विद्युत अपडेट

  • प्राधिकरण : ७७५५ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३५५६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२७२१ मे.वा.घन्टा
  • आयात : १०६१९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९३२ मे.वा.
२०८१ ब‌ैशाख २६, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने तय भएको आठौं संस्करणको ‘ऊर्जा सम्मेलन, २०२३’ मा सहभागि हुन ३०० भन्दा बढी विदेशी पाहुन नेपाल आइसकेका छन् । मंगलबार र बुधबार (बैशाख ५ र ६ गते) काठमाडौंमा हुन लागेको सम्मेलनमा भारत, भुटान, बंगलादेश लगायत ३० भन्दा बढी देशका प्रतिनिधिको सहभागिता रहने छ ।

भुटानका आर्थिक मामिला मन्त्री लोकनाथ शर्मा सहितको टोली तथा भारतबाट १०० भन्दा बढी प्रतिनिधि सम्मेलनमा सहभागी हुन काठमाडौं आइसकेको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) का उपाध्यक्ष तथा सम्मेलनका संयोजक आशिष गर्गले जानकारी दिए । उनका अनुसार भारतका विद्युत व्यापारकर्ता पिटिसी, मनिकरण र टाटा कम्पनीहरूको आगमन भइसकेको छ ।

यसैगरी, भारतमा विद्युत उत्पादनमा संलग्न जिएमआर, एनएचपिसी, सतलज जलविद्युत निगम, रिन्यू पावर, अडानी ग्रुप तथा जिन्दाल र वेदान्त जस्ता औद्योगिक घरानाका प्रतिनिधिको समेत आगमन भइसकेको गर्गले जानकारी दिए । ‘कुनै समय नेपालको जलविद्युतमा बाक्लो उपस्थिति जनाएका भारतीय कम्पनीहरू पछिल्लो दशकमा सेलाएका थिए,’ उनले ऊर्जा खबरसँग भने, ‘अब पुनः नेपालमा भारतीय कम्पनीहरूको उपस्थिति बढ्ने भएको छ ।’

दक्षिण एसियाको भूराजनीति र ऊर्जा सुरक्षा हेर्ने जवाहरलाल नेहरू विश्वविद्यालयका प्राध्यापक महेन्द्र पी लामा, भारतका पूर्व विद्युत सचिव आरभी शाही, ऊर्जाविद् डा. सञ्जय भारद्वाज, बंगलादेशका तारिख अमिन लगायत विज्ञहरूका बीच क्षेत्रीय विद्युत व्यापारका विषयमा गहन छलफल हुने गर्गले बताए । उनका अनुसार नेपालका जलविद्युत कम्पनीका अध्यक्षहरू सम्मिलित ‘पावर लिडर फोरम’ समेत सञ्चालन हुनेछ । यस्तै, दक्षिण एसियाको अनुभव प्रस्तुत गर्दै सौर्य विद्युत, वायु विद्युत तथा हरित हाइड्रोजन विकासका सम्बन्धमा समेत बृहत्रूपमा छलफल हुने गर्गको भनाइ छ । सम्मेलनकै क्रममा नेपालको विद्युत खरिद गर्ने भारतीय कम्पनी र निजी जलविद्युत कम्पनीहरूबीच विद्युत खरिद सम्झौता (पिपिए) गर्ने तयारी छ ।

‘साउथ एसियन फोरम अन इनर्जी इन्भेष्टमेन्ट’ प्रतिवेदनसमेत सार्वजनिक हुने उद्घाटनको दिन अर्थात् पहिलो र दोस्रो दिन गरी १६ सत्रमा छलफल हुनेछ । छलफलमा नेपालको विद्युतको बजार, दक्षिण एसियाली क्षेत्रको जलविद्युतमा लगानीको अवसर र चुनौती, जलवायु सुधार, अन्तरदेशीय विद्युत व्यापार, नीति जस्ता विषय प्राथमिकतामा परेका छन् ।

इपानका अनुसार सम्मेलनमा लगानी बोर्ड र निजी क्षेत्रका तर्फबाट ५ हजार मेगावाटका जलविद्युत परियोजना प्रदर्शनी (सो केस) मा राखिनेछ । यी आयोजनाका विषयमा स्वदेशी तथा विदेशी लगानीकर्ता चाहेको सूचना तथा जानकारी प्राप्त गर्न सक्ने जनाइएको छ ।


सम्मेलनमा अन्तर्राष्ट्रिय प्रतिनिधिहरू सहित नेपालबाट सरकारका उच्च पदस्थ पदाधिकारी, विद्युत व्यापार कम्पनीका प्रतिनिधि, ऊर्जा उत्पादकहरू, लगानी गर्ने बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि, परामर्शदाता कम्पनीका प्रतिनिधि, प्रसारण तथा वितरण कम्पनीका प्रतिनिधिलगायत गरी ८ सय जनाभन्दा बढीको सहभागिता रहने छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय सम्मेलनको संरक्षक रहने इपानले जनाएको छ ।

यस्तै, नेपालस्थित भारतीय दूतावास सम्मेलनको ‘कन्ट्री पार्टनर’ तथा विश्व बैंक, आइएफसी, एफएमओ, युएसआइडी लगायत विकास साझेदार निकाय प्रायोजकको रूपमा रहेका छन् । इपानले सन् २००६ देखि यस्तो सम्मेलन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit