विद्युत अपडेट

  • प्राधिकरण : ९२७६ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३०५४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ३५११४ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : १७०८५ मे.वा.घन्टा
  • ट्रिपिङ : १५० मे.वा.घन्टा
  • ऊर्जा माग : ५७५९४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २६३३ मे.वा.
२०८१ भदौ २३, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । ढल्केवर–इनरुवा ४०० केभी डबल सर्किट विद्युत् प्रसारणलाइन आजबाट परीक्षण सञ्चालनमा ल्याइने भएको छ । नेपाल–भारत विद्युत् प्रसारण तथा व्यापार आयोजनाले आइतबार सूचना जारी गरी यस्तो जानकारी दिएको हो । आयोजनाले प्रसारणलाइन आसपासका बासिन्दालाई प्रसारण लाइनका संरचनाहरू नछुन, टावरहरु नचढ्न सचेत गराएको छ।

प्रसारणलाइन मधेश र कोसी प्रदेशका ५ जिल्लाका २० स्थानीय तहहरूमा पर्छ। मधेशका धनुषा, सिरहा, सप्तरीमा पर्छ । यस्तै कोसीका उदयपुर र सुनसरीमा  पर्छ।

आयोजनाले जारी गरेको सूचनामा भनिएको छ, ‘असार २ गतेदेखि ४०० किलो भोल्ट क्षमताको विद्युत प्रवाह गरी परीक्षण गरिने र सो पश्चात् प्रसारण लाइन सञ्चालनमा ल्याइने हुँदा सर्वसाधारण सबैलाई जानकारी गराउँदछौं। उक्त प्रसारण लाइनका टावरहरूमा नचढ्नुहुन, कुनै पनि वस्तुले तारमा नछुनु हुन तथा खतरा संकेत जनाइएका वस्तुहरूलाई नछुनु हुन तथा आफ्ना बालबच्चाहरूलाई समेत उक्त विषयमा सचेत गरिदिनुहुन विनम्र अनुरोध गर्दै यो सूचना प्रेषित गर्दछौँ । साथै परीक्षणको क्रममा कुनै स्थानमा स्पार्क आएमा वा अन्य कुनै खतरा देखिएमा खबर गरिदिनुहुन अनुरोध गर्दछौँ ।’

नेपाल सरकार र विद्युत् प्राधिकरणको संयुक्त लगानीमा निर्माण भएको नेपाल–भारत विद्युत् प्रसारण तथा व्यापार आयोजनाअन्तर्गत निर्मित प्रसारण लाइन १५४ किलोमिटर लामो छ ।

यही प्रसारण लाइन इनरूवादेखि हेटौँडाको थानाभर्‍याङमा निर्मित हेटौँडा सबस्टेसनसम्म विस्तार गरिँदै छ । कुल २८८ किलोमिटर प्रसारण लाइनलाई २  खण्डमा विभाजन गरी निर्माण सुरु गरिएको थियो । हेटौँडा–ढल्केबर १३४ किलोमिटर निर्माणाधीन छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३