विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख १९, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अन्तर्गत निर्माण हुनुपर्ने ३१५ किलोमिटर प्रसारण लाइनमध्ये १८ किलोमिटरको काम अगाडि बढाउने निर्णय भएको छ । एमसिए–नेपाल सञ्चालक समितिको फागुन २१ गते बसेको ४०औँ बैठकले कुल प्रसारण लाइनमध्ये १८ किलोमिटर बुटवल–गोरखपुर खण्ड छुट्ट्याएर काम अगाडि बढाउने निर्णय गरेको हो ।

यस सीमापार खण्ड सम्बन्धी कामलाई तीव्रता दिँदा नेपाल र भारतबीचको सीमापार ऊर्जा व्यापार सम्झौता अन्तर्गतको दायित्व निर्वाह गर्न सहयोग पुग्ने सञ्चालक समितिको ठहर छ । सञ्चालक समितिको बैठकपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्रवक्ता समेत रहेका सहसचिव नवीनराज सिंह सरकार र नेपाल विद्युत् प्राधिकरणका लागि यस खण्डको गम्भीरतापूर्ण महत्वलाई दृष्टिगत गर्दै काम अगाडि बढाउने निर्णय भएको बताए ।

यस खण्डलाई बृहत् प्रसारण लाइन सञ्जालबाट छुट्ट्याउँदा खरिद प्रक्रिया छिटो सम्पन्न गर्न सकिने र भारततर्फ निर्माणाधीन लाइनसँग जोड्न सकिने पनि उनले बताए । यो खण्डको काम २०८३ साल जेठभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

उक्त सीमापार प्रसारण लाइन एमसीसी अन्तर्गतको परियोजनाको महत्त्वपूर्ण अंश मानिएको छ । जसले, नेपालको आवश्यकता पूरा गर्न सीमापार विद्युत् व्यापारलाई सहजीकरण गर्नेछ । न्यू बुटवल–गोरखपुर सीमापार प्रसारण लाइन निर्माण कार्यको व्यवस्थापन गर्ने वित्तीय तथा स्वामित्व संरचना सम्बन्धमा नेपाल तथा भारत सरकारबीच २०७६ साल असोजमा सहमति भएको थियो ।

बाँकी २९७ किलोमिटर प्रसारण लाइनका सन्दर्भमा, निर्धारित समयावधि भित्रै निर्माण सम्पन्न गर्न निर्माण कम्पनीहरूको सेवा खरिदका लागि एमसिए–नेपालले काम अगाडि बढाइरहेको जनाएको छ । एमसीए–नेपाल प्रसारण लाइनहरू समयमै, बजेटभित्रै र नेपाल सरकार एवं एमसीसीको वातावरणीय तथा सामाजिक मापदण्ड अनुसार निर्माण हुने सुनिश्चित गर्न प्रतिबद्ध रहेको पनि जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit