विद्युत अपडेट

  • प्राधिकरण : ८६३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : ५८७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १८६९४ मे.वा.घन्टा
  • आयात : ३३०२ मे.वा.घन्टा
  • निर्यात : १४८७ मे.वा.घन्टा
  • ट्रिपिङ : १२१० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७१९ मे.वा.घन्टा
  • प्राधिकरण : 0 मे.वा.
  • सहायक कम्पनी : 0 मे.वा.
  • निजी क्षेत्र : 0 मे.वा.
  • आयात : 0 मे.वा.
  • निर्यात : 0 मे.वा.
  • ट्रिपिङ : 0 मे.वा.
  • उच्च माग : १९०१ मे.वा.
२०८२ जेठ ६, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । डोल्पामा निर्माण प्रस्ताव गरिएको १०६ मेगावाटको जगदुल्ला जलविद्युत् आयोजनाको सिभिल र हाइड्रोमेकानिकल निर्माण कार्यका लागि इन्जिनियरिङ, प्रोक्योरमेन्ट र कन्स्ट्रक्सन–१ (इपिसी) को ठेक्का चिनियाँ  जियाङ्सी कन्स्ट्रक्सन इन्जिनियरिङ (ग्रुप) कर्पोरेसन र नेपाली एएनके कन्स्ट्रक्सनको संयुक्त उपक्रम कम्पनी (जेभी) ले पाउने भएको छ ।

आयोजनाको उक्त ठेक्का लागि आह्वान गरिएको बोलपत्रमा सबै भन्दै कम लागत मूल्य प्रस्ताव गरेको तथा प्राविधिक मूल्याङ्नमा पनि उत्कृष्ट ठहरिएको उक्त जेभी कम्पनी ठेक्काका लागि छानिएको हो ।

उक्त निर्माण कार्यका लागि र जियाङ्सी र एएनके जेभीले १३ अर्ब ७३ करोड रुपैयाँ रकम कबोल गरेका थिए । आयोजना प्रवर्द्धक कम्पनी जगदुल्ला लिमिटेडले गत माघ ६ गते दोस्रो पटक आयोजनाको ठेक्का प्रक्रिया आह्वान गरेको थियो ।

आयोजनाको ठेक्का प्रक्रियाका लागि दोस्रो पटक आह्वान गरिएको ठेक्का प्रक्रियाविरुद्ध परेको रिटमा मंगलबार उच्च अदालत पाटनले कम्पनीका नाममा कारण देखाऊ आदेश जारी गरेको थियो ।

मूल्यांकनका क्रममा आफ्नो प्राविधिक प्रस्तावलाई सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ६१, ६२ विपरीत भएको अयोग्य ठहर गरेको भन्दै ठेक्का प्रक्रियामा भाग लिएको अर्को कम्पनी आवेदक सिउ इन्फ्रास्ट्रक्चर र हाई हिमालय हाइड्रो कन्स्ट्रक्सन जेभीले जगदुल्ला हाइड्रोपावर कम्पनी र कम्पनीको बोलपत्र मूल्यांकन समितिलाई विपक्षी बनाई सोमबार रिट दायर गरेको थियो । उक्त रिटमाथि सुनुवाइ गर्दै उच्च अदालत पाटनले मंगलबार कारण देखाउ आदेश गरेको हो ।

कुल २३ अर्ब रुपैयाँ लागत अनुमान गरिएको आयोजना ५ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य प्रवर्द्धक कम्पनीले राखेको छ । आयोजनामा १६ अर्ब ऋण र ७ अर्ब स्वपुँजीबाट लगानी जुटाउने लक्ष्य राखिएको छ । आयोजनामा नेपाल इन्फ्रास्ट्रक्चर बैंकले ४ अर्ब ७० करोड, नबिल बैंकले ४ अर्ब, एचआइडिसिएलले ४ अर्ब, लक्ष्मी सनराइज बैंकले २ अर्ब र एभरेष्ट बैंकले १ अर्ब ५० करोड रुपैयाँ लगानी गर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।

आयोजनामा विद्युत् उत्पादन कम्पनीको २६ प्रतिशत एचआइडिसिएलले १० प्रतिशत, नेपाल विद्युत् प्राधिकरणले  ९ प्रतिशत, कर्णाली प्रदेश सरकार, जगदुल्ला र मुड्केचुला गाउँपालिकाको समान १/१ प्रतिशत सेयर स्वामित्व रहने छ । ३३ प्रतिशत सेयर स्थानीय नागरिकले, १० प्रतिशत आयोजनाबाट प्रभावित डोल्पावासीले, ३/३ प्रतिशत प्रसारण लाइन प्रभावित बासिन्दा तथा आयोजनाका कर्मचारीले पाउने व्यवस्था छ ।

७८९ मिटर ग्रसहेड रहेको आयोजनामा २३ मिटर अग्लो ९३ मिटर लामो बाँध बनाएर पानी फर्काइने छ । जगदुल्ला गाउँपालिका–१ को हुरिकोटमा आयोजनाको बाँध रहने छ । आयोजनाबाट ६२३ गिगावाट–घण्टा ऊर्जा उत्पादन हुने छ । 

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३