विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ७, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । साैर्य ऊर्जाको व्यापारिक विद्युत उत्पादनतर्फ निजी तथा सरकारी लगानीकर्ताको आकर्षण बढ्दै गएको छ । सरकारले मिश्रित ऊर्जाको अवधारणा अनुसार साैर्य ऊर्जाको व्यापारिक उत्पादनका लागि बाटो खुल्ला गरेसँगै यो क्षेत्रमा आउने लगानीको दायरा पनि बढ्दै गएको हो ।

विद्युत विकास विभागका अनुसार देशका विभिन्न जिल्लामा पहिचान भएका १२३९.६९ मेगावाटका सौर्य आयोजनाले अध्ययन अनुमति पाएका छन् । हालसम्म ०.९९०  मेगावाटदेखि ३०० मेगावाटसम्मका ४४ सौर्य आयोजनालाई अनुमति दिइएको विभागले जनाएको छ ।

विभागका अनुसार सबैभन्दा ठुलो ३०० मेगावाट एसपिभी सौर्य आयोजना रहेको छ । यो आयोजना झापा जिटी इनर्जीेले २०७८ चैत ५ गते अनुमति लिई अध्ययन गरिरहेको छ । आयोजनाको अध्ययन आगामी १ वर्षमा पुरा गर्नुपर्नेछ ।

यही कम्पनीले २०० मेगावाटको नेपालगन्ज एसभिपी सौर्य आयोजनाको अध्ययन गरिरहेको छ । विभागबाट २०७८ चैत ५ गते अनुमति लिइ अध्ययन सुरु गरेको कम्पनीले आगमी १ वर्षमा पुरा गर्नु पर्नेछ ।

यस्तै, २५० मेगावाटको ग्रीड कनेक्टेड सौर्य आयोजनाको अध्ययन रिसेन क्लिन इनर्जी नेपालले गरिरहेको छ । विभागबाट २०७८ असोज ७ गते अनुमति लिएको कम्पनीले १ वर्ष भित्र पुरा गर्नु पर्ने विभागले जनाएको छ ।

४० मेगावाटको गोदावरी–अत्तरिया सोलार इलेक्ट्रीसिटी प्रोजेक्टले २०७९ साउन ९ गते अध्ययन आनुमति पाएको छ । यो आयोजनाको हाइभ नेपाल प्राइभेट लिमिटेडले अध्ययन अनुमति लिई निर्माणको काम अघि बढाएको छ । 

यही कम्पनीले ३० मेगावाटको पहलमानपुर सोलार इलेक्ट्रीसिटी प्रोजेक्ट, ४० मेगावाटको भुरीगाउँ सोलार पिभी प्रोजेक्ट, २५ मेगावाटको नेपालगञ्ज सोलार पिभी प्रोजेक्ट, ४० मेगावाटको कोहलपुर सोलार पिभी प्राजेक्ट र २५ मेगावाटको गुलरिया सोलार पिभी प्रोजेक्टको अध्ययन गरिरहेको छ ।

साथै, १ सय मेगावाटको बानगहा, ५ मेगावाटको भद्रापुर, १ मेगावाटको ग्रीड कनेक्टेड, १० मेगावाटको लमाही ग्रीड कनेक्टेड, १० मेगावाटको लमाही–१ ग्रीड कनेक्टेड, ५ मेगावाटको बर्दिया ग्रीड कनेक्टेड, ३ मेगावाटको कालीखोलाले अध्ययन अनुमति पाएको छ ।

७ मेगावाटको बिरगन्ज, ५ मेगावाटको मिथिला, ७ मेगावाटको जीरा भवानी, १० मेगावटको प्रतापुर, १० मेगावटको बेलबारी, ५ मेगावाटको टेक समुन्द्र, ८ मेगावाटको परवानीपुर,  १० मेगावाटको उदयपुर, ७ मेगावाटको झिमरुक, १० मेगावाटको सोनाहा सौर्य आयोजनाको अध्ययन भइरहेको छ ।

१० मेगावाटको लाहान, १० मेगावाटको लालबन्दी, १० मेगावाटको सोलुदुधकुना, ७ मेगावाटको कालीखोला–ए, १५ मेगावाटको धारामनगर, १० मेगावाटको सोलार पिभी प्लान्ट ब्लक–२, १० मेगावाटको सोलार पिभी प्लान्ट ब्लक–१, १० मेगावाटको अम्रावती पार्ट–१, १० मेगावाटको अम्रावती पार्ट –२ र ३ मेगावाटको गमी सोलार इनर्जीले अध्ययन अनुमति लिई आयोजनाको काम अघि बढाएका छन् ।

यस्तै, १० मेगावाटको सिभराज सोला पावर प्लान्ट, ९.९ मेगावाटको शुभ सोलार पिभी प्रोजेक्ट, ९.९ मेगावाटको तुम्लिङटार सोलार इलेक्ट्रीक प्रोजेक्ट,  १० मेगावाटको शान्तीनगर सोलार प्रोजेक्ट, १० मेगावाटको तनहु सोलार पावर प्लान्ट फेज–२, ७ मेगावाटको सौर्य विद्युत आयोजना बारा, १० मेगावाटको कृष्णापुर सोलार पिभी प्रोजेक्ट र १० मेगावाटको सुरुङ्गा युटिलिटी स्केल ग्रीड–टाइड सोलार प्रोजेक्टले अध्ययन अनुमति लिई निर्माणको काम अघि बढाएका छन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit