विद्युत अपडेट

  • प्राधिकरण : ८५०३ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३१६४ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४७७४ मे.वा.घन्टा
  • आयात : ६६३७ मे.वा.घन्टा
  • निर्यात : ०० मे.वा.घन्टा
  • ट्रिपिङ : ५५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३३६२८ मे.वा.घन्टा
  • प्राधिकरण : ०० मे.वा.
  • सहायक कम्पनी : ०० मे.वा.
  • निजी क्षेत्र : ०० मे.वा.
  • आयात : ०० मे.वा.
  • निर्यात : ०० मे.वा.
  • ट्रिपिङ : ०० मे.वा.
  • उच्च माग : १६२७ मे.वा.
२०८० जेठ १४, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर ऊर्जा दक्षता

काठमाडौं । तनहुँमा निर्माणाधीन देशकै ठूलो १४० मेगावाटको तनहुँ जलाशय जलविद्युत आयोजनाको मुख्य सुरुङ ५६० मिटर खनिएको छ । तनहुँ हाइड्रो पावर लिमिटेडले निर्माण गरिरहेको आयोजनाको १८६० मिटर लामो मुख्य सुरुङको ४२ प्रतिशत निर्माण सकिएको हो ।

जिल्लाको ऋषिङ गाउँपालिकाको झापुटारमा निर्माणाधीन आयोजनाको काम तिव्र गतिमा अघि बढेको आयोजनाको वातावरण शाखाका प्रतिनिधि सन्तोष तिवारीले बताए । उनका अनुसार  सुरुङ खन्न ४७५ जना जनशक्ति परिचालन गरिएको छ । सुरुङमा दिनरात गरी दुई सिफ्टमा काम भइरहेको छ ।

प्याकेज–२ अन्तर्गतकै विद्युतगृहको सिभिल संरचनाको काम पनि भइरहेको छ । लट–२ अन्तर्गत चिनियाँ कम्पनी सिनो हाइड्रोले सिभिलतर्फ मुख्य सुरुङ र विद्युतगृह निर्माण तथा हाइड्रो एवं इलेक्ट्रोमेकानिकल उपकरणको आपूर्ति, जडान र सञ्चालनको ठेक्का पाएको छ ।

लट–१ अन्तर्गत बाँध क्षेत्रबाट संरचना निर्माणको काम सुरु गर्न खोला फर्काउने सुरुङ निर्माणको काम भइरहेको आयोजनाका सहायक निर्देशक भोजराज पोख्रेलले जानकारी दिए । उक्त प्याकेजको ठेक्का सोङ दा–कालिका जेभीले पाएको छ ।

यस्तै, लट–३ अन्तर्गत प्रसारण लाइन निर्माणको काम करिब ६३ प्रतिशत सम्पन्न भइसकेको छ । तनहुँको दमौलीदेखि चितवनको भरतपुरसम्म कूल ३४.७ किलोमिटर लामो २२० केभी डबल सर्किट  प्रसारण लाइन निर्माणाधीन छ । जसमध्ये ५० प्रतिशत जग खनेर सकिएको आयोजनाले जनाएको छ । २५ प्रतिशत टावर ठड्याउने काम पनि पूरा भइसकेको छ । तार तान्ने काम भने करिब १ किलोमिटर क्षेत्रमा मात्रै पूरा भएको छ ।

यो आयोजना २०८३ साल जेठ (सन् २०२६,म) मा सम्पन्न गर्ने लक्ष्य छ । यो भन्दा अगाडि नै आयोजना सम्पन्न गर्ने तालिका तोकिए पनि कोभिड–१९ महामारीका कारण उत्पादन तालिका पछि सारिएको हो ।

हिउँदमा प्रतियुनिट १२.४० रुपैयाँ र बर्खामा प्रतियुनिट ६.०८ रुपैयाँमा विद्युत् किन्ने गरी तनहुँ हाइड्रो पावर लिमिटेड र नेपाल विद्युत् प्राधिकरणबीच विद्युत् खरिद बिक्री सम्झौता (पिपिए) भएको छ ।  आयोजनाको बर्खाको ऊर्जा ६५ प्रतिशत कायम गरिएको छ ।

टेक अर पे (लिउ या तिर) प्रावधानमा गरिएको पिपिएमा वार्षिक ३ प्रतिशतका दरले ८ पटक मूल्यवृद्धिको व्यवस्था गरिएको छ । आयोजनाकाे पहिलो र दोस्रो प्याकेजको निर्माण पूरा गर्न २० अर्ब ६४ करोड ५२ लाख रुपैयाँ लागत अनुमान गरिएको छ ।

कूल ५० करोड ५० लाख अमेरिकी डलर (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याजसहित) लागत अनुमान गरिएको आयोजनामा एसियाली विकास बैंक (एडिबी), जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) लगायत विकास साझेदार निकायको लगानी छ ।

आयोजनामा एडिबीको १५ करोड अमेरिकी डलर, जापान अन्तराष्ट्रिय सहयोग नियोग (जाइका) को १८.४० करोड डलर, युरोपियन इन्भेष्टमेन्ट बैंक (इआइबी) ले ८ करोड ५० लाख डलर र सरकार तथा प्राधिकरणले ८ करोड ६० लाख डलर लगानी गर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2023 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit