विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ पुस ७, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

लवायु परिवर्तन पृथ्वीको प्राकृतिक प्रक्रियाभित्र पर्ने एउटा गतिविधि हो । त्यो आफ्नै हिसाब र गतिमा चल्ने गर्छ तर अलिक चर्को घाम लागे 'के साह्रो घाम लागेको' वा पानी अलिक निकै परेमा 'यो कुकुरको मुत कहिले थामिएन' भन्ने शब्द लगाएर प्रकृतिलाई दोष दिने हाम्रो स्वभाव वा प्रवृत्ति छ । त्यो हाम्रो भेगतिर मात्र नभएर सायद अन्य ठाँउतिर पनि होला । हावा-हुण्डरी, गरम-जाडो, घाम-पानी आउनु प्रकृतिको एउटा चक्र नै हो । आफ्नो समयमा वा ऋतु अनुसार प्रकृतिले आफ्नो स्वरूप चलाइरहेको हुन्छ । त्यो सामान्य कुरा हो तर बिनासमयमा अधिक रूपमा आउने पानी, झरी, घाम, जाँडो, गर्मी, खडेरी प्रकृतिको असन्तुलनले निम्त्याएका असरहरू हुन् । त्यसले जलवायु मात्र नभएर समग्र वातावरणलाई नै खल्बलाएका कारण पनि यस्तो परिवर्तन देखिएको हो भन्न सकिन्छ ।

ग्लोबल वार्मिङ वा जलवायु परिवर्तनले वातावरण, मानव स्वास्थ्य र अर्थ-व्यवस्थामा धेरै प्रभाव पार्न सक्छ । ती असरहरूलाई यसरी हेरौँ :

(१) तापक्रम : ग्लोबल वार्मिङले पृथ्वीको सतहको औसत तापक्रम बढाउँछ । यसले थप गम्भीर तातो लहरहरू निम्त्याउन सक्छ, जुन विशेषगरी वृद्ध र बालबालिकाका लागि खतरनाक हुन सक्छ ।

(२) समुद्री सतह : बढ्दो समुद्री सतहले तटीय समुदाय र इकोसिस्टमलाई खतरामा पार्छ ।

(३) मौसम : ग्लोबल वार्मिङले थप गम्भीर आँधी, खडेरी र बाढी निम्त्याउन सक्छ । 

(४) स्वास्थ्य : ग्लोबल वार्मिङले मलेरिया र डेंगु जस्ता संक्रामक रोगहरू र फोक्सोमा सङ्क्रमण बढाउन सक्छ ।

(५) इकोसिस्टम : ग्लोबल वार्मिङले बोटबिरुवा र जनावरका प्रजातिहरूको वितरणलाई परिवर्तन गर्न सक्छ र तिनीहरूको जीवन चक्रको समय परिवर्तन गर्न सक्छ। 

(६) कृषि : ग्लोबल वार्मिङले कृषि र पशुधनको उपज र व्यवहारत: घटाउन सक्छ । 

(७) वाइल्ड फायरहरू : ग्लोबल वार्मिङले परिस्थितिहरू सिर्जना गर्न सक्छ, जसले अझ तीव्र वन्य आगो निम्त्याउन सक्छ । जुन छिटो फैलिन्छ र लामो समयसम्म रहन्छ ।

(८) पानी : ग्लोबल वार्मिङले पानीको आपूर्ति र यसको गुणस्तर र जलविद्युत्‌ उत्पादनलाई असर गर्न सक्छ ।

(९) गरिबी र विस्थापन : ग्लोबल वार्मिङले गरिबी र विस्थापन निम्त्याउन सक्छ ।

काँग्रेसी नेता एवम् प्रख्यात लेखक शशी थोरोरद्वारा (Down To Earth, 21सेप्टेम्बर 2024) पर्यावरणबारे अनलाइनमा लिखित एक लेखमा वातावरण असन्तुलन अथवा जलवायु परिवर्तनमा विशेष यी ६ वटा कारणहरू  औँल्याइएको छ :

(१) जलवायु परिवर्तन : तापक्रम र विशिष्ट मौसम ढाँचाको दीर्घकालीन परिवर्तन ।

(२) प्रदूषण : प्राकृतिक वातावरणमा दूषित पदार्थहरूको प्रवेश जसले प्रतिकूल परिवर्तन निम्त्याउँछ ।

(३) पारिस्थितिक प्रणाली : एक विशेष क्षेत्रमा सबै बोटबिरुवा र जनावरहरू, तिनीहरूको वरपरको वातावरण । कुनै विशेष क्षेत्रमा बासस्थानको विनाशलाई इकोसिस्टम विनाश भन्न सकिन्छ ।

(४) वातावरणीय ह्रास : हावा, पानी र माटो जस्ता स्रोतहरूको ह्रास र वन्यजन्तुको विलुप्तताबाट वातावरणको बिग्रन।

(५)  संसाधनको कमी : प्राकृतिक स्रोतहरूको उपभोग तिनीहरूलाई भर्न सकिने भन्दा छिटो।

(६) जैवविविधता हानी : पृथ्वीमा जीवन स्वरूपहरूको विविधता र परिवर्तनशीलतामा कमी ।

हाम्रो प्रजाशक्ति दैनिकले ०३ अगस्त २०२४ को 'जलवायु परिवर्तन: विश्व तापमान, हरितगृह ग्यास र समुद्री सतह इतिहासमै उच्च' शीर्षकमा यस्तो उल्लेख गरेको छ- जलवायु परिवर्तनका प्रभावहरू इतिहासमै सबैभन्दा उच्चस्तरमा देखिएका छन् । वैज्ञानिकहरूका अनुसार सन् १९१५ मा विश्वको तापमान, हरितगृह ग्यासको मात्रा तथा समुद्री सतह इतिहासकै उच्चतम बिन्दुमा पुगेको थियो । विश्वका साढे ४ सय वैज्ञानिकहरूको अनुसन्धानका आधारमा तयार गरिएको स्टेट अफ क्लाईमेट नामक रिपोर्ट अनुसार गत वर्ष विश्वको तापमान सबैभन्दा उच्च बिन्दुमा पुग्नुमा जलवायु परिवर्तनका साथै समुद्र तात्ने प्रवृत्ति अर्थात् एल निनोको पनि प्रभाव रहेको छ ।

सन् १९५० यता २०१५ मा पृथ्वीले सबैभन्दा शक्तिशाली एल निनोको प्रभाव बेहोरेको वैज्ञानिकहरूले बताएका छन्  । रिपोर्ट अनुसार सन् २०१५ मा मुख्य ३ वटा हरितगृह ग्यास, कार्बन डाइअक्साइड, मिथेन र  नाइट्रस अक्साइडको मात्रा कीर्तिमानी बिन्दुमा पुगेको थियो । यी सबै ग्यासहरू जीवाष्म इन्धनको दोहनबाट धेरै मात्रामा निस्किन्छन् । सन् १९१५ को अन्त्यमा धेरै जलवायुजन्य विषमता देखा परे । वर्षामा औसतभन्दा धेरै पानी पर्दा विश्वका धेरै भागमा बाढी-पहिरोका घटना भए । एकातर्फ वर्षामा धेरै पानी पर्‍यो भने अर्कोतर्फ पृथ्वीमा सुख्खाग्रस्त क्षेत्रहरू झन्डै दोब्बरले बढे । पृथ्वीको १४ प्रतिशत क्षेत्रमा चरम खडेरी पर्‍यो । रिपोर्ट अनुसार उत्तरी ध्रुवीय क्षेत्रमा तापक्रमको वृद्धि उच्च रहेको र यसले ध्रुवीय हिउँलाई तीव्र दरमा पगलिरहेको पाइएको छ । बीसौं शताब्दीको शुरूदेखि अहिलेसम्म उत्तरी ध्रुवीय क्षेत्रको तापक्रममा २.८ सेल्सियसले वृद्धि भएको छ ।

जलवायु परिवर्तनका कारण मोरोक्कोमा बितेको ५० वर्षपछि अति बिग्न पानी परेको रेकर्ड यहाँ उल्लेख गरिएको छ- मोरक्को सरकारका अनुसार सेप्टेम्बर महिनामा मात्र २४ घण्टामा परेको २५० मिलिमिटर पानीले ५० वर्षदेखि सुख्खा रहेका मरुभूमिका तालहरू भरिएका छन् । मोरक्कोको मौसम विभागका कर्मचारी हुसैन योआबेबका अनुसार मोरक्कोमा करिब ५० वर्षपछि २४ घण्टामा यति धेरै पानी परेको हो ।

यसरी नै नेपालको राजधानी काठमाडौंमा अविरल वर्षाको कारण भयानक भलबाढीले तान्डव मच्चाएको थियो र धेरै क्षति बेहोर्नु परेको छ । नेपाल टाईम्स अनुसार अक्सिजनका लागि पृथ्वीको फोक्सो मानिने अमेजन जङ्गलको व्यापक तथ्य बाहिएको छ । करिब ८ लाख ८० हजार वर्गकिलोमिटर क्षेत्रफल रहेको अमेजन जङ्गलले बितेको चार दशकमा जर्मनी र फ्रान्स देश बराबरको क्षेत्रफल वन-जङ्गल फडानीबाट गुमाएको रिपोर्टमा उल्लेख गरिएको छ ।

यस्तै, प्रकारले साउदी अरेबियाको मदिना मक्कामा हज यात्रीहरूको अधिक गर्मीका कारण मृत्यु भएको तथ्यांक छ । साउदी अरेबियाको मक्कामा जुन १२ देखि जुन १९ सम्म गर्मीका कारण ९२२ हज यात्रीको मृत्यु भएको छ । अर्को एक रिपोर्ट अनुसार साउदी अरबमा हज यात्राको क्रममा इजिप्टका मात्र ६०० भन्दा बढीको मृत्यु भयो । ठूलो सङ्ख्यामा हज यात्रीहरू अहिले पनि बेपत्ता रहेको बताउने गरिएको छ । जुन १७ मा मक्काको ग्रान्ड मस्जिदमा ५१.८ डिग्री सेल्सियस तापक्रम रेकर्ड गरिएको थियो । मृत्यु हुनेमा इजिप्टपछि जोर्डन, इरान, इन्डोनेसिया र सेनेगलका हजीहरू थिए । साउदी कूटनीतिज्ञले बताए अनुसार अधिकांश मृत्यु गर्मीका कारण बिरामी परेर भएको हो ।

साउदी अरेबियाका अधिकारीहरूका अनुसार गत असारमा मक्कामा जलवायु परिवर्तनको गहिरो असर परिरहेको छ । यहाँको औसत तापक्रम हरेक १० वर्षमा ०.४ डिग्री सेल्सियसले बढिरहेको छ । यसै वर्ष २१ जुलाई २०२४, आइतबारको दिन इतिहासकै गर्मी दिन रहेको र ८४ वर्षको पुरानो रेकर्ड गर्मीले तोडेको छ । जुलाई २१, २०२४ पृथ्वीको इतिहासकै सबैभन्दा गर्मी दिनको रूपमा रह्यो । कपर्निकल क्लाइमेट चेन्ज सर्भिसका अनुसार यो दिन विश्वको औसत तापमान १७.०९ डिग्री सेल्सियस मापन भएको थियो । यसले सन् १९४० देखि अहिलेसम्मका सबै रेकर्ड तोडिदिएको छ ।

अझ अर्को रिपोर्ट यहाँ उल्लेख गरिएको छ- दक्षिणी ईरानको एक मौसम स्टेशनले ८२.८ डिग्री सेल्सीयस (१८० डिग्री फरेनहाइट ) हिट इन्डेक्स रेकर्ड गरेको छ । यो नै अहिलेसम्म पृथ्वीमा रेकर्ड गरिएको सबैभन्दा उच्च तापमान हो । तापमान वृद्धिका कारण अत्यधिक गर्मीले विश्वब्यापी जलवायु परिवर्तनका घटना झन् तीव्र बन्ने सम्भावना रहेको जलवायु वैज्ञानिकहरूले चेतावनी दिएका छन् ।

नेपाल टाईम्स अनुसार अक्सिजनका लागि पृथ्वीको फोक्सो मानिने अमेजन जङ्गलको व्यापक तथ्य बाहिएको छ । करिब ८ लाख ८० हजार वर्गकिलोमिटर क्षेत्रफल रहेको अमेजन जङ्गलले बितेको चार दशकमा जर्मनी र फ्रान्स देश बराबरको क्षेत्रफल वन-जङ्गल फडानीबाट गुमाएको रिपोर्टमा उल्लेख गरिएको छ ।

जलवायु परिवर्तनको प्रभावले समुद्रको जलस्तर बढदै गइरहेको छ भने ग्लेशियर बिलाउँदैछन् । हावामा CO2 को मात्रा बढ़दैछ । जंगल अनि वन्यजीव कम हुँदैछन् । साथै, जलवायु परिवर्तनका कारण जलीय जीवन प्रभावित भइरहेको छ । यस्तो अनुमान लगाइदैछ कि- यदि यस्तै परिवर्तन जारी रहेमा उद्भिद अनि जीवजनवारहरूका कैयौं प्रजातिहरू पृथ्वीबाट विलुप्त भएर जाने सम्भावना बढेर गएको छ । जलवायु परिवर्तनको ५  प्रभावहरू यस प्रकार रहेको छ । जस्तै: जसरी जलवायु गर्म हुँदै जान्छ । त्यस्तै, वर्षाको प्याटर्न बदलिँदै जान्छ अनि वाष्पीकरण बढ़ने क्रम जारी रहन्छ, ग्लेशियर बिलाउँदै गएपछि समुद्रको स्तर बढ्नेछ । यी सबै कारणले ताजा पानीको उपलब्धतामा कमी आउँछ ।

बढदो तापक्रम अनि मौसम परिवर्तनको कारण धेरै तालहरू सुक्दै गरेको रिपोर्ट यहाँ उल्लेख गरिएको छ-

Divisional Forest Officer (DFO)of Badrinath Forest Division in Chamoli, Sarvesh Dubey, said, "The Lake is shrinking in width and depth by about 0.1% to 0.5% anually . Tradionally, the area around Roopkund would experience snow flurries during rainfall, but now rain is more common, causing loose moraine to slide down into the lake, we believe this shift in precipitation pattern is directly linked to climate change and global warming, which is altering the natural balance of the region." He added: we are reaching out to experts at Forest Research Institute of Himalayan Geological (WIHG)for solution as this year saw excess rainfall and consequently, more silting."Glaciologist also attributed the shift is precipitation patterns to Climate Change ang global warning."( Shivani Azad, The Times of India, Oct14, 2024)

यस्तै प्रकारले लद्दाक, हिमाचल प्रदेश अनि उत्तरखण्डका हिमनदीहरू पनि सुक्दै गएको रिपोर्ट यहाँ उल्लेख छ-

Glacier retreat in Himalayas raises flood risks, says study (Gaurav Talwar) : "Kolahai, Hoksar, and Sheshram glaciers have lost 21% of the glacier extent in a course of 40 years from 1980 to 2020. The glaciers in Ladakh Himalayas are also showing a significant decreasing trend," said Lone.Kolahoi glacier, the largest in the Liddar Basin, shrank from 13.5 sqkm to 10.4sqkm between 1980 and 2022. Sheshram, the second largest in the basin, shrunk from 5.9sqkm to 4.7sqkm while Kohsar reduced from 1.3sqkm to 0.7sqkm. The study also noted similar trends throughout the Himalayas including glaciers in Uttarakhand and Himachal Pradesh, making these regions equally vulnerable to climate-induced disasters. (The Times of India Oct.11, 2024)

मौसम परिवर्तन र बढदो तापक्रम साथै प्रदूषणको कारण धेरै जलचरहरूलाई पनि असर पारिरहेको छ । त्यसमा विशेष गरेर समुद्रको गहिराइमा बस्ने सार्क माछाहरूलाई असर पारेको बताइएको छ । 'महासागरको तापक्रम निरन्तर बढदै, सार्क घट्दै' भन्ने शीर्षकमा यस्तो लेख्छ-

"हाल पृथ्वीमा भइरहेको तापक्रम वृद्धिले समुद्रको तापक्रम पनि बढदै गएको छ । यसका कारण सार्कहरूमा फेरि पनि त्यस्तै परिवर्तनहरू देखा परेका छन् त ? अर्को शब्दमा के सार्कहरू अझै ठूला र अझै गतिवान हुन सक्छन् ? लाखौ वर्ष पहिले ग्लोबल वार्मिङले केही सार्कहरूमा महत्त्वपूर्ण परिवर्तनको विकास गरेको हुन सक्छ । डा. हिमामलेका अनुसार आज द्रुतरूपमा परिवर्तन भइराखेको मौसमले भने समुद्री जीवलाई क्षति पुर्‍याउने सम्भावना बढी छ । किनभने, त्यसबेलाको तापक्रम परिवर्तनले पनि सार्क बाहेकका अन्य जनावरलाई पुर्ण रूपमा क्षति पुर्‍याएको थियो । "धेरै जीव पूर्ण रूपमा विनाश भएका थिए," उनले भने, " केही सार्कहरूले त्यो परिवर्तनलाई आत्मसात् गर्न सके पनि यसले धेरै अन्य जनावर लोप भए ।"

विश्वको तापक्रममा भइरहेको द्रुत वृद्धिले समुद्रमा रहेका विभिन्न जलचरका साथै सार्कहरूलाई पनि नकारात्मक असर परिरहेको वैज्ञानिक अध्ययनहरूले पुष्टि गरेका छन् । उनीहरूका अनुसार तापक्रम वृद्धिले समुद्रको पानीमा हुनुपर्ने ओक्सिजनको तहलाई घटाउँदै लगेको छ । जसका कारण धेरै अक्सिजन आवश्यक पर्ने जलचर लुप्त हुने अवस्थामा पुगेका छन् भने अनगिन्ती लुप्त पनि भइसकेका छन् । यसको असर सार्कहरूमा पनि परेको हो ।

हरितगृह ग्यास उत्सर्जनले पृथ्वीलाई (Blanket) कम्बल बनाउँदा, तिनीहरूले सूर्यको तापलाई पासोमा पार्छन् । यसले ग्लोबल वार्मिङ र जलवायु परिवर्तनको नेतृत्व गर्दछ। विश्व अहिले रेकर्ड गरिएको इतिहासको कुनै पनि बिन्दु भन्दा छिटो तापक्रममा छ । समयसँगै न्यानो तापक्रमले मौसमको ढाँचामा परिवर्तन गर्दै प्रकृतिको सामान्य सन्तुलनमा बाधा पुर्‍याइरहेको छ ।

यस्तै, प्रकारले विश्वको कपडा उद्योगहरूका कारण जलवायु परिवर्तनमा १० प्रतिशत योगदान पुर्‍याएको ठहर गरिएको छ- लुगा बढी खपत गर्नु प्रकृतिमाथि अन्याय । आकर्षक लुगाले व्यक्तिलाई पक्कै राम्रो देखाउँछ, यसमा कुनै शंका छैन तर लुगा बढी खपत गर्नु भनेको प्रकृतिमाथि दोहन गर्नु पनि हो । विश्वव्यापी फेसन उद्योगले प्रतिवर्ष १ खर्ब बढी प्रति कपडा उत्पादन गर्छ । यी मध्ये लगभग ८० अर्ब थान कपडाहरू विभिन्न भूभागबाट प्रत्येक वर्ष खरिद हुन्छ । जसको सीधा असर प्राकृतिक स्रोतमा परिरहेको छ । अन्तर्राष्टिय जनरल अर्थका अनुसार जलवायु परिवर्तनमा फेसन उद्योग १० प्रतिशत जिम्मेवार देखिएको छ ।

फेसन उद्योगबाट सबैभन्दा ठूलो खतरा भूमिगत पानी हो । वास्तवमा कारखानाहरूले कपडा बनाउन धेरै पानी बर्बाद गर्छन् । जसका कारण भूमिगत पानीको सतह निरन्तर घट्दै गएको छ । रेयोन र भिस्कोज जस्ता रूखबाट बनेका फेसनल फेब्रिकमा आधारित कपडाको उत्पादनका कारण हरेक वर्ष हजारौं हेक्टर वन काटिन्छन् । वनजंगल फडानी गर्नु भनेको पर्यावरणलाई हानि गर्नु हो । यसले वनमा बसोबास गर्ने प्रजातिहरू र विश्वभरका आदिवासी समुदायमा गम्भीर खतरा उत्पन्न हुन्छ ।

बढदो तापक्रम र मौसम परिवर्तनका कारण सिक्किममा रहेका हिमालहरू अत्यधिक गर्मीको कारणले बिलाएर हिमतालमा पसेपछि हिमनदीको बहाव बढेर विध्वंस मच्चाउँदै मुनि-मुनि टिस्टा नदीको छेउतिर भएका बस्तीहरू सोरसार पार्नु जलवायु परिवर्तनको कारण नै हो । यो जल-प्रलयले ४ अक्टोबर २०२३ मा आएको त्रास्दीपुर्ण भल-पहिरोले सिक्किमलाई अझसम्म थला पारेको छ । यसरी नै सिक्किमजस्तो चिसो ठाँउमा सेप्टेम्बर महिनाको अन्तमा पनि अत्यधिक गर्मी (२३/०९/२०२४) को दिन जोरथाङमा ३८° रेकर्ड भएको थियो । त्यसको दुई दिनपछि पाँच दिन लगातार घनघोर पानी पर्दा सिक्किमलगायत नेपालमा विध्वंस र विनाश निम्तियो ।

पानी परेपछि मुसलधारे नरहने कुनै ठूलो घटना घटेपछि मात्र रोकिने, घाम लागेपछि सात वटा घाम लागेजस्तो कहीँ कतै खडेरी मात्र पार्ने, यो मौसम परिवर्तनकै कारण हो भन्ने मौसमविद्हरूको भनाइ छ । पुराना पानीका मुहान सुक्नु सायद स्वभाविक हुन सक्छ । किनभने, पहिले-पहिले त्यही मुहानको धाराबाट ८/१० घरले पानी लिएर जान्थे/खान्थे, मुहानमा पानी खुल्ला हुन्थ्यो भने अहिले त्यही मुहानमा पाइपको बिट्टा अटिनअटि खाँदिराखेको छ । घरमा पुर्‍याएपछि पनि प्रत्येक कोठाहरूको बाथरुममा भान्सामा अनि बाहिरतिर गाडी धुने, अलैंची, फूल आदिमा लगाएको हुन्छ । मुहानमा खुल्ला बग्न नदिएर सुकाएपछि कहाँबाट उम्रिन्छ, त्यहाँदेखि तलतिर पानी ?

उत्तर सिक्किमको दक्षिणी ल्होनाक तालसँगै धेरै हिमतालहरूको सर्वेक्षण गरेको रिपोर्टमा यस्तो उल्लेख गरिएको छ-

Until now, we [have] relied on satellite images of these glacial lakes, but to have an implementable plan of action, we need to reach these lakes and note the changes they are experiencing [due to] climate change,” said Prabhakar Rai, director of the Sikkim State Disaster Management Authority (SSDMA), one of the government agencies participating in the expedition.(The Print ) 

सिक्किमको राजधानी गान्तोकले बितेको ५५ वर्षको गर्मीको रेकर्ड तोडेको छ ।

Impact of climate change : The Sikkim government is cautious about attributing climate change as a possible cause of GLOF events in the state. But meteorological data point to a worrying trend: it’s becoming warmer.  India Metrological Department (IMD) data from Gangtok show that September 2023 was the hottest since 1969—nearly 55 years. The month alone saw 11 days when temperatures in Gangtok crossed the 25 degrees Celsius mark. Between 6 and 13 September and again from 18 to 23 September, daytime temperatures consistently stayed above 24 degrees Celsius. (The Print, Reported by Soumya Pillai )

जलवायु अनुकूल नयाँ प्रजातिका फसलहरू भारतीय कृषि वैज्ञानिकहरूले विकास गरेको हाम्रो देशको कृषि, किसान कल्याण तथा ग्रामीण विकास मन्त्री शिवराज सिंह चौहानको लेखले बुझाउँछ-

जलवायु सङ्कटको युगमा कृषि विकासका लागि बीज  खेती' "पछिल्ला १० वर्षमा कृषि परिदृश्य द्रुत रूपमा विकसित भएको छ । ग्लोबल वार्मिङ र पर्यावरण असन्तुलन जस्ता गम्भीर मुद्दाहरूवीच उत्पादनलाई बढावा दिनु अहिले चुनौती हो । यस चुनौतीबाट निस्किनका लागि हामीले अगामी ५ वर्षभित्र जलवायु अनुकूल फसलहरूको १,५०० नयाँ प्रजाति विकास गर्नेछौँ । यस समयमा केवल विज्ञानले नै किसानहरूको खुशहाली निर्धारण तय गर्न सक्छ । मलाई आफ्ना कृषि वैज्ञानिकहरूप्रति गर्व छ जसले जलवायु अनुकूल कृषि उत्पादनहरूको प्रजाति विकास गरिरहेका छन् । कृषिमा भइरहेको अविस्कारले खेतीपाती र किसानको खुशहाली  सुनिस्चित गर्नेछ भन्ने मेरो दृढ विस्वास छ ।

बोट-बिरुवालाई पनि चोट पुर्‍याउँदा दुख्न सक्छ । पीर हुन सक्छ, उनीहरूमा पनि अदृश्य जीवन हुन सक्छ भनेर उद्भिद शास्त्रीहरूले अनुसन्धान गरिरहेका छन् । भारतीय वैज्ञानिक एव उद्भिद शास्त्री जगदिशचन्द्र बोसले सन् १९०१ मा नै लन्डनको रोयल सोसाइटीमा प्रदर्शन गरेका थिए- बिरुवाहरूको जीवनचक्र, प्रजनन प्रणाली छ र तिनीहरूको वरिपरिको बारेमा सचेत छन् ।

वन-जङ्गल फँडानी गरेर काठ बेच्ने प्रथा बन्द हुनुपर्छ । एउटा रूख काटेर  सट्टामा कति बिरुवा रोप्ने भन्नेमा कानुन बनाई लागू हुनुपर्छ । सिक्किम सरकारको हरित पहलको योजना "मेरो रूख, मेरो सन्तति" अन्तर्गत नवजात शिशुको नाममा १०८ बोट-बिरुवा रोप्नुपर्छ र "सिक्किम शिशु समृद्धि" योजना अन्तर्गत सिक्किम सरकारले प्रमाणपत्र सहित १०,८०० रुपियाँ नवजात शिशुको नाममा बैंकमा १८ वर्षको निम्ति फिक्स डिपोजिट गरिदिने छ । सिक्किम सरकारको यो कार्यक्रमलाई हरित क्रान्तिको पहलमा निकै प्रभावशाली मानिएको छ ।

सिक्किम एक्सप्रेस दैनिकमा उल्लेख छ- सिक्किम सरकार की हरित पहल 'मेरो रूख, मेरो संतति' को शनिबार को दुबई में संयुक्त राष्ट्र जलवायु परिवर्तन सम्मेलन कोप-28 यूएई के दुनिया के सबसे बड़े जलवायु परिवर्तन कार्यक्रम में प्रदर्शित किया गया ।" (अनुगामीनी,04 डिसेम्बर 2023)

यसैगरी, हाम्रो प्रजाशक्ति दैनिकमा 'मौसम परिवर्तनको हानिकारक प्रभाव' शीर्षकमा लेखिएको छ-

मौसम परिवर्तनको परिणामका कारण यसरी वर्षा ऋतु शुरू हुनासाथ भारी मात्रामा पानी परेको हो । मौसम परिवर्तन निक्कै घातक भएर देखापरेको छ । जसको फलस्वरूप कहिले प्रचण्ड गर्मी हुने त कहिले भारी वर्षा हुने गरेको हो । अब मौसम परिवर्तनका कारण हुने खतराबाट बाँच्नका लागि मानिसहरूले प्रकृति विरोधी क्रियाकलापलाई रोक्न सक्नुपर्छ साथै यस्तो स्थितिलाई पार लगाउन सुरक्षित उपाय अपनाउनुपर्ने नितान्त अवश्यक छ । (०६ सेप्टेम्बर २०२४)

हामीले प्रकृतिलाई बचाउनु र आफैँ पनि यो धरतीमा बाँच्ने हो भने धेरै कुरामा सम्झौता गर्न सक्नुपर्छ :

(१) अनावश्यक प्रकृति दोहनको कार्यमा रोक लगाउनुपर्छ । 

(२) योजना, परियोजनाको नाममा ठूला-ठूला ढुङ्गा, चट्टान, भीर पहरा, तोडन दिनु हुँदैन र ठूला-ठूला रूखहरू चाहे निजी होस या सरकारी काट्न दिनु हुँदैन, दीर्घकालीन विकासको अवश्यकता छ तर वैकल्पिक बाटो रोज्नुपर्छ ।

(३) सानो ठाँउ, सानो राज्यले पनि पर्यावरण संरक्षणमा सहयोग पुर्‍याउनु असल हो, केही हदसम्म सहयोग पुग्छ तर यस विषयमा विश्वका ठूला-ठूला मुलुकहरूले ठूलै पहल शुरू गरेमा ज्यादै फाइदा पुग्छ ।

(४) ठूला-ठूला जलविद्युत् परियोजनाको पछि नलागेर मिनी माइक्रो हाइड्रोपावर परियोजनामा निजी कम्पनी तथा सरकारको ध्यानाकर्षण हुनुपर्छ । नदी-नाला जहाँबाट बगेका हुन्छन्, त्यसरी नै बग्न दिनुपर्छ ।

(५) विश्वका सबै राष्ट्रहरूले प्लास्टिकको प्रयोगमा सय प्रतिशत रोक लगाएर बैकल्पिक बाटो रोज्न तयार हुनु पर्छ । 

(६) खोलामा जेनेरेटर लगाएर माछा मार्नेहरूलाई कानुन बनाएर बन्द गर्नुपर्छ, माछा अपुताली हुँदैछ, यो प्रकृतिसँग जोडिएको विषय हो ।

(७) चराचुरुङ्गी, वन्यजन्तुको शिकार अनि भीरमौरी काढ्नमा प्रतिबन्ध लगाउनु पर्छ ।

(८) पहाडी भेगका खोलानालाबाट बालुवा ढुङ्गा निकाल्न बन्द गर्नुपर्छ ।

(९) फोहोर-मैलाको ब्यवस्थापन हुनु अवश्यक छ ।

(१०) प्रदूषण हुने/निकाल्ने गाडी, मेसिन कलकारखाना सबैमा नियन्त्रण हुनु अवश्यक छ या कति वर्ष चल्नु सक्छ मियाद तोकिएको हुनुपर्छ ।

(११) इन्धनबाट चल्ने वहानहरूलाई वैकल्पिक प्रारूप दिएर समतल र पहाडमा बराबर चल्न सक्ने विद्युतीय वाहनहरूको निर्माणमा जोड गर्नुपर्छ । ठूला-ठूला ढुङ्गा, चट्टान, पहराहरूलाई तोडफोड गर्नु, नदी खोला-नालाको दिशा बदल्नु, बडेमानको रूखदेखि जंगलहरू काटनु/मास्नु भनेको वातावरणलाई असन्तुलन गराएर जलवायु परिवर्तन गराउनु हो ।

प्रकृतिको दोहन गर्नु आफ्नै भविष्य बर्बाद गर्नु हो । यसको सम्पूर्ण जिम्मेवार चरा-चुरुङ्गी, पशु-पंक्षी, उद्भिदहरू नभएर हामी विवेकशील प्रा‍णी मानिस जाति नै जिम्मेवार छौँ । हाम्रो रहन-सहन अनि खान-पान पौराणिकताबाट आधुनिकता हुँदै भौतिकवादसम्म पुगेकोले हामीले प्रयोगमा ल्याउने प्रत्येक वस्तुले बढ्दो तापक्रम र मौसम परिवर्तनलाई सहयोग पुर्‍याइराखेको छ । त्यो युग फर्केर आउँदैन, मानिसहरूका आँखा अघि वातावरणको विध्वंस र विनास भएको देखेमा यो कार्यकलाप केही हदसम्म घटन सक्छ । नभए अझ बढेर जानेमा कुनै शंका छैन ।

विश्वमा बहुसंख्यक व्यक्तिहरू अनेकौं संघ-संस्थाहरू यसबारेमा सचेत छन् तर यसभित्र धेरै अनभिज्ञ पनि छन् । वातावरण, भूमण्डलीय उष्मीकरण, मौसम परिवर्तनको विनास-विध्वंस र संरक्षणका बारेमा प्रत्येक प्राथमिक पाठशालाको पाठ्यक्रममा समावेश गरेर पढाई हुनु जरुरी छ, ताकि बाल मस्तिष्कदेखि नै यी कुराहरू गहिरो रूपमा पसोस् । आउँदा दिनहरूमा वातावरणबारे उसले सोच्ने गर्छ र केही गर्न नसके पनि वातावरण संरक्षणमा सहयोग पुर्‍याउनु आफ्नो कर्तव्य सम्झिन्छ । अन्य विषयलाई अलिक पर सारेर यो विषयलाई विशेष ठानेर संघ-संस्था मात्र नभएर विश्वका रहेका मुलुकहरूले आ-आफ्नो देशमा यी विषयमा बृहत् सचेतनाको अभियान चलाउनु जरुरी छ ।

साभार : हिमालय दर्पण, सिलीगुढी

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३