विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २१, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल टेलिकम पाल्पाले ट्रंक लाइन प्रयोग गरेवापत साढे १२ लाख रुपैयाँ विद्युत् महसुल बक्यौता बुझाएको छ । टेलिकमले नेपाल विद्युत् प्राधिकरण, पाल्पा वितरण केन्द्रलाई बक्यौता महसुल बझाएको हो ।

केन्द्रले बारम्बार ताकेता गरेपछि बाँकी बक्यौता बुझाएको केन्द्र प्रमुख दिलिम मरासिनीले बताए । ‘टेलिकमले १२ लाख ३३ हजार ५०९ रुपैयाँ बक्यौता बुझाएको छ,’ उनले ऊर्जा खबरसँग भने, ‘टेलिकमले ट्रंक लाइन प्रयोग गरेवापतको सबै बक्यौता रकम चुक्ता गरेकाे छ ।’

केन्द्र अन्तर्गत टेलिकमसँगै अन्य तीन संस्थाले पनि ट्रंक लाइनबाट बिजुली प्रयोग गरिरहेका छन् । यी सबै कम्पनीले भने बक्यौता बुझाइसकेको पनि उनले बताए । उनले केन्द्र अन्तर्गतका अन्य साधारण ग्राहकहरूले पनि नियमित महसुल बुझाइरहेको जानकारी दिए ।

८०० काठको जिर्ण पोल

पाल्पा वितरण केन्द्रले ८०० काठकाे जिर्ण पोल फेर्न तयारी गरिरहेको छ । केन्द्र अन्तर्गत रहेको जिर्ण पोल आगामी आर्थिक वर्ष (आव) भित्र दुई चरणमा प्रतिस्थापन गर्ने योजना रहेको मरासिनीले बताए ।

पहिलो चरणमा वा चालु आवभित्र अति जिर्ण पोल बदली गर्ने र दोस्रो चरण  वा आगामी आवभित्र जिर्ण पोल हटाई स्टिलको पोल राख्ने केन्द्रको लक्ष्य छ । यसैगरी, केन्द्रले चालु आवभित्र पाल्पालाई पूर्ण विद्युतिकरण गर्ने लक्ष्यका साथ काम गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit