विद्युत अपडेट

  • प्राधिकरण : ७३४० मे.वा.घन्टा
  • सहायक कम्पनी : १२९४६ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४१९७३ मे.वा.घन्टा
  • आयात : १७६ मे.वा.घन्टा
  • निर्यात : १८६८३ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ६२४३६ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २८५८ मे.वा.
२०८२ भदौ १०, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सरकारको मिश्रित ऊर्जाको अवधारणाका कारण सौर्य विद्युत आयोजनाको विकासमा लगानी गर्ने लगानीकर्ताको संख्या बढ्दै गएको छ।जलविद्युतको भन्दा कम लागत तथा छोटो समयमा निर्माण सम्पन्न गर्न सकिने हुँदा लगानीकर्ताको आकर्षण सौर्य ऊर्जामा बढिरहेको हो ।

विद्युत विकास विभागका अनुसार देशका विभिन्न जिल्लामा पहिचान भएका १०५८.९ मेगावाटका ३० सौर्य आयोजनाले अध्ययन अनुमति पाएका छन् । हालसम्म १ मेगावाटदेखि ३०० मेगावाट सम्मको सौर्य आयोजनालाई अनुमति दिइएको विभागको वेपसाइटमा उल्लेख छ ।

विभागका अनुसार सबैभन्दा ठुलो ३०० मेगावाट एसपिभी सौर्य आयोजना रहेको छ । यो आयोजना झापा जिटी इनर्जीेले २०७८ चैत ५ गते अनुमति लिई अध्ययन गरिरहेको छ । आयोजनाको अध्ययन आगामी १ वर्षमा पुरा गर्नुपर्नेछ ।

यही कम्पनीले २०० मेगावाटको नेपालगन्ज एसभिपी सौर्य आयोजनाको अध्ययन गरिरहेको छ । विभागबाट २०७८ चैत ५ गते अनुमति लिइ अध्ययन सुरु गरेको कम्पनीले आगमी १ वर्षमा पुरा गर्नु पर्नेछ ।

यस्तै, २५० मेगावाटको ग्रीड कनेक्टेड सौर्य आयोजनाको अध्ययन रिसेन क्लिन इनर्जी नेपालले गरिरहेको छ । विभागबाट २०७८ असोज ७ गते अनुमति लिएको कम्पनीले १ वर्ष भित्र पुरा गर्नु पर्ने विभागले जनाएको छ ।

यस्तै, १ सय मेगावाटको बानगहा, ५ मेगावाटको भद्रापुर, १ मेगावाटको ग्रीड कनेक्टेड, १० मेगावाटको लमाही ग्रीड कनेक्टेड, १० मेगावाटको लमाही–१ ग्रीड कनेक्टेड, ५ मेगावाटको बर्दिया ग्रीड कनेक्टेड, ३ मेगावाटको कालीखोलाले अध्ययन अनुमति पाएको छ ।

७ मेगावाटको बिरगन्ज, ५ मेगावाटको मिथिला, ७ मेगावाटको जीरा भवानी, १० मेगावटको प्रतापुर, १० मेगावटको बेलबारी, ५ मेगावाटको टेक समुन्द्र, ८ मेगावाटको परवानीपुर,  १० मेगावाटको उदयपुर, ७ मेगावाटको झिमरुक, १० मेगावाटको सोनाहा सौर्य आयोजनाको अध्ययन भइरहेको छ ।

१० मेगावाटको लाहान, १० मेगावाटको लालबन्दी, १० मेगावाटको सोलुदुधकुना, ७ मेगावाटको कालीखोला–ए, १५ मेगावाटको धारामनगर, १० मेगावाटको सोलार पिभी प्लान्ट ब्लक–२, १० मेगावाटको सोलार पिभी प्लान्ट ब्लक–१, १० मेगाजाटको अम्रावती पार्ट–१, १० मेगावाटको अम्रावती पार्ट –२ र ३ मेगावाटको गमी सोलार इनर्जीले अध्ययन अनुमति दिई आयोजनाको काम अघि बढाएका छन् ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३