विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १५, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । डोल्पाको जगदुल्ला खोलामा निर्माण हुने १०६ मेगावाटको जगदुल्ला अर्धजलाशययुक्त जलविद्युत आयोजनाबाट उत्पादित विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोड्नका लागि निर्माण गर्न लागिएको आवश्यक प्रसारण लाइनको विस्कृत अध्ययन इआरएमसी/उद्धय जेभीले गर्ने भएको छ ।

आयोजनाको विद्युतगृहदेखि नेपाल विद्युत प्राधिकरणको रुकुमपश्चिमस्थित बाफिकोट सबस्टेसनसम्मको लाइनको विस्तृत अध्ययन गर्न जेभीसँग सम्झौता गरेको कम्पनीका साइड एन्चार्ज प्रभु सिलवालले बताए । उनका अनुसार सम्झौता अनुसार आयोजनाको विद्युतगृहबाट उत्पादन भएको विद्युत बाफिकोट सबस्टेसनमा जोड्न लाइन निर्माण हुनेछ ।

लाइनको रुटको विस्तृत अध्ययनको काम सुरु गर्ने तयारी भइरहेको पनि सिलवालले बताए । सम्झौता अनुसार अध्ययनको काम २०८० जेठभित्र सम्पन्न गर्नुपर्नेछ । 

जलविद्युत आयोजनाले विद्युत विकास विभागबाट २०७४ मा अध्ययनका लागि सर्वे लाइसेन्स लिएर अध्ययन अघि बढाएको हो । डोल्पामा  निर्माण हुने आयोजनाको विद्युतगृह मुड्केचुला गाउँपालिका–४, इलमा निर्माण  हुने तथा जगदुल्ला गाउँपालिका वडा नम्बर १ र २ मा बाँध निर्माण हुने अध्ययनले देखाएको छ ।

काम सुरु गरेको करिब ६ वर्षभित्र पूरा गर्ने लक्ष्य लिइएको आयोजनाको करिब ७.१ किलोमिटर भूमिगत सुरुङ निर्माण गरी इलस्थित विद्युतगृहमा खसालिने छ ।

कूल ३०७ मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्यका साथ काम थालिएको भए पनि भौगोलिक विकटताका कारण १०६ मेगावाटमात्र विद्युत उत्पादन गर्न सकिने गरी क्षमता अद्यावधिक (अप्टिमाइजेसन) गरिएको आयोजनाले जानकारी दिएको छ । आयोजना सम्पन्न भएपछि वार्षिक ६१५.३२ गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit