काठमाडौँ । रु रु जलविद्युत् परियोजना लिमिटेडले सुम्निमा हाइड्रो पावर कम्पनीमा बहुमत शेयर लगानी गर्ने भएको छ ।
कम्पनीको असोज ७ गते बसेको सञ्चालक समितिको बैठकले अन्य जलविद्युत् कम्पनीहरूको शेयरमा लगानी गर्ने निति रहे अनुरुप सुम्निमा हाइड्रो पावर कम्पनीमा ५१ प्रतिशत शेयर लगानी गर्ने निर्णय गरेको हो ।
कम्पनीले सुम्निमा हाइड्रो पावर कम्पनी मार्फत दुई वटा जलविद्युत आयोजना निर्माण गर्ने निर्णय गरेको हो । जस अनुसार कम्पनीले सुम्निमा हाइड्रो पावरद्वारा प्रर्वद्धित ४.९ मेगावाटको अपर पिखुवा खोला जलविद्युत आयोजना र ४.१ मेगावाटको पिखुवा पशुपति जलविद्युत् आयोजना निर्माण गर्ने भएको हो । कम्पनीका दुवै आयोजना भोजपुरमा रहेका छन् ।