विद्युत अपडेट

  • प्राधिकरण : ४४६६ मे.वा.घन्टा
  • सहायक कम्पनी : ५१०६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १५९४४ मे.वा.घन्टा
  • आयात : १२१८४ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७८९९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २०२१ मे.वा.
२०८२ फाल्गुण १६, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडमा कार्यरत दोलखाबासी कर्मचारीलाई सेवा–सुविधामा कम्पनीले विभेद गरेको भन्दै उनीहरूले संघर्षका कार्यक्रम घोषणा गरेका छन् । जिल्लाबाहिरका र जिल्लाबासी कर्मचारीको सुविधामा विभेद गरेकै कारण असोज ४ गतेदेखि यस्ता कार्यक्रम घोषणा गरिएको हो ।

४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजना निर्माण गरी सञ्चालनमा ल्याएको कम्पनीले विगत २ वर्षदेखि उपलब्ध गराउँदै आएको सेवा–सुविधामा विभेद गरेको उनीहरूको दाबी छ । स्थानीय दोलखा जिल्लाबासी करार कर्मचारी संघर्ष समितिका अनुसार जिल्ला बाहिरका कर्मचारीले हाल खाईपाई आएको सेवा सुविधा नघटाई जिल्लाबासीलाई पनि उपलब्ध गराउनुपर्ने माग राख्दै आए पनि व्यवस्थापनले बेवास्ता गर्दै आएको छ ।

यो पनि पढ्नुहोस् : अपर तामाकोशीले सेवा–सुविधामा कर्मचारीहरूबीच विभेद गरेको भन्दै संघर्षको चेतावनी

उक्त विभेद अन्त्य गरी जिल्लाबासी र जिल्ला बाहिरका कर्मचारीले पाउने सुविधामा समानता कायम गर्न व्यवस्थापनले सम्बोधन नगरेको हुँदा गत भदौ २४ गते संघर्ष समिति गठन गरिएको थियो । समितिले सेवा–सुविधामा समानता कायम गर्न गरिदन भन्दै भदौ २८ गतेदेखि असोज ३ गतेसम्म १ हप्ताको अल्टिमेटम दिएको थियो ।

उक्त समयमा व्यवस्थापनबाट माग सम्बोधन गर्ने विषयमा कुनै सुनुवाई भएका कारण समितिले पूर्व–घोषित समय तालिका अनुसार असोज ४ गतेदेखि दबाब सिर्जना गराउन संघर्षका कार्यक्रम घोषणा गरेको जनाएको छ । समितिका अनुसार ४ र ५ गते शान्तिपूर्ण धर्ना र ६ गतेदेखि माग पूरा नभएसम्म कम्पनीका सवारी साधन सञ्चालनमा रोक लगाइने छ । गोंगरस्थित विद्युत्गृह सञ्चालनमा भने कुनै अवरोध नगर्ने समितिले जनाएको छ ।

यसैबीच, अपर तामाकाेसी हाइड्राेपावर लिमिटेड कर्मचारी युनियनले कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई आज एक पत्र लेखेर स्थानीय कर्मचारीले घाेषणा गरेकाे उक्त सङ्घर्षका कार्यक्रमप्रति आफूहरूकाे ऐक्यबद्धता रहेको जानकारी दिएको छ । दोलखाका स्थानीय कर्मचारी र जिल्ला बाहिरका कर्मचारीबीच सेवा सुविधामा रहेको विभेद हटाई समानता कायम गर्ने विषयमा पटक पटक छलफल भई प्रतिबद्धता जनाएको भए पनि कार्यान्वयन नभएको भन्दै उनीहरूले संघर्षमा आफूहरूको साथ रहने युनियनले जानकारी दिएकाे हाे ।  

संघर्षका कार्यक्रमहरू

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३