विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ पुस ७, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । विगत विभिन्न समयमा निर्माण सुरु भएका तर तोकिएको समयमा काम पूरा नभएका एक दर्जन विद्युतीय सबस्टेसन पछिल्लो एक वर्षमा सञ्चालनमा आएका छन् । नेपाल विद्युत प्राधिकरणले निर्माण गरेका यी सबस्टेसन सञ्चालन भएका क्षेत्रमा विद्युत आपूर्तिमा सुधार हुने देखिएको छ ।

२०७८ बैशाखदेखि चैतसम्मको अवधिमा विद्युत आपूर्ति गुणस्तर सुधार तथा स्तरोन्नती गर्ने उद्देश्यले निर्मित १२ वटा सबस्टेसन सञ्चालनमा आएका छन् । सञ्चालनमा आएका मध्ये ३३/११ केभीका ६ वटा र बाँकी ठूलो क्षमता (२२०/१३२, १३२/३३ केभी) का रहेका छन् ।

सञ्चालनमा आएका मध्ये सबैभन्दा ठूलो २२०/१३२ केभीको न्यू खिम्ती सबस्टेसन रहेको छ । प्राधिकरणका अनुसार न्यू भरतपुर, न्यू बुटवल, सिलुवा, रुप्से, नवलपुर, मोतिपुर, अस्वरा, उर्लाबारी, सेढवा र खुर्कोट, न्यू मोदी सबस्टेनको काम २०७८ सालभित्र पूरा भई सञ्चालनमा आएका छन् ।

न्यू खिम्ती देशकै दोस्रो ठूलो क्षमताको सबस्टेसन हो, ४५६ मेगावाटको माथिल्लो तामाकोसी तथा निजी क्षेत्रले निर्माण गरेका विभिन्न जलविद्युत आयोजनाको विद्युत प्रवाह भइरहेको छ । २०७८ साउनदेखि सञ्चालनमा आएको यही सबस्टेसनमा जोडिएर तामाकोसीको १०० मेगावाट विद्युत काठमाडौंतर्फ प्रवाह भइरहेको छ ।

बाँकी बिजुली त्यहाँबाट ढल्केबर सबस्टेसनमा जोडिई पूर्व–पश्चिम वितरण भइरहेको छ । हाल यस सबस्टेसनमा माथिल्लो तामाकोसीको ४५६ मेगावाट, लिखु–४ को ५२.४ मेगावाट, लिखु ‘ए’ बाट उत्पादित २४.२ मेगावाट विद्युत जोडिएको छ ।

सर्लाही जिल्लाको विद्युत आपूर्तिको गुणस्तर सुधार र स्तरोन्नती गर्ने उद्देश्यले निर्माण गरिएको १३२/३३/११ केभी नवलपुर सबस्टेसन गत कात्तिक ७ गते सञ्चालनमा आएको थियो । आर्थिक वर्ष २०७५/७६ देखि सुरु भएको यसको काम करिब ४० करोड रुपैयाँमा सम्पन्न भएको थियो । जसको निर्माण भारतको पावर टेक र नेपालको वाइवा कन्स्ट्रक्सनले सयुक्त रूपमा गरेका थिए ।

यस्तै, कपिलवस्तुको बाणगंगा नगरपालिका ७ मा सञ्चालित १३२/३३/११ केभी क्षमताकै मोतीपुर सबस्टेसन जिल्लाको जितपुर तथा तौलीहवा र रुपेन्देहीको सालझण्डी क्षेत्रमा विद्युत वितरण गर्ने उद्देश्यले निर्माण गरिएको हो । सबस्टेसनबाट ३३ केभी र ११ केभी फिडर निकालेर वितरण गरिएको छ ।

२०७८ सालमा सञ्चालनमा एका सबस्टेसनहरू

क्र.सं. क्षमता सबस्टेसन स्थान सञ्चालनमा आएकाे महिना
१. नयाँ खिम्ती २२०/१३२ केभी रामेछाप, साँखे (फुलासी) सञ्चालन साउन, चैत ५ गते प्रधानमन्त्री शेरबहादुर देउवाबाट उद्घाटन
२. नयाँ बुटवल २२०/१३२ केभी सुनवल असाेज
३. नयाँ भरतपुर १३२ केभी चितवन साउन २३ गते
४. नवलपुर १३२ केभी सर्लाही कात्तिक ७ गते
५. माेतीपुर १३२ केभी कपिलवस्तु मंसिर २७
६. सिलुवा ३३/११ केभी पाल्पा असाेज ५ गते
७. रूप्से ३३/११ केभी पाल्पा असाेज १० गते
८. अस्वारा ३३/११ केभी तुल्सीपुर पुस १८ गते
९. उर्लाबा्री ३३/११ केभी माेरङ पुस २ गते
१०. सेढवा ३३/११ केभी पर्सा माघ १३ गते
११. खुर्काेट ३३/११ केभी सिन्धुली चैत १४ गते
१२. न्यू माेदी १३२ केभी पर्वत कात्तिक १३ गते
१३. लाहाचाेक १३२ केभी पर्वत चैत १४ गते उद्घाटन

स्राेत : नेपाल विद्युत् प्राधिकरण

यसैगरी, ३३/११ केभीका ६ वटा सबस्टेसन मध्ये सिलुवा सबस्टेसन २०७८ साल असोज ५ गतेदेखि सञ्चालनमा छ । पाल्पा जिल्लाको विद्युत आपूर्ति सुधार गर्न निर्माण गरिएको यो सबस्टेसन ७ वर्षमा सम्पन्न भएको थियो । यो सबस्टेसनको काम २०७१ असोजबाट सुरु भएको थियो । यसको काम आङ के इन्टरनेशनल विश्वनाथ जेभीले करिब ४ करोड २० लाख रुपैयाँमा सम्पन्न गरेको थियो । यही जिल्लामा रुप्से सबस्टेसन सञ्चालनमा आएको छ । जिल्लाको माथागढी गाउँपालिका–२ मा निर्माण भएको सबस्टेसन करिब १२ करोड रुपैयाँ खर्चमा सम्पन्न भएको थियो ।

यसैगरी, १३२ केभी नयाँ भरतपुर सबस्टेसन २०७८ साउन २३ गतेदेखि सञ्चालनमा आएको थियो । प्राधिकरणले चितवनको आँपटारीमा निर्माण गरेको यो सबस्टेसनको काम करिब १२ वर्षमा सम्पन्न भएको थियो । जसको निर्माण २०६६ असोजमा ठेक्का सम्झौता भई सुरु भएको थियो ।

करिब १२ वर्षअघिदेखि निर्माण सुरु भएको आयोजना ठेकेदारको लापरबाही र अयोजनाका कर्मचारीकै कमजोरीले गर्दा निर्माणमा ढिलाई भएको प्राधिकरणले बताउने गरेको थियो । यसको सञ्चालनपछि प्रविधिक चुहावट घट्नुका साथै भरतपुर वितरण केन्द्र अन्तर्गतका ग्राहकले पनि दिगो, गुणस्तरीय र भरपर्दो विद्युत सेवा पाएको दाबी गरिएको छ । निर्माणाधीन अवस्थाको हेटौंडा–भरतपुर–बर्दघाट प्रसारण लाइन अन्तर्गत निर्माण हुने ४ सबस्टेसनमध्ये न्यू–भरतपुर मुख्य तथा महत्त्वपूर्ण रहेको छ ।

उता नवलपरासीको सुनवलस्थित बडेरामा निर्माण भएको २२० केभी न्यू–बुटवल सबस्टेसन अहिले १३२ केभीमा चार्ज गरिएको छ । प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालय (पिएमडी) ले कालीगण्डकी कोरिडोर लाइनअन्तर्गत निर्माण गरेको सबस्टेसन असोजदेखि सञ्चालनमा आएको थियो । करिब १ अर्ब रुपैयाँमा पूरा भएको सबस्टेसनमा कालीगण्डकी तथा यसका सहायक नदी बेसिनका जलविद्युत आयोजनाको विद्युत दाना–कुस्मा र कुस्मा–न्यू बुटवल प्रसारण लाइन हुँदै यहाँ आएर जम्मा हुन्छ ।

दाङको तुलसीपुरस्थित अस्वरामा सञ्चालनमा आएको सबस्टेसन पनि २०७८ साल पुस १८ गते चार्ज भएको थियो । कोरोना महामारीका कारण समयमा काम हुन नसक्दा यसको निर्माण पूरा गर्न करिब ५ वर्ष लागेको प्राधिकरणले जनाइएको छ । प्राधिकरणका अनुसार आरके इन्टरनेशनलले निर्माण गरेको यो सबस्टेसन आयोजना पूरा गर्न करिब १० करोड १९ लाख ७० हजार खर्च भएको थियो ।

२०७८ साल पुस २५ गते मोरङको उर्लाबारीमा चार्ज भएको सबस्टेसन सम्पन्न गर्न ४ वर्षमा पूरा भएको हो । २ वर्षमा सम्पन्न लक्ष्य रहे पनि कोरोना महामारीका कारण थप २ वर्ष निर्माण अवधि लम्बिएको प्राधिकरणले जनाएको थियो । उता पर्साको विद्युत आपूर्ति गुणस्तर सुधार तथा स्तरोन्नती गर्ने उद्देश्यले निर्माण भएको सेढवा सबस्टेसन २०७८ माघ १३ गतेदेखि सञ्चालनमा आएको थियो । जसको निर्माण ४ वर्षमा पूरा भएको थियो ।

सिन्धुलीको खुर्कोटस्थित खुर्कोटमा निर्माण भएको सबस्टेसन २०७८ साल चैत १४ गतेदेखि सञ्चालनमा छ । जिल्लाको विद्युत आपूर्तिमा गुणस्तर सुधार तथा स्तरोन्नती गर्न विश्व बैंकको सहयोगमा ग्रीड सोलार तथा इनर्जी इफिसिएन्सी आयोजना अन्तर्गत निर्माण भएको हो । करिब १० करोड रुपैयाँ खर्च भएको यो सबस्टेसनको काम २ वर्षमा पूरा भएको थियो ।

सबस्टेसनको काम एटु जेट इन्फ्रास्ट्रक्चर इन्जिनियरिङको सब कन्ट्रयाक्टर त्रिरपुरेश्वर जयदुर्गे इन्जिनियरिङ जेभीले गरेको हो ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३