विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १३, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडाैं । नेपाल विद्युत प्राधिकरण जुम्ला वितरण केन्द्रले विद्युतको उच्च माग व्यवस्थापन गर्न केही घन्टा आपूर्ति बन्द गर्नुपरेको स्पष्ट पारेको छ । वितरण केन्द्रले वास्तविक जानकारी नै नलिई सामाजिक सञ्चार तथा सञ्चार माध्यममा जुम्लामा लोडसेडिङ सुरु भएको भनी गलत प्रचार गरेको भन्दै बक्तव्य निकालेर यसको खण्डन गरेको हो ।

जिल्लामा राष्ट्रिय प्रसारण प्रणालीको विद्युत सेवा पुगिनसकेकाले आपूर्ति अनियमित हुनुलाई लोडसेडिङ भनेर प्रचार गरिएको केन्द्र प्रमुख गौरव पाण्डेले बताए । उनले जिल्लामा २०३९ सालमा निर्माण भएको २२० किलोवाटको लघुजलविद्युत आयोजनाको विद्युत वितरण गरिएकाले ग्राहकको संख्या थपिँदै गएपछि माग व्यवस्थापन गर्न समस्या भएको बताए ।

‘अहिले ३ हजार ग्राहकले विद्युत सेवा लिइरहेका छन्,’उनले भने, ‘हिउँद लागेपछि खोलामा पानीको सतह कम हुँदा आपूर्ति व्यवस्थापन गर्न समस्या भएको छ ।’ उनले बिहान र साँझको माग व्यवस्थापन गर्न विद्युत उत्पादन घटेपछि २ समूहमा आलो पालो गरेर आपूर्ति व्यवस्थापन मिलाइएको पनि  बताए ।

टुँडीखेल, बाहिनी, महतगाउँ, मिचा, गैरीगाउँ र हस्पिटल क्षेत्रमा दिउँसो साढे १२ देखि राति साढे ९ बजेसम्म आपूर्ति व्यवस्था मिलाइएको छ । ठूलो विजयनगर, सानो विजयनगर, बोहोरागाउँ र बसपार्क क्षेत्रमा राति १२ बजेदेखि दिउँसो साढे १२ बजेसम्म र राति साढे ९ बजेदेखि राति १२ बजेसम्म विद्युत आपूर्ति व्यवस्थापन मिलाइएको पाण्डेले बताए ।

यो बाहेक खोलामा पानीको सतह नबढ्दासम्मका लागि हरेक दिन बिहान २ बजेदेखि ५ बजेसम्म र ८ बजेदेखि १० बजेसम्म तथा हिउँसो ४ बजेदेखि साँझ ६ बजेसम्म पानी जम्मा गर्न विद्युतगृह बन्द हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit