विद्युत अपडेट

  • प्राधिकरण : ७१८९ मे.वा.घन्टा
  • सहायक कम्पनी : ८२९० मे.वा.घन्टा
  • निजी क्षेत्र : २५८८२ मे.वा.घन्टा
  • आयात : ६६९ मे.वा.घन्टा
  • निर्यात : ३३०५ मे.वा.घन्टा
  • ट्रिपिङ : १७० मे.वा.घन्टा
  • ऊर्जा माग : ४२२०० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२८० मे.वा.
२०८२ पुस १४, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा
विद्युत विकासमा अपि पावर कम्पनीको फड्को

काठमाडौं । जलविद्युत तथा सौर्य ऊर्जा विकासमा एकपछि अर्को सफलता हासिल गर्दै आएको अपि पावर कम्पनी लिमिटेड अब हरित हाइड्रोजन तथा एमोनिया उत्पादनतर्फ पनि अग्रसर भएको छ । यसका लागि कम्पनीले आज (साउन १ गते) भारतको ग्रिन्जो इनर्जी प्रालिसँग समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गर्न लागेको छ ।

सुरमा देशका विभिन्न ठाउँमा ५० मेगावाट बराबरको जलविद्युत खपत हुने गरी हरित हाइड्रोजन तथा एमोनिया प्लान्ट स्थापना गरिने कम्पनीका प्रबन्ध निर्देशक सञ्जिव न्यौपानेले बताए । उनका अनुसार यसअघि निर्माण भई सञ्चालनमा आइसकेका जलविद्युतगृहबाट निस्कने पानी उपयोग गरी हाइड्रोजन प्लान्ट स्थापना हुनेछ ।

‘अहिले दार्चुलामा निर्मित ८.५ मेगावाटको नौगड गाड जलविद्युत्गृहको टेलरेसबाट निस्कने पानी उपयोग गरी १ मेगावाट विद्युत खपत गर्ने प्लान्ट स्थापना हुनेछ,’ उनले भने, ‘सन् २०२५ सम्म ५० मेगावाटसम्म विद्युत खपत गर्ने गरी प्लान्ट विकास गर्ने लक्ष्य छ ।’ लक्षित क्षमता बराबर विद्युत खपत गर्ने प्लान्ट राख्न १ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ ।

उक्त क्षमताको प्लान्ट राख्दा वार्षिक ४००० मेट्रिक टन हरित हाइड्रोजन उत्पादन गर्न सकिने न्यौपानेको भनाइ छ । अपि पावरले अहिलेसम्म १६.५ मेगावाट जलविद्युत तथा ६ मेगावाट सौर्य ऊर्जा उत्पादन गरिसकेको छ । कम्पनीले दार्चुलामै निर्माण गरिरहेको ४० मेगावाटको माथिल्लो चमेलिया काम करिब ७० प्रतिशत पूरा भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३