विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ पुस ६, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

पेट्रोलियम पदार्थ दशकौंदेखि विश्वव्यापी ऊर्जा खपत, उद्योगहरू, यातायात र घरपरिवारका लागि आधारशिला भएको छ । ऊर्जा प्राविधिक, सामाजिक, आर्थिक र विकास प्रगतिको आधारभूत मेरुदण्ड भएको छ । पेट्रोलियम पदार्थले विश्वव्यापी ऊर्जा प्रणालीहरूमा प्रमुख भूमिका खेलेको छ र हालसम्म यो गति जारी नै रहेको छ । विश्वव्यापीकरण र आर्थिक उदारीकरणको कारणले विश्वव्यापी रूपमा भइरहेको आर्थिक वृद्धि, सवारी साधन तथा विकास निर्माणमा भएको तीव्रताका साथै औद्योगिक तथा व्यापार पारवाहनमा भएको वृद्धिसँगै विश्वव्यापी रूपमा इन्धन ऊर्जाको खपत दिनानुदिन वृद्धि हुँदै गएको छ ।

वर्तमान परिपेक्ष्यमा भूपरिवेष्ठित देश नेपालले आफ्नो ऊर्जा आवश्यकता पूरा गर्न पेट्रोलियम पदार्थको आयातमा पूर्ण रुपमा निर्भर हुनु परेको छ । नेपालमा पेट्रोलियम पदार्थ तथा ग्यासको पैठारी, सञ्चय तथा बिक्री वितरण, मुलुकमा गुणस्तरयुक्त तथा वातावरणमैत्री पेट्रोलियम पदार्थ तथा ग्यासको नियमित र सर्वसुलभ आपूर्तिलार्ई सुनिश्चित गर्न तथा त्यस्ता पदार्थको प्रतिस्पर्धी मूल्य सुनिश्चित गरी उपभोक्ताको हित संरक्षण गर्ने कार्यमा नेपाल आयल निगमले अविछिन्न रूपमा आफ्नो भूमिका निर्वाह गर्दै आइरहेको छ ।

विश्वव्यापी ऊर्जा खपतको अवस्था

पछिल्लो १० वर्षमा कुल विश्वव्यापी ऊर्जा खपत सरदर १५% वृद्धि भएको पाइन्छ । त्यसअघि, सन् २००० र २०१० को बीचमा झण्डै २५ प्रतिशतले वृद्धि भएको थियो । पछिल्ला केही वर्षहरूमा हरित पहलहरूको बारेमा विश्वव्यापी ध्यान र चासो केन्द्रित भए पनि, जीवाश्म इन्धनको प्रयोगले कुल ऊर्जा खपतमा महत्वपूर्ण भूमिका निर्वाह गरेको विद्यमान तथ्याङ्क छ । वर्तमान परिपेक्ष्यमा समेत विश्वका धेरै देशहरूमा इन्धन ऊर्जाको माग बढ्दै गएको छ ।

स्रोतः (आइए वल्र्ड इनर्जी ब्यालेन्स) विश्वव्यापी ऊर्जा उपयोगको अवस्था । सन्, २०२१ को तथ्याङ्क

यदि, यो बढेको मागलार्ई अन्यत्र ऊर्जा दक्षतामा सुधार गरेर प्रयोग गरिएन भने हाम्रो विश्वव्यापी ऊर्जा खपत वर्ष–दर–वर्ष बढ्दै जाने कुरामा दुई मत छैन । बढ्दो ऊर्जा खपतले हाम्रो ऊर्जा प्रणालीहरूलार्ई जीवाश्म इन्धनहरूबाट ऊर्जाको कम–कार्बन स्रोतहरूमा परिवर्तन गर्ने चुनौतीलार्ई अझ गाह्रो बनाउँदै लागेको देखिन्छ । यसको माग वृद्धि हुँदै जाँदा कम कार्बन उत्सर्जन गर्ने ऊर्जाले यो अतिरिक्त माग पूरा गर्न र ऊर्जा मिश्रणमा अवस्थित जीवाश्म इन्धनहरू विस्थापित गर्ने प्रयास गरेमा मात्र विश्वव्यापी चासो सम्बोधन हुने र इन्धन ऊर्जाको प्रयोगमा समेत कमी आउन सक्ने छ ।

जीवश्म इन्धन प्रयोगको विश्वव्यापी परिदृश्य

विश्वव्यापी रूपमा अनवीकरणीय पेट्रोलियमको प्रयोग र बढ्दो कार्बन उत्सर्जन वातावरण धमिल्याउने कारक बनिरहेका छन् । वातावरण संरक्षण तथा जलवायु परिवर्तनलाई समेत यसले चुनौती थपिरहेको छ । अतः पेट्रोलियम प्रयोगबाट सिर्जित जलवायु परिवर्तन र वातावरणीय ह्रासको चिन्ता स्वच्छ र दिगो ऊर्जा स्रोततर्फ स्थानान्तरण हुन् जरुरी देखिन्छ ।

ऊर्जाको मुख्य स्रोतको रूपमा रहेको इन्धनको प्रयोगलाई स्थानीय वायु प्रदूषणको प्रमुख कारक मानिएको छ । यस्तै, हरितगृह ग्यास उत्सर्जनमा नकारात्मक वातावरणीय असर सिर्जना गरेको हुँदा विश्वव्यापी साझा मञ्चहरूमा युरोपेली राष्ट्रहरूले केही दशकपछि पेट्रोलियमबाट सञ्चालन हुने सवारी उत्पादन तथा बिक्रीमा प्रतिबन्ध लगाउन सहमति गरेका छन् ।

तत्‌तत् मुलुकहरूले नवीकरणीय ऊर्जा, विद्युतीय सवारी र हाइड्रोजन इन्धनबाट सञ्चालन हुने सवारी उत्पादनमा जोड दिने नीति तथा कार्यक्रमहरू घोषणा गरिरहेका छन् । विश्वव्यापी रूपमा न्यूक्लियर र नवीकरणीय ऊर्जाका स्रोतहरू सजिलै उपलब्ध हुन थालेपछि, विश्वले इन्धनहरूबाट द्रुतरूपमा टाढा जान आवश्यक रहेको मत दिनानुदिन वृद्धि हुदै गएको पाइन्छ ।

इन्धन ऊर्जा खपतको अवस्था

नेपालमा बढिरहेको जनसङ्ख्या, जनताको जीवनस्तरमा आएको सुधार, मुख्य राजमार्ग तथा सहायक रणनीतिक सडक–मार्गको विस्तार, सवारीको वृद्धि लगायत कारणले पेट्रोलियम पदार्थको माग दिन प्रतिदिन बढिरहेको छ । निगमको विगत ५ वर्षको आयात तथ्याङ्क अनुसार पेट्रोलियमको आयात बढ्दो छ । पेट्रोलियम आयात र खपत वृद्धि हुनुमा मुख्यतः सवारीको वृद्धि  र विकास निर्माणका काममा तीव्रता आउनु पनि हो ।

इन्धन ऊर्जाको आयात तथा खपतमा नेपाल पूर्ण रूपमा भारतसँग परनिर्भर रहँदै आएको छ । ऊर्जाको मुख्य स्रोतको रूपमा प्रयोग भएको पेट्रोलियम पदार्थ (जिवाश्म इन्धन) माथि रहेको अति निर्भरताले यसको खपत घट्ने र आयात कम हुने सम्भावना तत्काल देखिँदैन । नेपालमा इन्धन ऊर्जाको अत्याधिक प्रयोग न्यूनीकरणका लागि सरकारले नवीकरणीय ऊर्जाका क्षेत्रहरू, जलविद्युत विकासको दीर्घकालीन नीति, प्रयास, यस क्षेत्रमा हुने लगानी र प्रयोगको अनुपात वृद्धिले महत्वपूर्ण भूमिका खेल्छ ।

पेट्रोलियमको वैज्ञानिक व्यवस्थापन

यस सन्दर्भमा, पेट्रोलियम प्रयोगको वैज्ञानिक व्यवस्थापनको नेतृत्व गर्न र राष्ट्रलार्ई स्वच्छ ऊर्जा भविष्यतर्फ लैजान निगमले महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ । समय सापेक्षरूपमा कालान्तरमा पेट्रोलियम उपभोग र परिप्रयोगको युग विस्तारै साँघुरिँदै र जलविद्युत् तथा सौर्यविद्युत् जस्ता नवीकरणीय स्रोतको ऊर्जाको हिस्सा वृद्धि हुदै जाने निश्चित छ । यस्तो परिस्थितिमा निगमले आफ्नो सेवालाई समयानुकूल विविधिकरण गर्न अत्यावश्यक देखिएको छ ।

पेट्रोलियम परिप्रयोगको वैज्ञानिक व्यवस्थापनले वातावरणीय प्रभावलाई न्यूनीकरण गर्न र अधिकतम दक्षता बढाउन, आयात, भण्डारण तथा बिक्री वितरण प्रणालीलाई परिष्करण गरी उपभोग प्रक्रियालार्ई अनुकूलन गर्दछ । इन्धनको उपयोगमा  वातावरणीय र आर्थिक लक्ष्यहरूबीच सामन्यजस्यता सुनिश्चित गर्न पेट्रोलियमको समग्र आपूर्ति शृङ्खलामा अत्याधुनिक प्रविधिहरू, स्वचालित प्रणालीबाट निर्णय निर्धारण र दिगो अभ्यासलार्ई एकीकृत गर्ने प्रणाली अबलम्बन गर्नु आवश्यक देखिन्छ ।

दीर्घकालीनरूपमा स्वच्छ ऊर्जातर्फ अघि बढ्ने सरकारको निर्णय बमोजिम निगमले वैज्ञानिक पेट्रोलियम व्यवस्थापनका लागि निम्नानुसारका प्रमुख रणनीतिहरू अबलम्बन गर्न जरुरी देखिन्छः

१. ऊर्जा स्रोतहरूको विविधिकरणः हाल देशको मुख्य ऊर्जाको स्रोतको रूपमा रहेको परम्परागत पेट्रोलियम ऊर्जामा परनिर्भरता कम गर्न जैविक इन्धन, जलविद्युत, सौर्य र वायु ऊर्जा जस्ता वैकल्पिक ऊर्जा स्रोतहरू अन्वेषण र प्रवद्र्धन गर्न नीतिगत व्यवस्था हुन् जरुरी छ । निगमको यस किसिमको ऊर्जा विविधीकरणले देशको ऊर्जा सुरक्षा मात्र बढाउँदैन सफा र अधिक दिगो ऊर्जा मिश्रणमा पनि योगदान पुर्‍याउँने निश्चित छ ।

२. ऊर्जा दक्षता उपायहरूः देशको अर्थतन्त्रलाई चलायमान बनाउने समग्र आर्थिक क्षेत्रहरू यातायात, उद्योग र पूर्वाधारहरूमा ऊर्जा–मैत्री प्रविधिहरू लागू गर्नाले समग्र पेट्रोलियम खपतलार्ई उल्लेखनीय रूपमा घटाउन सक्ने छ । निगमले उद्योग र सरोकारवालाहरूसँग मिलेर ऊर्जाको खपत न्यूनीकरण गर्ने र कार्बन उत्सर्जन न्यूनीकरण गर्न उत्कृष्ट अभ्यास र प्रविधिहरू अपनाउने नीतिगत व्यवस्था गर्न जरुरी छ ।

३. नवीकरणीय पूर्वाधारमा लगानीः निगमले ऊर्जाको माग आपूर्ति र प्रयोगको दिगो भविष्यका लागि नेपाल विद्युत् प्राधिकरणसँगको सहकार्यमा नवीकरणीय ऊर्जा पूर्वाधारको विकासमा लगानी गर्नु आवश्यक छ । स्वच्छ ऊर्जा विकासका लागि मार्ग प्रशस्त गर्न निगमका अधिकृत बिक्रीस्थलमा विद्युतीय सवारी चार्जिङ स्टेसनहरू र सौर्य ऊर्जाबाट चल्ने जस्ता नवीकरणीय प्रविधिहरूको अनुसन्धान र विकासमा लगानी गर्न सकिन्छ । यो कदमले परम्परागत पेट्रोलियम उत्पादनको माग घटाउने मात्र होइन कार्बन उत्सर्जनलाई पनि कम गर्न योगदान पुर्‍याउँछ ।

स्वच्छ ऊर्जातर्फको यात्रा

ऊर्जा उपयोगको दिगोपन र वातावरणीय उत्तरदायित्वका सिद्धान्तहरूसँग आफ्नो सञ्चालनलार्ई तालमेल गर्दै स्वच्छ ऊर्जाको विकल्पतर्फ आवश्यक कार्य तथा पहलहरू अघि बढाउनु अपरिहार्य छ । त्यसका लागि निम्नानुसार पहल गर्न सकिन्छः

१. हाइड्रोजन इन्धनको अनुसन्धान तथा विकासः दिगो ऊर्जा समाधानहरूमा बढ्दो जोडले हाइड्रोजन इन्धन परम्परागत जीवाश्म इन्धनहरूको एक आशाजनक विकल्प मानिएको छ । यस क्षेत्रमा अग्रगामी अनुसन्धानको महत्वलार्ई बुझ्दै निगमले हाइड्रोजन इन्धनको सम्भाव्यता अन्वेषण गर्न काठमाडौं विश्वविद्यालयसँग रणनीतिक साझेदारीमा प्रवेश गरी आवश्यक अध्ययन तथा अनुसन्धान कार्यमा सहकार्य अघि बढाएको छ । यसका लागि अन्य निकायहरूसँग पनि सहकार्य गर्नु उचित हुनेछ ।

२. जैविक इन्धनमा अनुसन्धान र विकासः निगमले परम्परागत इन्धनको दिगो विकल्पको रूपमा जैविक इन्धनको सम्भाव्यता अन्वेषण गर्न अनुसन्धान र विकासमा लगानी विविधिकरण गर्नु पर्दछ। जैविक पदार्थबाट व्युत्पन्न जैविक इन्धनले देशको ऊर्जाको आंशिक माग पूरा गर्न नवीकरणीय र पर्यावरण–मैत्री समाधान समेत गर्न सक्ने देखिन्छ ।

३. रणनीतिक साझेदारीः कार्बन उत्सर्जनको जटिल समस्यालार्ई सम्बोधन गर्नका लागि सरकारी निकायहरू, वातावरणीय संस्थाहरू र अन्य सरोकारवालाहरूसँगको सहकार्य महत्वपूर्ण रहेको छ । निगमले ज्ञान बाँड्न, स्रोतहरूको लाभ उठाउन र साझा वातावरणीय उद्देश्यहरूमा साझेदारी गर्न जरुरी देखिन्छ ।

चुनौती र भविष्यको दृष्टिकोण

विश्वव्यापी रूपमा अधिकांश विकसित तथा विकासोन्मुख मुलुकहरूले नवीकरणीय ऊर्जाको खपतमा जोड दिइरहेका छन् । चीनसँग वायु र सौर्य ऊर्जाको संसारकै सबैभन्दा ठूलो क्षमता रहेको अध्ययनहरूले देखाएका छन् । भारतले कोइलाको प्रयोग घटाउन नवीकरणीय ऊर्जा क्षमता विकास गरिरहेको छ । नेपालले यसमा दुवै देशसँग सहकार्य गरेर अगाडि बढ्दा अधिक लाभ लिन सक्छ ।

विश्व र मूलतः छिमेकी देशले प्रारम्भ गरेका यी सकारात्मक कदमहरूको बाबजुद पनि नेपालमा स्वच्छ ऊर्जातर्फको सङ्क्रमणमा चुनौतीहरू यथावत छन् । आर्थिक स्रोतको अभाव, पूर्वाधार सीमितताहरू र प्राविधिक अवरोधहरूले प्रगतिमा बाधा पुर्‍याउन सक्ने देखिन्छ । यद्यपि, रणनीतिक योजना, अन्तर्राष्ट्रिय सहकार्य र निरन्तर नवप्रवर्तनका साथ निगमले यी चुनौतीहरूलार्ई पार गरेर नेपाललार्ई हरियाली र दिगो ऊर्जा भविष्यतर्फ नेतृत्व प्रदान गरी लैजान सक्दछ । अतः स्वच्छ ऊर्जातर्फको यात्रा थप दिगो र वातावरण संरक्षणमा जिम्मेवारीपूर्ण हुन सक्छ ।

समयमै वैकल्पिक ऊर्जा स्रोतहरू अँगालेर, नवीकरणीय पूर्वाधारमा लगानी गर्दै, र समुदायको चेतना बढाउँदै लैजाने हो भने यस्ता चुनौतीहरूको सामना गरिरहेका अन्य राष्ट्रहरूका लागि नेपाल उदाहरणीय  बन्न सक्छ । विश्व न्यून कार्बनयुक्त भविष्यतर्फ अघि बढिरहेको बेला निगम पनि वैज्ञानिक पेट्रोलियम व्यवस्थापन र स्वच्छ ऊर्जाप्रतिको यात्रातर्फ अगाडि बढे भविष्यको ऊर्जा उपयोगलार्ई सही मार्गनिर्देशन हुनेछ ।

देशमा विद्यमान अन्य वैकल्पिक ऊर्जा स्रोतको अभावका कारण परम्पारगत ऊर्जाको स्रोतबाट नै ऊर्जा आपूर्ति र उपभोगमा लगातार प्रभुत्व जमाएको छ। नेपालजस्ता विकासशील देश तथा अर्थतन्त्रले बढ्दो स्वास्थ्य जोखिमलार्ई न्यूनीकरण गर्न र डिजेलबाट चल्ने सवारीसाधनबाट हुने ऋइद्द उत्सर्जनलार्ई न्यूनीकरण गर्न नयाँ स्वच्छ ऊर्जा नीतिहरू छिटोभन्दा छिटो अपनाउनुपर्छ र प्रवर्द्धन गर्नुपर्छ । दिगो विकास लक्ष्यहरू (SDGs) हासिल गर्न केही दशक पश्चात विद्युतीय सवारीसाधन जस्ता स्वच्छ ऊर्जाको प्रयोग गरेर नेपालले स्वस्थ र समृद्ध वातावरणसहितको हरित अर्थतन्त्रतर्फ विस्तारै आफ्नो बाटो दावी गर्न सक्दछ ।

नेपालमा जलविद्युत, सौर्य र वायु ऊर्जाको स्रोतमा धनी भएकाले नवीकरणीय ऊर्जा स्रोतबाट विद्युत् उत्पादन गर्ने प्रचुर सम्भाव्यता छ । ती मध्ये, अनुमानित १ लाख मेगावाटको जलविद्युतले थप आशा र अवसर दिएको छ । तर, विद्यमान क्षमता र सम्भावनाको करिब ३ प्रतिशतमात्रै सदुपयोग भएको छ । विश्व मानचित्रमा नेपालजस्ता विकासशील अर्थतन्त्र बाहकले प्रसारण लाइन जडानको उच्च लागत, कम खपत दर र विभिन्न भूगोलमा छरिएका रहेका जनसङ्ख्या र बसोबासलार्ई ध्यानमा राखेर स्वच्छ र नवीकरणीय ऊर्जा स्रोतहरू प्रयोग गरी आफ्नो ऊर्जा आपूर्ति प्रणालीलार्ई थप दिगो प्रणालीमा रूपान्तरण गरी स्वच्छ ऊर्जालार्ई अपनाउँदै प्रवर्द्धन गर्नुपर्ने छ ।

यसै क्रममा परम्परागत इन्धनको स्रोतबाट विश्वव्यापी रूपमा चर्चा पाएको हाइड्रोजन इन्धनले सफा र कुशल ऊर्जा वाहक हुन सक्ने सम्भाव्यताका लागि विश्वव्यापी ध्यान तानिरहेको छ । निगमले समेत सरकारको वातावरण संरक्षण र जलवायु परिवर्तन न्यूनीकरणको प्रतिबद्धता बमोजिम सो कार्बन न्यूनीकरण गर्न र नेपालको दिगो ऊर्जा भविष्यमा योगदान गर्न हाइड्रोजनको शक्तिको लाभ उठाउने लक्ष्य राखेको छ ।

हाइड्रोजन इन्धन अनुसन्धानमा निगम र काठमाडौं विश्वविद्यालयबीचको साझेदारीले ऊर्जा समाधानका लागि अग्रगामी सोचलार्ई चित्रित गर्दछ । अनुसन्धान, पूर्वाधार र नवपर्वतनमा लगानी गरेर निगमले नेपालमा हाइड्रोजन प्रविधिको विकासमा योगदान दिँदै राष्ट्रको लागि हरियाली र दिगो भविष्यतर्फ महत्वपूर्ण कदम चालेको छ । यस सहकार्यले देशको तत्काल ऊर्जा आवश्यकतालार्ई मात्र सम्बोधन नगरी स्वच्छ र वातावरणमैत्री ऊर्जा स्रोतहरूतर्फ विश्वव्यापी परिवर्तनमा नेपाललार्ई एक सक्रिय राष्ट्रको रूपमा उभाएको छ ।

अन्त्यमाः विश्वव्यापी रूपमा ऊर्जा उपयोगको विकसित परिदृश्यमा, निगमले राष्ट्रलार्ई दिगो र विविध ऊर्जा भविष्यतर्फ डो¥याउँदै नवप्रवर्तनको अग्रभागमा उभिन अत्यावश्यक देखिएको छ । मिश्रित ऊर्जा विकासको अवधारणालार्ई अँगाल्दै निगमले नेपालको बढ्दो ऊर्जा मागहरू पूरा गर्न परम्परागत स्रोतमा निर्भरता घटाउदै विश्वव्यापी रूपमा विकसित भएका नविनतम अवधारणा र नवीकरणीय ऊर्जाको स्रोतको विकास गर्न जरुरी छ ।

नेपालको भूगोल र प्राकृतिक स्रोत, यसको समृद्ध स्थलाकृति र विविध हावापानीको कारणले नेपाल ऊर्जा स्रोतहरूमा सम्पन्न छ । जलविद्युत ऊर्जा लामो समयदेखि देशको ऊर्जा रणनीतिको आधारशीला रहेको र द्रुतरूपमा परिवर्तन भइरहेको विश्वव्यापी ऊर्जा परिदृश्यका चुनौतीहरू सामना गर्न आफ्नो व्यापार विविधीकरणको महत्वलार्ई परिस्कृत गर्दै लैजानु अत्यावश्यक छ ।

मिश्रित ऊर्जा विकासको लागि निगमले नवीकरणीय ऊर्जा स्रोतहरूमा रणनीतिक लगानी, जलविद्युत् पूर्वाधारको निर्माणमा परिपूरक बन्दै सौर्य, वायु र बायोमास ऊर्जाको सम्भाव्यताको प्रक्रियामा सक्रिय रूपमा संलग्न गराउन जरुरी छ । राज्यका अन्य निकायहरूसँगको समन्वयमा निगमले स्वच्छ र दिगो स्रोतहरूको सदुपयोग गरेर, कार्बन फुटप्रिन्ट घटाउने र जलवायु परिवर्तनसँग लड्न नेपालको विश्वव्यापी प्रतिबद्धतामा योगदान पुर्‍याउने लक्ष्य राख्नु पर्दछ ।

मिश्रित ऊर्जा विकासतर्फको परिवर्तनले निगमले ऊर्जा सुरक्षा, वातावरणीय व्यवस्थापन र आर्थिक वृद्धिको दृष्टिकोणसँग सामन्जस्यता कायम राख्न अत्यावश्यक देखिएको छ । विविध ऊर्जा मिश्रणलार्ई अँगालेर हाल प्रयोग गरेको ऊर्जा स्रोतको निर्भरतासँग सम्बन्धित जोखिमहरूलार्ई कम गर्दै अनुकूलनीय ऊर्जा पूर्वाधारलार्ई पनि बढावा दिनु आवश्यक छ । मिश्रित ऊर्जा विकासबाट ऊर्जा उपयोगको दिगोपन, वातावरणीय व्यवस्थापन भई राष्ट्रको ऊर्जा उपयोगको अवस्थालार्ई हरियाली भविष्यतर्फ लैजाने छ । आगामी दिनमा नेपालले पेट्रोलियम पदार्थ माथिको आफ्नो निर्भरतालाई कम गर्न स्वच्छ ऊर्जा आत्मसात गर्न विभिन्न रणनीतिक नीतिगत हस्तक्षेपहरू गर्न अत्यावश्यक देखिएको छ ।

लेखक, नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक हुन्, यो लेख २०८० साल पुस १ गते प्रकाशित ऊर्जा खबर अर्धवार्षिक पत्रिका पाँचौं अंकबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३