विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सौर्य ऊर्जाको स्रोतबाट व्यापारिक विद्युत उत्पादनतर्फ निजी लगानीकर्ताको आकर्षण बढ्दै गएको छ । सरकारले मिश्रित ऊर्जाको अवधारणा अनुसार सौर्य ऊर्जाको व्यापारिक उत्पादनका लागि बाटो खुला गरे यता यो क्षेत्रमा आउने लगानीको दायरा पनि बढ्दै गएको हो ।

सौर्य ऊर्जाको विद्युत खरिद दर निर्धारण भएपछि नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद सम्झौता (पिपिए) गरेर निर्माणमा गएका करिब आधा दर्जन सौर्य विद्युत आयोजना सम्पन्न भई सञ्चालनमा समेत आइसकेका छन् । 

विद्युत विकास विभागले जारी गरेको अनुमतिपत्रको संख्याले पनि सौर्य विद्युत आयोजनामा लगानी बढिरहेको पुष्टी गरेको छ । विभागको पछिल्लो तथ्यांकअनुसार ८७ वटा सौर्य विद्युत आयोजना अहिले निर्माणको विभिन्न चरणमा छन् । 

यी सौर्य विद्युत आयोजनाको जडित क्षमता करिब १७ सय मेगावाट छ । जसमा अध्ययन अनुमतिपत्र जारी भएका ६२३ मेगावाटका २६ वटा सौर्य विद्युत आयोजना छन् । यी आयोजना अहिले अध्ययनको चरणमा छन् ।

यस्तै, ११७.७ मेगावाटका १९ सौर्य विद्युत आयोजनाले विभागबाट निर्माण अनुमतिपत्र लिएर काम गरिरहेका छन् । विभागको पछिल्लो तथ्याङ्क अनुसार ९१२.९ मेगावाटका ३६ सौर्य विद्युत आयोजनाले अध्ययन अनुमतिका लागि आवेदन दर्ता गराएका छन् ।

३४.५९ मेगावाटका ६ सौर्य विद्युत आयोजनाले निर्माण अनुमतिपत्रका लागि आवेदन दिएका छन् ।निर्माण अनुमतिपत्र पाउनेमा १० मेगावाटका ५ सौर्य विद्युत आयोजना रहेको विभागले जनाएको छ । बाँकी १४ वटा साना सौर्य विद्युत आयोजना हुन् ।  

यसैगरी, अध्ययन अनुमतिपत्र पाउनेमध्ये सबैभन्दा ठुलो २५० मेगावाट क्षमताको एउटै सौर्य विद्युत आयोजना रहेको छ । विभागले रिशेन क्लिन इनर्जी नेपाललाई गत असोजमा अध्ययन अनुमति दिएको हो । 

यस्तै, पनास इनर्जी र मिथिला इनर्जीले १००/१०० मेगावाटको आयोजनाको अध्ययन गरिररहेका छन् । बाँकी १५ मेगावाट भन्दा साना सौर्य विद्युत आयोजना छन् ।अध्ययन पूरा भएका ६ सौर्य विद्युत आयोजनाले भने उत्पादन अनुमतिका लागि आवेदन दिएका छन् ।

एसियन टेक कर्पोरेशनले ४ मेगावाटका आयोजना, अपि पावरले १ मेगावाटको, पोजेटिभ इनर्जी र झापा इनर्जीले १०/१० मेगावाटको र नेपाल विद्युत प्राधिकरणले ९.५९ मेगावाटका २ सौर्य विद्युत आयोजनाको अध्ययन पूरा गरी उत्पादन अनुमतिका लागि आवेदन दिएको छ ।

यस्तै, ९ सय १२ मेगावाटका ३६ आयोजनाले भने अध्ययन अनुमतिका लागि आवेदन दिएको विभागको तथ्याङ्कमा छ । आवेदन दिनेमध्ये सबैभन्दा ठुलो ३ सय मेगावाटको सौर्य विद्युत आयोजना रहेको छ । जिटी इनर्जी प्रालिले यो सौर्य विद्युत आयोजनाको अध्ययन अनुमतिपत्रका लागि आवेदन दिएको  विभाग तथ्याङ्कमा छ ।

यस्तै, यही कम्पनीले नै २ सय मेगावाटको सौर्य विद्युत आयोजना अध्ययन अनुमतिपत्र लिनका लागि आवेदन दिएको छ । मिथिला इनर्जीले महोत्तरीमा ८० मेगावाटको सौर्य विद्युत आयोजनाको अध्ययन अनुमतिपत्र लिन विभागमा आवेदन दिएको छ । 

यही कम्पनीले ३०/३० मेगावाटको २ सौर्य आयोजना महोत्तरीमा अघि बढाउनका लागि अनुमतिपत्र माग गरेको विभागले जनाएको छ । कम्पनीले दुवै आयोजनाको अध्ययन अनुमतिका लागि विभागमा गत असोज ६ गते आवेदन दिएको हो ।

१० मेगावाटका २२ सौर्य विद्युत आयोजनाको अध्ययन अनुमतिका लागि आवेदन परेको  विभागको तथ्याङ्कमा छ । बाँकी १० मेगावाट भन्दा साना सौर्य आयोजना छन् ।

जलविद्युतको तुलनामा कम लागत र समयमा निर्माण सम्पन्न गर्न सकिने हुँदा सौर्य ऊर्जामा लगानी बढिरहेको छ । जलविद्युत आयोजना निर्माण गर्न प्रतिमेगावाट १६ देखि २० करोड रुपैयाँ खर्च हुने भए पनि सौर्य विद्युत आयोजना प्रतिमेगावाट ८ देखि १३ करोड रुपैयाँ लागतमा निर्माण सम्पन्न गर्न सकिने हुँदा लगानी बढिरहेको छ ।

सौर्य विद्युत आयोजनाले उत्पादन गर्ने विद्युतको पिपिए दर प्रतियुनिट ७.३० रुपैयाँ रहेकोमा अब प्रतिस्पर्धाका आधारमा पिपिए गर्ने निर्णय भइसकेको छ । नेपाल विद्युत प्राधिकरणले सौर्य ऊर्जा उत्पादन गर्ने प्रविधिको लागत कम हुँदै गएकाले पनि पिपिएमा प्रतिस्पर्धा गराउने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit