विद्युत अपडेट

  • प्राधिकरण : ९०४९ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३०६३ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४२०६८ मे.वा.घन्टा
  • आयात : २१० मे.वा.घन्टा
  • निर्यात : १८१६४ मे.वा.घन्टा
  • ट्रिपिङ : २५ मे.वा.घन्टा
  • ऊर्जा माग : ६४४१५ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २८१४ मे.वा.
२०८१ असोज ३, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । अप्पर तामाकोशी हाइड्रोपावर लिमिटेडले कर्मचारीहरूको सेवा–सुविधामा विभेद गरेको भन्दै स्थानीय कर्मचारीले संघर्ष गर्ने चेतावनी दिएका छन् । जिल्लाबाहिर र जिल्लाबासी कर्मचारीलाई दिइने सेवा–सुविधामा विभेद गरेको भन्दै उनीहरूले यस्तो चेतावनी दिएका हुन् ।

४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना निर्माण गरी सञ्चालन गरिरहेको कम्पनीले अहिले २२ मेगावाटको रोल्वालिङ खोला निर्माण गरिरहेको छ । कम्पनीमा कार्यरत जिल्लाबासी कर्मचारीहरूले भदौ २८ गतेदेखि असोज ३ गतेसम्मको अल्टिमेटम दिएर आफ्ना माग पूरा गर्न आग्रह गरेका छन् । उक्त अवधिभित्र माग पूरा नभए शान्तिपूर्ण संघर्षका कार्यक्रम गर्ने स्थानीय दोलखा जिल्लाबासी करार कर्मचारी संघर्ष समितिले जनाएको छ ।

समितिले विज्ञप्ति नै जारी गरी कम्पनी व्यवस्थापनले विगत २ वर्षदेखि त्यहाँ कार्यरत जिल्लाबासी र जिल्लाबाहिरका कर्मचारीलाई दिँदै आएको सेवा सुविधामा विभेद गरेको उल्लेख गरेको छ । सेवा–सुविधा कटौती भएका कर्मचारीको शोधभर्ना पनि असोज ३ गतेसम्म उपलब्ध गराउन समितिले माग गरेको छ ।

विज्ञप्तिमा भनिएको छ– यस सम्बन्धमा, कम्पनी व्यवस्थापनसँग दोलखा जिल्लाबाहिरका कर्मचारीहरूले खाईपाई आएको सेवा सुविधा नघटाई जिल्लाबासी र जिल्लाबाहिरका सबै कर्मचारीमा दिने सेवा सुविधामा समानता गर्ने सम्बन्धमा व्यवस्थापन, कर्मचारी र क्रियाशील ट्रेड यूनियनबीच पटक÷पटक छलफल भई व्यवस्थापनले उक्त विषयलाई यथाशीघ्र कार्यान्वयन गर्ने प्रतिबद्धता गरे पनि हालसम्म कार्यान्वयन नगरेको र जिल्लाबासी केही कर्मचारीको हाल खाईपाई आएको सेवा–सुविधा समेत कटौती गरेकोमा हामी यस कम्पनीमा कार्यरत जिल्लाबासी कर्मचारीहरूको गम्भीर ध्यानाकर्षण भएको छ ।

स्थानीय दोलखा जिल्लाबासी करार कर्मचारी संघर्ष समितिको मागपत्र

 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३