नेपाली शब्दकोशअनुसार अनुगमन भन्नाले कुनै चिजको पछि लाग्ने, कसैका पछि–पछि लाग्ने वा कुनै मतका मार्गमा हिँड्ने, कुनै पद्धतिको अनुसरण गर्ने, कसैका नजिकमा जाने वा कसैको सहयोगी हुने काम, अनुगम भन्ने अथ्र्याइएको छ । त्यस्तै, शब्दकोशमा मूल्याङ्कनको परिभाषा यस्तो छ: (१) कुनै रचना, वस्तु वा मालसामानको मोल आँक्ने काम (२) उपयोगिताका आधारमा गरिने महत्त्व, विशेषता आदिको निर्धारण (३) परीक्षार्थीहरूको उत्तरपत्र वा प्रयोगात्मक परीक्षाको अङ्कद्वारा स्तर तय गर्ने काम, कर्मचारीहरूको कार्य, योग्यता, विशिष्टता आदिको तौलाइ । संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि सङ्गठन (एफएओ) को परिभाषा अनुसार अनुगमन भनेको यात्रा (जर्नी) हो भने मूल्याङ्कन भनेको गन्तव्य (डेस्टिनेसन) हो । यात्रा गर्दा सही मार्ग अवलम्बन गर्यो भने मात्र गन्तव्यमा पुगिन्छ । यस्तै, आयोजना व्यवस्थापनमा सही अनुगमन पद्धति अपनाइयो भने सही नतिजा प्राप्त गर्न सकिन्छ भन्ने यो परिभाषाको जोड छ ।
नेपालमा अनुगमन तथा मूल्याङ्कनमा एकरूपता कायम गर्न ‘अनुगमन तथा मूल्याङ्कन ऐन, २०८०’ लागु गरिएको छ । विकास नीति तथा योजना कार्यान्वयनमा उत्तरदायित्व र जवाफदेहिता प्रवर्द्धन गरी लागत प्रभावकारिता अभिवृद्धि गर्न विकास नीति तथा योजनाको अनुगमन तथा मूल्याङ्कनलाई तथ्यपरक, गुणस्तरीय, विश्वसनीय, व्यवस्थित, नतिजामुखी, पारदर्शी एवम् प्रभावकारी बनाउने सन्दर्भमा कानुनी व्यवस्था गर्न आवश्यक छ । यो कुरा अनुगमन तथा मूल्याङ्कन ऐनको प्रस्तावनामा पनि उल्लेख छ ।
अतः अनुगमन तथा मूल्याङ्कन विकास आयोजना व्यवस्थापनका महत्त्वपूर्ण व्यवहारिक औजरमध्येको एक हो । यो छुट्टै कार्य नभएर आयोजना व्यवस्थापनकै अभिन्न अङ्गको रूपमा रहेको छ । अनुगमन तथा मूल्याङ्कनको क्षेत्र बहुआयामिक छ । अनुगमन तथा मूल्याङ्कनसँग आयोजना व्यवस्थापनका विविध पक्षहरू जोडेर हेरिन्छ ।
आयोजनाको प्रकृति अनुसार अनुगमन तथा मूल्याङ्कनलाई कतै योजना तथा अनुगमन र कहीँ योजना, अनुगमन तथा संस्थागत विकासको रूपमा व्याख्या गरिन्छ ।
अतः अनुगमन तथा मूल्याङ्कन विकास आयोजना व्यवस्थापनका महत्त्वपूर्ण व्यवहारिक औजरमध्येको एक हो । यो छुट्टै कार्य नभएर आयोजना व्यवस्थापनकै अभिन्न अङ्गको रूपमा रहेको छ । अनुगमन तथा मूल्याङ्कनको क्षेत्र बहुआयामिक छ ।
यसैगरी, योजना, अनुगमन तथा मूल्याङ्कन, अनुगमन, मूल्याङ्कन तथा प्रतिवेदन, अनुगमन तथा गुणस्तर नियन्त्रण, अनुगमन, मूल्याङ्कन तथा सिकाइ र कतै अनुगमन, मूल्याङ्कन, अनुसन्धान तथा सिकाइ एवम् अनुगमन, मूल्याङ्कन तथा ज्ञान व्यवस्थापन जस्ता नाम दिइएको हुन्छ । तसर्थ, अनुगमन तथा मूल्याङ्कनको अघिपछि कुन विषयवस्तु जोड्ने भन्ने आयोजनाको प्रकृतिमा भर पर्दछ । अनुगमन तथा मूल्याङ्कनको आधारभूत सिद्धान्त एउटै भए पनि यसको तरिका सङ्गठन एवम् आयोजनापिच्छे फरक–फरक हुने गर्दछ । अनुगमन तथा मूल्याङ्कनलाई आयोजना चक्रसँग तालमेल मिलाउनु पर्दछ । अचेल यसलाई नतिजामा आधारित अनुगमन तथा मूल्याङ्कन भन्ने चलन छ । यसमा ‘ लगफ्रेम एप्रोच’ र ‘थ्योरी अफ चेन्ज’ प्रचलित छन् ।
विश्वमा अनुगमन तथा मूल्याङ्कन प्रणालीको विकास कसरी भयो ? यस सन्दर्भमा विभिन्न दृष्टिकोण रहेका छन् । आयोजना व्यवस्थापन अवधारणाको थालनीसँगै यो प्रणालीको विकास भएको विभिन्न अध्ययनले बताउँछन् । राष्ट्रिय योजना आयोगद्वारा प्रकाशित ‘विकास आयोजनाको अनुगमन तथा मूल्याङ्कन व्यवस्था सम्बन्धी निर्देशिका’मा अनुगमन तथा मूल्याङ्कनको अवधारणा सम्बन्धमा चर्चा गरिएको छ । त्यसमा विश्वका विभिन्न राष्ट्र र संयुक्त राष्ट्र सङ्घीय प्रणालीमा अनुगमन तथा मूल्याङ्कनको विकास र प्रयोग सन् १९६० र ७० को दशकदेखि उल्लेखनीय रूपमा हुन थालेको उल्लेख छ ।
त्यस समयमा अनुगमन तथा मूल्याङ्कनको प्रयोग व्यापकरूपमा भए पनि यसले लाभान्वित वर्गमा परेको असर र प्रभावमा भन्दा लगानी/साधनको प्रवाह एवम् उपलब्धता र त्यसको प्रतिफलमा बढी जोड दिने गरेको देखिन्छ । सन् १९८० को दशकमा अनुगमन तथा मूल्याङ्कनलाई एउटा पद्धति मानेर विकास योजना तथा कार्यक्रम/आयोजनाको प्रभावकारी र उद्देश्यमुखी व्यवस्थापनको महत्त्वपूर्ण औजारको रूपमा ग्रहण गर्ने क्रमको सुरुवात भएको पाइन्छ । युनिभर्सिटी अफ नैरोबी, केन्याका प्राध्यापक डा. मोसेस जेरेमिया बरषा कवेयीद्वारा सन् २०१९ मा प्रकाशित ‘आयोजना व्यवस्थापन एवम् अनुगमन तथा मूल्याङ्कनको विकासक्रम, आयोजना व्यवस्थापनलाई पेशागतरूपमा विकास गर्न योगदान पुर्याउने आयोजनाहरू’ शीर्षकको आलेखमा आयोजना व्यवस्थापनको विकास, अनुगमन, मूल्याङ्कन, ऐतिहासिक घटना र आयोजनाहरू जसले परियोजना व्यवस्थापनको विकासलाई पेशाको रूपमा कसरी आकार दिने भन्नेमा विस्तृत व्याख्या गरिएको छ ।
आयोजना व्यवस्थापनको अभ्यास हजारौं वर्षदेखि हुँदै आए पनि यसको विधिवत विकास भने सन् १९५० देखि सुरु भएको मानिन्छ । यसलाई आकार दिने ऐतिहासिक आयोजना एवम् महत्त्वपूर्ण घटनाक्रमहरू इजिप्टको पिरामिड, ग्रेट वाल अफ चाइना, हेनरी ग्यान्टद्वारा विकास गरिएको ग्यान्ट चार्ट, हुभर ड्याम, म्यानहटन प्रोजेक्ट मानिन्छन् । साथै, आयोजना मूल्याङ्कनको ‘क्रिटिकल पाथ मेथड (सिपिएमः)’ र ‘प्रोजेक्ट इभ्यालुएसन एण्ड रिभ्यू टेक्निक (पर्ट)’ को विकास, ‘इन्टरनेशनल प्रोजेक्ट म्यानेजमेन्ट एसोसियसन’को स्थापनालाई मानिएको छ । आयोजना व्यवस्थापनको विकाससँगै आयोजनाका समग्र कार्यहरूको उपलब्धिको मापन, प्रविधिको विकाससँगै आउने जटिलता, यसको नतिजा, प्रभावकारिता एवम् दिगोपना जस्ता विषयप्रति चासो, अनुगमन तथा मूल्याङ्कनको थालनी भएको देखिन्छ ।
नेपालमा योजनाबद्ध विकासको चरणसँगै कार्यक्रम/आयोजनाको अनुगमन तथा मूल्याङ्कन गर्ने परिपाटी बसेको हो । यद्यपि, पाँचौँ आवधिक योजना अर्थात् आर्थिक वर्ष (आव) २०३२/३३ देखि विकास आयोजनाहरूको कार्यान्वयनको मूल्याङ्कन गर्ने व्यवस्थाको सुरुवात भएको पाइन्छ । यस व्यवस्थाले भार प्रणालीमा आधारित प्रगति समीक्षा, उपलब्धि मूल्याङ्कन र प्रभावको अवधारणा सहितको अनुगमन तथा मूल्याङ्कन व्यवस्थाको प्रारम्भ गरेको थियो । आठौँ योजना (वि.सं. २०४९–२०५४) देखि अनुगमन तथा मूल्याङ्कनलाई एउटा पद्दतिको रूपमा सुदृढ गर्ने कार्य गरियो । यसमा विगतका अनुगमन तथा मूल्याङ्कन सम्बन्धी व्यवस्थामा देखिएका कमी–कमजोरीमा सुधार गरी संस्थागत व्यवस्था, उच्च राजनीतिक तहको प्रतिबद्धता र प्रतिफल/उपलब्धि मूल्याङ्कनको व्यवस्थासहितको सुदृढ अनुगमन तथा मूल्याङ्कन प्रणाली लागु गरिएको निर्देशिकामा उल्लेख छ ।
स्रोत : राष्ट्रिय योजना आयोग
हामी घरबाट बाहिर निस्कँदा ढोकामा ताला लाए नलाएको चेक गर्छौँ । आफूले लगाएको पहिरन मिले/नमिलेको दोस्रो व्यक्तिलाई सोध्छौँ । आफू कस्तो देखिएको छु ? परीक्षण गर्न ऐना हेर्छौँ । परीक्षा, अन्तर्वार्ता लगायत महत्त्वपूर्ण कार्यमा निस्कनुअघि साथमा लैजानुपर्ने सामग्री भए/नभएको एक/दुई पटक जाँच गर्छौँ । कुनै कुराको सौन्दर्यबोध हुँदा सो कुरालाई पटक–पटक हेर्छौं वा पटक–पटक अनुभूत गर्छौँ । होम यज्ञजस्ता धार्मिक अनुष्ठानमा मूल पण्डितको साथमा गणेश राख्ने परम्परा रही आएको छ ।
महाभारतमा युद्धको अनुगमन गरी प्रत्येक दिनको रिपोर्टिङको कार्य गर्न धृतराष्ट्रले सञ्जयलाई नियुक्त गरेका थिए । सञ्जयले युद्धस्थलमा उपस्थित नभइकन दिव्यदृष्टि (आधुनिक युगको रिमोट मनिटरिङ) को सहायताले युद्धमा भएका कुरा धृतराष्ट्रलाई बताउँथे । अध्यात्मिक जगतमा योगासन एवम् ध्यान साधनामा स्वनिरीक्षण क्रिया महत्त्वपूर्ण मानिन्छ । शरीर, मन र आत्माको सुक्ष्म निरीक्षण गर्ने र अटोसजेसन क्रियाद्वारा शक्ति सञ्चार गर्ने कार्य गर्ने गरिन्छ । भाषण गरिसकेपछि आसनमा सँगै बस्नेले सकारात्मक शारीरिक हाउभाउ अर्थात् ‘बडी ल्याङ्वेज’सहित हात मिलाउने प्रचलन छ । आफ्नो बारेमा आफैँले भनेको भन्दा दोस्रो व्यक्तिले गरेको वर्णन बढी प्रभावकारी हुन्छ । तसर्थ, परापूर्वकालदेखि नै हामी दैनिक जीवनमा स–साना क्रियाकलापमार्फत अनुगमन तथा मूल्याङ्कनको अभ्यास गरिरहेका हुन्छौँ ।
महाभारतमा युद्धको अनुगमन गरी प्रत्येक दिनको रिपोर्टिङको कार्य गर्न धृतराष्ट्रले सञ्जयलाई नियुक्त गरेका थिए । सञ्जयले युद्धस्थलमा उपस्थित नभइकन दिव्यदृष्टि (आधुनिक युगको रिमोट मनिटरिङ) को सहायताले युद्धमा भएका कुरा धृतराष्ट्रलाई बताउँथे । अध्यात्मिक जगतमा योगासन एवम् ध्यान साधनामा स्वनिरीक्षण क्रिया महत्त्वपूर्ण मानिन्छ ।
असफलताको घटनाक्रम बढिरहेको वर्तमान परिवेशमा आयोजनालाई सफलतापूर्वक समयमै सम्पन्न गर्न अनुगमन तथा मूल्याङ्कनको गहन भूमिका रहन्छ । अनुगमन तथा मूल्याङ्कनको जापानिज ढाँचा सम्पूर्ण गुणस्तर व्यवस्थापन (टिक्युएम) संसारमै उदाहरणीय मानिन्छ । जापनिज मान्यता अनुसार उपलब्धि वा काम समापन भएपछि होइन, प्रक्रियामै अनुगमन तथा मूल्याङ्कन गर्नुपर्छ । शून्य त्रुटी (जिरो टोलोरेन्स्) मा आधारित अनुगमन, मूल्याङ्कन तथा गुणस्तर नियन्त्रण पद्धति अपनाउँदा जापनिज उत्पादन गुणस्तरीय मानिन्छन् । आयोजना निर्माण सम्पन्न हुनासाथ भत्किने पुल, निर्माण भएपछि आवश्यक भारवहन गर्न नसक्ने पुलका सवाल आउनु भनेको अनुगमन तथा मूल्याङ्कनको कमी हो ।
मूल्याङ्कनका चरणमा आयोजना सुरु हुनु अगावै सोको औचित्य, सम्भावित असर र लाभलागत आधारमा पूर्व– मूल्याङ्कन हुनुपर्छ । कार्यक्रम तथा आयोजना कार्यान्वयनको चरणमा गरिने चालू मूल्याङ्कन, कार्यक्रम तथा आयोजना सम्पन्न हुने समयमा वा सम्पन्न भइसकेपछि गरिने कार्य–सम्पन्न मूल्याङ्कन पनि अपरिहार्य छ । उता, कार्यक्रम तथा आयोजना सम्पन्न हुन नसकेको वा न्यून प्रगति भएको सम्बन्धमा गरिने योजना परीक्षण मूल्याङ्कन, कार्यक्रम तथा आयोजना पूर्ण रूपमा सञ्चालनमा आएपछि गरिने प्रभाव मूल्याङ्कन पर्दछन् ।
अनुगमन तथा मूल्याङ्कनका लागि सरकारका प्रत्येक मन्त्रालय, विभाग, कार्यालयमा अनुगमन तथा मूल्याङ्कन सम्बन्धी छुट्टै इकाइको व्यवस्था गरिएको हुन्छ । सरकारी कार्यालयमा अनुगमन तथा मूल्याङ्कन गर्न योजना आयोगको निर्देशिका बमोजिम गर्ने व्यवस्था रहेको छ भने विकास कार्यक्रम एवम् आयोजनामा सरकार र विकास साझेदारबीचका सम्झौतामा उल्लेखित सर्त एवम् साझेदार संस्थाको अनुगमन तथा मूल्याङ्कन सम्बन्धी निर्देशिकालाई समेत अनुशरण गर्ने गरिन्छ ।
नवीकरणीय ऊर्जा प्रविधिको अनुगमन तथा मूल्याङ्कनका लागि नवीकरणीय ऊर्जा अनुदान नीति तथा कार्यविधिमा अनुगमन तथा मूल्याङ्कनको व्यवस्था छ । नवीकरणीय ऊर्जा अनुदान नीति, २०७८ को दफा १४ मा अनुगमन तथा मूल्याकन सम्बन्धी व्यवस्था छ । उक्त दफामा भनिएको छ : वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले चौमासिक तथा वार्षिकरूपमा नवीकरणीय ऊर्जा प्रणाली एवम् आयोजनको स्थलगत अनुगमन गर्नेछ । प्रत्येक २ वर्ष वा आवश्यकता अनुसार स्वतन्त्र तेस्रो पक्षबाट अनुदानको प्रभाव, जडान भएका नवीकरणीय ऊर्जा प्रणाली तथा आयोजनाको स्थलगत निरीक्षण गर्न अनुगमन तथा मूल्याङ्कन गरिने छ ।
वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले चौमासिक तथा वार्षिकरूपमा नवीकरणीय ऊर्जा प्रणाली एवम् आयोजनको स्थलगत अनुगमन गर्नेछ । प्रत्येक २ वर्ष वा आवश्यकता अनुसार स्वतन्त्र तेस्रो पक्षबाट अनुदानको प्रभाव, जडान भएका नवीकरणीय ऊर्जा प्रणाली तथा आयोजनाको स्थलगत निरीक्षण गर्न अनुगमन तथा मूल्याङ्कन गरिने छ ।
स्थानीय स्तरमा त्यहाँबाट समेत स्थलगत अनुगमन गरिने छ । यस्तै, नवीकरणीय ऊर्जा अनुदान परिचालन कार्यविधि, २०७९ को दफा ७ मा अनुगमन तथा मूल्याङ्कन संयन्त्र सम्बन्धी व्यवस्था छ । त्यसमा जडित नवीकरणीय ऊर्जा प्रणालीको स्थलगत अनुगमन र मूल्याङ्कन केन्द्र वा सम्बन्धित स्थानीय तहबाट गरिने, जडित नवीकरणीय ऊर्जा प्रणालीको बिक्रीपछिको सेवा अवधि समाप्त भएपछि संस्थागत र सामुदायिक प्रणालीको हकमा सम्पूर्ण प्रणाली र घरायसी प्रणालीको हकमा कम्तीमा १० प्रतिशत प्रणाली (हरेक कम्पनीको कम्तीमा १० प्रतिशत प्रणाली पर्ने गरी) नमुना छनोट (र्यान्डम स्याम्प्लिङ) को आधारमा अनुगमन गर्नुपर्ने उल्लेल छ । साथै, प्रविधिको अनुगमन, प्रभाव अध्ययन वा उपभोक्ता सर्वेक्षण आवश्यकता अनुसार गर्न सकिने, १० प्रतिशतभन्दा बढी ऊर्जा प्रणालीमा गम्भीर विचलन फेला परेमा त्यस्ता कम्पनीलाई तीन वर्षका लागि केन्द्रको काम गर्न नपाउने गरी निलम्बन गरिने लगायत प्रावधान छन् ।
व्यवस्थापन र विकास आयोजनाको प्रभावकारी कार्यान्वयन एवम् दिगोपनाका लागि सहभागितामूलक एवम् नतिजामूलक अनुगमन तथा मूल्याङ्कन प्रणालीको विकास आवश्यक छ । यस्तै, एकीकृत सूचना प्रणालीको विकास एवम् अनुगमन तथा मूल्याङ्कन कार्यमा संलग्न जनशक्तिको सीप र दक्षता अभिवृद्धि पनि उत्तिकै जरुरत छ । यसबाट प्राप्त नतिजालाई योजना, कार्यक्रम तथा आयोजना तर्जुमा, कार्यान्वयनको पृष्ठपोषणको रूपमा प्रयोग गर्ने पद्धतिको विकास हुनु जरुरी छ । साथै, सूचना प्रविधिको अधिकतम प्रयोग, अनुगमन तथा मूल्याङ्कन सम्बन्धी वार्षिक कार्ययोजना बनाई लागु गर्न सके विकास कार्यक्रम तथा आयोजानको प्रभावकारितामा उल्लेख्य वृद्धि हुन सक्छ ।
लेखक, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका इन्जिनियर हुन् ।
लेखक, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका इन्जिनियर हुन् ।