विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २०, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकामा केन्द्रिय प्रसारण लाइनबाट विद्युत वितरण गरिएको छ । गाउँपालिकाको वडा नम्बर ११ स्थित कालढुङ्गामा केन्द्रीय प्रसारण लाइन जडान गरी विद्युत आपूर्ति गरिएको हो ।

गाउँमा केन्द्रिय लाइनको विद्युत पुगेपछि १३५ परिवारले २४सै घन्टा बिजुली बाल्न पाएका छन् । गाउँपालिकाका अध्यक्ष दिनेश लामाले एमसिबी बक्समा ‘स्वीच अन’ गरेर उद्घाटन गरे । लामाका अनुसार उक्त वडामा केही समयअघि ३८ परिवारकामा केन्द्रिय विद्युत् लाइन जोडिसकिएको थियो । ‘१७३ घरमा केन्द्रिय प्रसारण लाइन जडान भइसक्यो, अब वडामा बाँकी आठ घरमा छिट्टै पुर्याउनेछौ’, लामाले भने ।

यसअघि सो वडाका बासिन्दाले लघुविद्युतबाट बिजुली बाल्दै आएका थिए । केन्द्रीय प्रसारण लाइन जडान भएपछि स्थानीय निकै खुसी भएका छन् । राष्ट्रिय प्रसारण लाइन जडान हुँदा दिनरातै विद्युत् आउने भएपछि कुटानी पिसनानीका लागि अन्यत्र जानु नपर्ने तथा उद्यमसमेतका लागि निकै उपयोगी भएको स्थानीय रामबहादुर लामाले बताए ।

पाँच करोडमा ठेक्का लगाइए पनि हाल शाखा लाइन विस्तारका लागि तीन करोड रुपैयाँ खर्च भएको गाउँपालिकाले जनाएको छ । उद्घाटन कार्यक्रममा नेपाली कांग्रेस रोशी गाउँ कार्यसमितिका सभापति दुधराज लामा र वडाध्यक्ष लालकुमार पाख्रिनले वडामा बाँकी परिवारलाई केन्द्रीय प्रसारण लाइन विस्तारका लागि निरन्तर काम भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit