्लेखनीय प्रतिकूल असर पर्ने भए ३५ दिनभित्र विभाग वा प्रवर्द्धक कम्पनीमा आफ्नो लिखित राय प्रतिक्रिया दिन विभागले सूचना प्रकाशित गरेको छ ।  

सूचना अनुसार २३ वटा टावरहरू निर्माण गरिने लाइनमा टावरको उचाइ  अधिकतम ५० मिटरसम्म रहने तथा टावरहरू बीचको दूरी ४०.५९ मिटरदेखि ६९९.५६ मिटरसम्म रहने छ । आयोजना निर्माणका लागि कुल १६.१०४९ हेक्टर जमिन आवश्यक पर्ने छ । प्रसारण लाइन निर्माण २४ महिनाभित्र सक्ने लक्ष्य राखिएको छ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३