विद्युत अपडेट

  • प्राधिकरण : ६४१२ मे.वा.घन्टा
  • सहायक कम्पनी : ६७७९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २०४९७ मे.वा.घन्टा
  • आयात : ८३८० मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ४२६६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२४६ मे.वा.
२०८२ माघ ४, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले शनिबार (भाेलि) गण्डकी प्रदेशका ५ जिल्लामा ३ घन्टा विद्युत लाइन काट्ने भएकाे छ । १३२ केभी लेखनाथ सबस्टेसनकाे मर्मत गर्न विद्युत लाइन काट्न लागिएकाे हाे ।

सबस्टेसनकाे मर्मत गर्न बिहान १० बजेदेखि कास्की, पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङ जिल्लाकाे विद्युत लाइन काट्न लागेकाे प्राधिकरण पाेखरा ग्रिड शाखाले जनाएकाे छ । ग्रिड शाखाका अनुसार सबस्टेसनकाे मर्मत सकिएपछि दिउँसाे १ बजेबाट विद्युत आपूर्ति सुचारु हुनेछ । सबस्टेसन मर्मतकाे काम पहिले नै सकिएमा आपूर्ति चाँडै सुचारु हुने बताइएकाे छ ।

कान्छाबारी फिडरको विद्युत सेवा पनि ८ घण्टा बन्द हुने

शनिबार नै प्राधिकरण विराटनगर वितरण केन्द्र अन्तर्गतको कान्छाबारी फिडरको विद्युत सेवा पनि ८ घण्टाका लागि बन्द हुने भएको छ । केन्द्रले विराटनगर महानगर अन्तर्गतको वडा नम्बर २,३,४,८ र ९ क्षेत्रमा लाइन मर्मत कार्य गर्नका लागि सेवा बन्द गर्न लागेको हो ।

बिहान ९ बजेदेखि सेवा बन्द गरेर लाइन मर्मत सुरु गर्ने केन्द्रले जनाएको छ । अवरुद्व विद्युत सेवा साँझ ५ बजेबाट सुचारु हुनेछ । सेवा बन्द हुँदा यी फिडरबाट वितरण हुने क्षेत्र प्रभावित हुनेछ ।

पुल्चोक वितरण केन्द्रको सैबु र खोकना फिडर बन्द हुने

शनिबार पुल्चोक वितरण केन्द्र अन्तर्गतको सैबु र खोकना फिडरको विद्युत सेवा पनि बन्द हुने भएको छ । केन्द्रले विद्युतीय पोल सार्न र सडक विस्तार कार्य गर्नका लागि सेवा बन्द गर्न लागेको हो ।

दुवै फिडरको सेवा बिहान ११ बजेदेखि बन्द हुनेछ । बन्द सेवा दिउसो ३ बजेबाट सूचारु हुनेछ । सेवा बन्द हुँदा फुलबारी चोक, भैसेपाटी, एकल डाडा, नक्खुडोल तालिम केन्द्र, महतो मार्ग, पुनारो वडा कार्यालय, गोकुल आवास, वाइवाइ चोक, खड्का गाउँ, खोकना दोबाटो, कार्य विनायक हाउजिङ, चुनिखेल, कतार एम्बेसी, खोईचो, फर्सिडोल, जोेर्खु, टोकलमाथ, खहरे, डुकुछाप, दनुवार बस्तीलगायत यी फिडरबाट वितरण हुने क्षेत्र प्रभावित हुनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३