विद्युत अपडेट

  • प्राधिकरण : ८८८१ मे.वा.घन्टा
  • सहायक कम्पनी : १४२०६ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४१५८८ मे.वा.घन्टा
  • आयात : १८५ मे.वा.घन्टा
  • निर्यात : १४७८१ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ६४८६० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २७८७ मे.वा.
२०८२ साउन १४, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

बागलुङ । सडक बत्तीको मिटर जडान पपछि बागलुङ नगरपालिकाले विद्युत् महसुल भुक्तानी गर्न थालेको छ । नगरपालिकाको सडक बत्ती व्यवस्थापनपछि सडक बत्ती महसुल भुक्तानी गर्न थालिएको हो ।

मिटर जडानपछि मिति २०८१ पुस महिनादेखि मिटरबाट बिलिङ्ग सुरु भएको थियो । २०८१ असार २५ गते बागलुङ नगरपालिकाले मिटर जडान गरेपछि सडक बत्तीको २०८१ पुसदेखि असार महिनासम्म ५ लाख ३९ हजार ७ सय ८ रुपैयाँ बागलुङ विद्युत्लाई बुझाएको जानकारी दिएको छ ।

वर्षौंदेखि सडकबत्तीहरूमा मिटर जडान नगरी बत्ती बालिएको थियो । यसका कारण नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रले महसुल उठाउन सकेको थिएन । बागलुङ नगरपालिकाले बिना मिटर सडक बत्तीको यर्थात विलिङ्ग नभएका कारण महसुल तिरेको थिएन ।

बागलुङ नगरपालिका र नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्र बीच मिटर जडानपछि सडक बत्तीको महसुल असुल उपर गर्ने सहमति भएको थियो । सोही अनुसार केन्द्रले बागलुङ नगरपालिकाभित्र मिटर जडान गरेको थियो ।

उक्त सडक बत्तीलाई व्यवस्थित गरी प्रयोग गर्न बागलुङ नगरपालिका मेयर वसन्तकुमार श्रेष्ठ, उपमेयर राजु खड्का र प्रशासकीय अधिकृत हरिदत्त कँडेललगायतले सहयोग गरेको वितरण केन्द्रले जनाएको छ ।

साथै, प्राधिकरणबाट सल्लाह, सुझाव दिने निर्देशक कमल आचार्य, प्रादेशिक प्रमुख विक्रम अमात्य, प्राधिकरणको जानकी प्रदेशिक कार्यालय, बागलुङ वितरण केन्द्रलगायतका निकार्यका सबै कर्मचारीको पनि सहयोग रहेको जनाएको छ ।

त्यस्तै, देशभरिनै विनामिटरको सडक बत्ती हटाई मिटर सहितको सडक बत्ती जडान गरी स्थानीय निकायबाट विद्युत् महसुल संकलनमा सहयोग पुग्ने अपेक्षा रहेको केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३