विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ पुस ७, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा
अपि पावर र भारतको ग्रिनजो इनर्जीबीच समझदारी

काठमाडौं । सफलतापूर्वक एकपछि अर्को विद्युत आयोजना विकास गर्दै आएको अपि पावर कम्पनी लिमिटेडले हरित हाइड्रोजन विकासमा १० अर्ब रुपैयाँ बराबरको लगानी गर्ने तयारी गरेको छ । अहिलेसम्म सरकारका कुनै पनि निकायले गर्न नसकेको आँट एउटा निजी कम्पनीले गर्नु आफैंमा उत्साहप्रद र जलविद्युत विकासको क्षेत्रमा निकै सकारात्मक कदमको रूपमा हेरिएको छ ।

यसै सन्दर्भमा जलविद्युतलाई आधार मानी हरित हाइड्रोजन र एमोनिया उत्पादन गर्ने सम्बन्धमा आज (साउन १ गते) अपि पावर र भारतको ग्रिनजो इनर्जी प्रालिबीच एक समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ । उक्त एमओयूमा अपि पावरका अध्यक्ष सतिस न्यौपाने र ग्रिनजोकी श्रेया अग्रवालले हस्ताक्षर गरेका छन् ।

हरित हाइड्रोजन उत्पादनमार्फत ऊर्जा भण्डारण गर्न अपि पावरले ग्रिनजोलाई परामर्शदाता र इपिसी ठेकेदारको रूपमा नियुक्त गरेको छ । सुरुमा अपिले दार्चुलामा निर्माण गरेको ८.५ मेगावाटको नौगड गाड जलविद्युत आयोजनालाई आधार मानी १ मेगावाट विद्युत भण्डारण गर्न सक्ने हाइड्रोजन उत्पादन गरिने भएको छ ।

यो कामलाई निरन्तरता दिँदै सन् २०२५ सम्म ५० मेगावाट बराबरको ऊर्जा भण्डारण गर्ने हाइड्रोजन प्लान्टहरू विकास गर्ने लक्ष्य राखिएको छ; यसका लागि १० अर्ब रुपैयाँ लगानी लाग्ने अनुमान छ । ५० मेगावाट क्षमता बराबरको हाइड्रोजन परियोजना विकास गर्दा ४००० मेट्रिक टन हाइड्रोजन उत्पादन हुने कम्पनीले जानकारी दिएको छ ।

सरकारले हरित ऊर्जामा अध्ययन अनुसन्धान सुरु गरेको हुँदा यसमा निजी क्षेत्रको लगानी आवश्यक पर्ने भएकाले यसतर्फ अगाडि बढेको अपि पावरका संस्थापक गुरुप्रसाद न्यौपानेले बताए । ‘विगतमा सरकारले ल्याएका नीति नियम प्रभावकारी रूपमा कार्यान्वयन भएका छैनन्, यसमा त्यस्तो नहोस्,’ उनले भने, ‘यसका लागि हरित ऊर्जा विकासबारे व्यापक प्रचारप्रसार जरुरी छ ।’

सरकार जलविद्युत र सोलारमा मात्र सीमित हुन नहुने भन्दै अपि पावर आफ्ना जलविद्युत आयोजना निर्माण भइरहेका क्षेत्रमा वायु ऊर्जा उत्पादनतर्फ समेत अग्रसर भएको उनको भनाइ थियो । बर्खामा बढी हुने विद्युत हरित ऊर्जा उत्पादनमार्फत भण्डार गर्न सके भारतमा बिक्री गर्न नसके पनि खेर फाल्नु नपर्ने उनको धारणा थियो ।
यसैगरी, कार्यक्रममा एनएमबी बैंकका कर्जा प्रमुख दिनेश दुलालले ग्रिनजो र अपि पावरको सहकार्यले विद्युत विकासको क्षेत्रमा नयाँ यात्राको थालनी भएको बताए । ‘विश्वमा ऊर्जा भण्डारणका लागि यो अति नै प्रभावकारी प्रविधि मानिएको छ, यो समझदारीले एउटा सम्भावनाको ढोका खोलेको छ,’ उनले भने, ‘बैंकहरूले पनि अब यसतर्फ लगानी गर्दै जानुपर्ने देखिन्छ ।’

ऊर्जा विकासका विविध आयाममा काम गर्ने क्रममा हरित हाइड्रोजन विकासमा समेत अपि पावरले पहिलो सुरुवात गर्नु सुखद पक्ष रहेको कम्पनीका कार्यकारी निर्देशक सञ्जिव न्यौपानेले बताए । ‘ऊर्जा भण्डारण प्रविधिमा निजी क्षेत्रमा हामीले पहिलो सुरुवात गर्नु र सुदूरपश्चिमस्थित नौगड गाडबाटै त्यसको थालनी हुनुले हामीमा उत्साह जगाएको छ,’ उनले भने ।

नेपाल पर्याप्त जलविद्युत विकासको सम्भावना रहेको हुँदा हरित हाइड्रोजन उत्पादनमा समेत उसले नेतृत्वदायी भूमिका खेल्न सक्ने ग्रिनजोकी श्रेया अग्रवालले बताइन् । ‘काम गर्ने सुरुवात हामीले अपि पावरसँग सहकार्य गरेर गरेका छौं, बढीमा एक वर्षभित्र एउटा प्लान्ट विकास गर्न सकिने हुँदा लक्षित समयभित्र हामीले तोकिएको काम गर्न सक्छौं,’ उनले भनिन् ।

यसैगरी, गिनजोका कार्यकारी निर्देशक सन्दिप अग्रवालले हरित हाइड्रोजन विकासमा भारत धेरै अगाडि बढिसकेको हुँदा यसमा दुवै देशबीच सहकार्य गर्न जरुरी रहेको बताए । ‘हारित हाइड्रोजन उत्पादनलाई ऊर्जा भण्डारणको दृष्टिकोणले मात्र हेरिनु हुँदैन,’ उनले भने, ‘यसलाई जलवायु स्वच्छ ऊर्जा विकास, जलवायु परिवर्तनको असर न्यूनिकरणका हिसाबले पनि सोचिनुपर्छ ।’

कार्यक्रममा कुशल प्रोजेक्ट नेपालका प्रमुख कार्यकारी अधिकृत विजेन्द्र बस्नेतले नयाँ खालको ऊर्जा विकासको सुरुवात हुन लागेकाले यसमा हरेक निकायको सहयोग आवश्यक पर्ने बताए । ‘हाइड्रोजन ऊर्जा भण्डारण, स्टिल तथा सिमेन्ट उद्योगमा समेत प्रयोगमा ल्याउन सकिन्छ,’ उनले भने, ‘मुख्यतः यसबाट हामीले ऊर्जा आयातमा विदेशिएको अर्बौं रुपैयाँ रोक्न सक्छौं ।’

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३