विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१०९ मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १२, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । कास्कीको मादी खोला बेसिनमा ३२८.८ मेगावाटका जलविद्युत आयोजना छन् । २ जलविद्युत आयोजना सञ्चालनमा आउँदा ५ आयोजना निर्माणको विभिन्न चरणमा छन् ।

यो बेसिनमा अहिले ४४ मेगावाटको सुपर मादी आयोजना निर्माणाधीन छ । सुपर मादी हाइड्रो पावर कम्पनीले यो आयोजना निर्माण गरिरहेको हो । आयोजनाको ८० प्रतिशत बढी निर्माण पूरा भइसकेको छ ।

आयोजनाबाट २०७८ चैतदेखि विद्युत उत्पादन सुरु गर्ने लक्ष्य छ । निर्धारित तालिकाअनुसार नै निर्माण अघि बढेकाले अबको ११ महिनामा आयोजनाबाट विद्युत उत्पादन सुरु भई राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने कम्पनीका अध्यक्ष पुष्पज्योति ढुंगानाले बताए ।

आयोजना सम्पन्न भएपछि वार्षिक २४२.६५ गिगावाट घन्टा बिजुली उत्पादन हुन्छ । ७ अर्ब ४७ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा ८ बैंकले ५ अर्ब ७५ करोड २५ लाख रुपैयाँ लगानी गरेका छन् । 

यही बेसिनमा २४.८ मेगावाटको बज्र मादी आयोजना अघि बढेको छ । बज्र इनर्जी भेन्चर्स कम्पनीले यो आयोजनाको निर्माण अघि बढाएको हो । २०७६ जेठ ७ मा उत्पादन अनुमतिपत्र लिइसकेको कम्पनीले चालू आर्थिक वर्षभित्र आयोजनाको निर्माण सुरु गर्दैछ । अहिले आयोजना स्थलमा पहुँच सडक तथा अन्य आवश्यक पूर्वाधारहरू निर्माण हुँदैछन् ।

१ सय ५६ मेगावाटको मादी स्टोरेज, ४३ मेगावाटको माथिल्लो मादी–१ र २४ मेगावाटको गपुचे  मादी पनि मादी बेसिनका आयोजना हुन् । यी ३ वटै आयोजना अहिले अध्ययनको चरणमा छन् ।

यो बेसिनमा पहिचान भएको सबैभन्दा ठूलो मादी स्टोरेज आयोजना हाइड्रो इलेक्ट्रिसिटी इन्भेसमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीले अध्ययन गरिरहेको छ । चालू आर्थिक वर्षभित्र यो आयोजनाको अध्ययन पूरा गर्नुपर्ने तालिका छ ।

माथिल्लो मादी–१ आयोजना अन्नपूर्ण पावर कम्पनीले अध्ययन गरिरहेको छ । यो आयोजनाको अध्ययन चालू आर्थिक वर्षभित्र सम्पन्न गरिसक्नुपर्नेछ ।

गपुचे मादी इम्पावर हाइड्रो पावरले निर्माण गर्दैछ । कम्पनीले २०७५ असारदेखि यो आयोजनाको अध्ययन गरिरहेको छ । २०७८ असार मसान्तभित्र अध्ययन पूरा गर्नुपर्ने तालिका छ ।

यसअघि नै निर्माण सम्पन्न भएका ३७ मेगावाटका २ जलविद्युत आयोजना सञ्चालनमा छन् । २५ मेगावाटको माथिल्लो मादी र १२ मेगावाटको नामार्जुन मादीले विद्युत उत्पादन गरिरहेका छन् ।

माथिल्लो मादी चिनियाँ र नेपाली समूहको लगानीमा निर्माण भएको हो । मादी पावर कम्पनीले निर्माण गरेको आयोजनाले २०७३ पुस २५ गतेदेखि विद्युत उत्पादन सुरु गरेको हो ।

नामार्जुत मादी भने चालू आर्थिक वर्षमा नै प्रसारण प्रणालीमा जोडिएको हो । हिमालयन हाइड्रोपावर कम्पनीले निर्माण आयोजनाले २०७७ असोज ११ गतेदेखि विद्युत उत्पादन सुरु गरेको हो ।
 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit