विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १३, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा
५ बुँदे सहमित गर्दै नेपाल–बंगलादेश ऊर्जा सचिवस्तरीय बैठक सम्पन्न

काठमाडौं । बंगलादेशले भारतीय कम्पनीहरू जिएमआर कर्णाली जलविद्युत कम्पनी लिमिटेड र एनटिपिसी विद्युत व्यापार निगम (एनभिभिएन) लिमिटेडसँग आगामी सेप्टेम्बर महिनाभित्र ५०० मेगावाट बराबरको विद्युत खरिद बिक्री सम्झौता (पिपिए) गर्न लागेको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार नेपाल र बंगलादेशबीच बिहीबार (भदौ ९ गते) सम्पन्न सचिवस्तरीय संयुक्त सञ्चालन समिति (जेएससी) को बैठकमा बंगलादेशी पक्षले उक्त प्रतिबद्धता जनाएको हो । आगामी महिना हुने सम्झौता नेपाल र बंगलादेशबीच ऊर्जा व्यापारका हिसाबले निकै महत्त्वपूर्ण हुने बताइएको छ । बंगलादेशले नेपालबाट विद्युत खरिद गर्न लामो समयदेखि इच्छा देखाउँदै आएको छ ।

बिहीबार भएको बैठकमा दुई देशबीच ऊर्जा सहकार्यका लागि ५ बुँदे सहमति पनि भएको छ । दुई देशको छलफलले बंगलादेशको भेरामारास्थित हाइ भोल्टेज डाइरेक्ट करेन्ट संरचनाको बाँकी रहेको क्षमता उपयोग गरी बंगलादेशले प्रारम्भिक चरणमा ४०–५० मेगावाटसम्म विद्युत निर्यात गर्न सकिने देखाएको छ । तदनुरूप दुवै देशका ऊर्जा सम्बन्धित नेपाल विद्युत प्राधिकरण र बंगलादेश पावर डेभलपमेन्ट बोर्डले एनभिभिएनलाई त्रिपक्षीय विद्युत खरिद सम्झौताका लागि अनुरोध गर्ने भएको छ ।

यसैगरी, नेपालले ६८३ मेगावाटको सुनकोसी–३ जलविद्युत आयोजनाको विकासमा सहकार्य गर्न बंगलादेशलाई उक्त आयोजनाको वातावरणीय अध्ययन प्रतिवेदनको मस्यौदा उपलब्ध गराउने निर्णय भएको छ । साथै, बंगलादेशले प्रतिवेदनका सम्बन्धमा छिट्टै आफ्नो धारणा बनाई आयोजना विकासका लागि संयुक्त उपक्रम गठन गर्ने प्रक्रिया अघि बढाइने छ ।

नेपाल–बंगलादेश डेडिकेटेड विद्युत प्रसारण लाइन निर्माण गर्न नेपाल बंगलादेश र भारतबीच त्रिपक्षीय समझदारीका लागि दुवै पक्षले पहल गर्ने, सौर्य गार्हस्थ प्रणाली लगायत नवीकरणीय ऊर्जा क्षेत्रमा सहकार्यका लागि सम्झौता मस्यौदा अघि बढाउने तथा ऊर्जा सम्बन्धित क्षेत्रमा तालिम र द्विपक्षीय क्षमता अभिवृद्धिका लागि भावी कार्यदिशा अघि बढाउने जस्ता कार्यहरूका लागि पनि सहमति गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit