विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ७, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

दोलखा । सर्वोच्च अदालतले पदमुक्त गरेका तत्कालीन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शरतसिंह भण्डारीले माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको गाडी कब्जा गरेका छन् । उनले ३ दिनका लागि भनेर लगेको आयोजनाको बा११च २५८७ नम्बरकाे टोयटाको फर्चुन गाडी ३ साता बितिसक्दा पनि फिर्ता नगरेका हुन् ।

२ साता मन्त्री बनेका भण्डारी पदमुक्त भएकै दिन दिउँसो आयोजनाको गाडी लिएर हिँडेका थिए । आयोजना स्रोतका अनुसार मन्त्रीले गाडी चाहियो भनेपछि नेपाल विद्युत प्राधिकरणले अपर तामाकोसी हाइड्रो पावर कम्पनीसँग गाडी मागेको थियो ।

‘निर्देशन बमोजिम प्राधिकरण कार्यालयमा तामाकोसीको गाडी पठाइयो’, आयोजनाका एक कर्मचारीले भने, ‘प्राधिकरणले फेरि मन्त्रालयमा पठाउनु भनेपछि चालकले मन्त्रालयसम्म गाडी लिएर गएका हुन् । चालक फिर्ता आए तर अहिलेसम्म आयोजनाको गाडी फिर्ता आएको छैन ।’ 

मन्त्रीले चढ्ने गाडी मगाएको भन्दै सोही दिन ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयका कर्मचारी र मन्त्रीका सहयोगी नम्बर प्लेट परिवर्तन गर्न भनी यातायात कार्यालय एकान्तकुना पुगेका थिए । तर, यातायात कार्यालयले तत्काल नम्बर प्लेट परिवर्तन गर्न नमिल्ने भनेर फर्काएको समेत एक कर्मचारीले जानकारी दिए ।

नम्बर प्लेट परिवर्तन नहुने भएपछि तत्कालीन मन्त्रीका सहयोगीले ३ दिनमा गाडी फिर्ता गरिदिने प्रतिबद्धता जनाएका थिए । गाडी लिएर गएको २ घन्टामै सर्वोच्च अदालतको आदेशपछि अन्य मन्त्रीसँगै भण्डारी पनि पदमुक्त भएका थिए । पदमुक्त भएका मन्त्रीले गाडी पनि आफूसँगै लिएर गएको र अहिलेसम्म फर्काउने छाँटकाट नदेखिएको आयोजना स्रोतले बतायो ।

मन्त्रीले लगेको गाडी आयोजनाले १० वर्ष अघि खरिद गरेको थियो । आयोजनासँग २२ वटा गाडी छन् । बेला बेलामा विभिन्न सचिव, विभागीय अधिकारीहरूको निर्देशनमा आयोजनाले १/२ दिन गाडी पठाउने गरेको भए पनि यसरी लामो समय लिएर गएको भने पहिलो पटक हो ।

नेकपा माओवादी छोडेर नेकपा एमाले प्रवेश गरेका टाेपबहादुर रायमाझीको सांसद पद गुमेपछि गत जेठ २१ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले परिषद् पुर्नगठन गरी भण्डारीलाई ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रीमा नियुक्त गरेका थिए ।

ओलीले राजेन्द्र महत्ताेकाे नेतृत्वमा ८ मन्त्री र २ राज्यमन्त्री नियुक्त गरी मन्त्रीपरिषद पुनर्गठन गरेका थिए । नेपाली काँग्रेस पार्टीबाट राजनिति जीवनको सुरुवात गरेका भण्डारी मधेसी जनाधिकार फोरम हुँदै अहिले जनता समाजवादी पार्टीको नेता बनेका हुन् । उनले विगतमा पनि पटक–पटक विभिन्न मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit