विद्युत अपडेट

  • प्राधिकरण : ६४१२ मे.वा.घन्टा
  • सहायक कम्पनी : ६७७९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २०४९७ मे.वा.घन्टा
  • आयात : ८३८० मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ४२६६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२४६ मे.वा.
२०८२ माघ ४, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरण जनताप्रति उत्तरदायी बन्नुपर्ने बताताएका छन् । नेपाल विद्युत् प्राधिकरणको ३९ औँ वार्षिकोत्सव समारोहलाई शनिबार सम्बोधन गर्दै उनले सरकारको अङ्ग विद्युत् प्राधिकरण भएकाले जनताप्रति उत्तरदायी बन्नुपर्ने बताएका हुन् ।  

उनले मुलुकको ऊर्जा क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरोकार भएका निकाय एकआपसमा मिलेर काम गर्ने विश्वास दिलाए । मन्त्री खड्काले ‘ट्रङ्क’ र ‘डेडिकेटेड’लाइनमार्फत उद्योगी तथा व्यवसायीले प्रयोग गरेको बिजुलीबापतको रकम तिर्नैपर्ने बताए ।   

‘धानमन्त्री र सरकारले व्यवसायीले विजुली प्रयोग गरेवापतको पैसा तिर्नुपर्दैन भनेको छैन, यहाँ गलत प्रचार गरिएको छ, विद्युत्को पैसा नतिर्ने कम्पनीको सम्पत्ती जफत गर्न सकिन्छ, एउटा उद्योगको लाइन काट्नु भनेको मान्छेको घाँटी काट्नु सरह हो, लाईन काटिँदा त्यहाँभित्रका श्रमिक र उत्पादनलाई ध्यान दिनुपर्छ,’ उनले भने ।  

विद्युत् खपत बढाउन आवश्यक पूर्वाधार जरुरी रहेको भन्दै मन्त्री खड्काले त्यसका लागि आवश्यक काम गर्न प्राधिकरणलाई निर्देशन दिए । उत्पादन, प्रसारण र वितरणका बीचमा आवश्यक तालमेल गरेर अगाडि बढेमा उल्लेख्य सफलता हासिल हुने उनले बताए । 

प्राधिकरण सञ्चालक समितिका अध्यक्षसमेत ऊर्जामन्त्री खड्काले प्रसारण लाइनको अभावमा रसुवागढी जलविद्युत् आयोजनाको बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोड्न समस्या भएको तथा मध्यभोटेकोशीको अवस्था पनि उस्तै रहेको बताउँदै तत्काल प्रसारण लाइन निर्माण सम्पन्न गर्नुपर्ने आवश्यता रहेकामा जोड दिए । 

उनले १० वर्षमा १० हजार मेघावाट विद्युत् छिमेकी मुलुक भारतमा निर्यात गर्न सरकारले सम्झौता गरिसकेकाले उक्त लक्ष्य हासिल गर्नेगरी काम गर्नुपर्ने बताए । ऊर्जा क्षेत्रको विकासका लागि बाधक रहेका ऐन, कानून र नियमावलीलाई मन्त्रालयले समाधान गर्ने भएकाले तीव्र गतिमा काम गर्न कर्मचारीलाई मन्त्री खड्काले निर्देशन दिए । 

उनले कृषि र पर्यटनसँगै ऊर्जा क्षेत्र पनि नेपालको आर्थिक क्षेत्रको मेरुदण्ड भएकाले यसलाई सरकारले विशेष प्राथमिकतामा राखेको उल्लेख गरे । प्रतिव्यक्ति ऊर्जा खपत बढाउने गरी प्राधिकरणले योजना बनाउनुपर्ने उनको भनाइ थियो । 

उनले  पछिल्लो समय विद्युतीय सवारी साधनको प्रयोगसमेत बढेकाले उक्त सवारी साधनका लागि चाहिने चार्जिङ स्टेशन सबै ठाउँमा राख्नका लागि नीजि क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्नुपर्ने बताए । आवश्यकतालाई हेरेर काम गर्नुपर्ने उनको भनाइ थियो । 

उनले ऊर्जा क्षेत्रको विकासका लागि सहयोग गर्ने सम्पूर्ण विदेशी संघ संस्थालाई समेत धन्यवाद दिँदै आगामी दिनमा पनि सहयोगको अपेक्षा गरे । उनले वर्तमान सरकार दुई ठूला राजनीतिक दल मिलेर बनेकाले जनताको समस्यामा सरकारले काम गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले कुरा भन्दापनि काम गरेर देखाउन प्राधिकरणलाई निर्देशन दिए ।  

प्राधिकरणको ३९ औँ स्थापना दिवसका अवसरमा प्राधिकरण सञ्चालक समितिका अध्यक्षसमेत रहेका  खड्काले कर्मचारीको घरभाडावापत मासिक रु दुई हजार उपलब्ध गराउने, ज्यालादारीमा कार्यरत कर्मचारीलाई दशैँ भत्ता उपलब्ध गराउने, पर्यटनवापतको खर्च दिने घोषणा गरे । 

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३