विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख १८, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । चिलिमे जलविद्युत कम्पनीले ६ महिनाको अवधिमा ४० करोड १२ लाख ३१ हजार खुद नाफा कमाएको छ । कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अवधिमा सो मुनाफा कमाएको हो । 

गत वर्षको यही समयअवधिको तुलनामा ८७ लाख ८५ हजार रुपैयाँ बढी खुद नाफा कमाएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार गत वर्ष ३९ करोड २४ लाख ४५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 

यो अवधिमा कम्पनीले २२ मेगावाटको चिलिमे जलविद्युत केन्द्रको विद्युत बिक्री गरी ६२ करोड ४८ लाख ९४ हजार रुपैयाँ आम्दानी गरेको छ । यो आम्दानी गत वर्षको तुलनामा घटेको हो । गत वर्ष ६३ करोड ९९ लाख २१ हजार रुपैयाँ आम्दानी गरेको थियो ।

कम्पनीले रसुवामा निर्माण गरेको चिलिमे जलविद्युत केन्द्र सञ्चालनमा छ । कम्पनीले सहायक कम्पनीमार्फत अघि बढाएका २ सय ७५ मेगावाटका ४ जलविद्युत आयोजना निर्माणाधीन छन् । १०२ मेगावाटको मध्यभोटेकोसी, १ सय ११ मेगावाटको रसुवागढी र ५७.३ मेगावाटका सान्जेन (माथिल्लो सान्जेन र सान्जेन ) का २ आयोजना निर्माणाधीन छन् ।

अरुण काबेलीले पनि २० करोड रुपैयाँ खुद नाफा कमायो

अरुण काबेली पावर कम्पनीले पनि २० करोड ३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले चालु आर्थिक वर्षको ६ महिना अवधिमा सो नाफा कमाएको हो । 

गत वर्ष यही समयअवधिमा १८ करोड २६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यो अवधिमा कम्पनीले विद्युत बिक्रीबाट ४५ करोड ४१ लाख ६९ हजार रुपैयाँ आम्दानी गरको छ । गत वर्ष ३८ करोड ८७ लाख ७५ हजार रुपैयाँ आम्दानी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit