विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सरकार (ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय) ले हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल) मा प्रमुख कार्यकारी अधिकृत (सिइओ) का लागि आज (फागुन ५ गते) आवेदन खुलाएको छ । यसका लागि १५ दिनभित्र शैक्षिक योग्यता पुगेका इच्छुक व्यक्तिले निवेदन दिनुपर्नेछ ।

प्रमुख कार्यकारी अधिकृत छविराज पोखेरेलको ४ वर्षे कार्यकाल गत माघ चौथो साता पूरा भएपछि अहिले एचआइडिसिएलको नेतृत्व खाली छ । उक्त पदको पदपूर्ति गर्न कम्पनीले इच्छुक व्यक्तिहरूबाट आवेदन मागेको छ ।

सिइओका लागि मान्यता प्राप्त विश्वविद्यालयबाट जनप्रशासन वा व्यवस्थापन वा व्यापार वा वित्त वा अर्थशास्त्र वा इन्जिनियरिङ वा कानुनमा वाणिज्य वा कम्पनी कानुन विषय लिई प्रथम श्रेणीमा स्नातकोत्तर गरेको र बैकिङ वा वित्तीय वा कोष व्यवस्थापन वा इन्जिनियरिङका क्षेत्रमा कम्तीमा अधिकृत द्वित्तीय वा वरिष्ठ प्रबन्धक तहमा वा नेपाल सरकारको राजपत्रांकित द्वित्तीय श्रेणी वा सो सरहको पदमा कम्तीमा ७ वर्षको अनुभव प्राप्त गरेको हुनुपर्नेछ ।

यसैगरी, उल्लेखित शैक्षिक योग्यता तथा अनुभव वा मान्यता प्राप्त विश्वविद्यालयबाट प्रथम श्रेणीमा स्नातक उपाधि हासिल गरी चार्टर्ड एकाउन्टेन्सी उर्तीण गरी नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको सदस्यता प्राप्त गरेको र नेपाल सरकारको वा संगठित संस्थाको अधिकृतस्तरको पदमा चार्टर्ड एकाउन्टेन्सी सम्बन्धी काममा कम्तीमा १० वर्षको कार्य अनुभव हासिल गरेको हुनुपर्नेछ । ३५ वर्ष उमेर पूरा भई ५५ वर्ष ननाघेको योग्य व्यक्तिले आवेदन दिनुपर्ने पनि सूचनामा खुलाइएको छ ।

२०६८ असार २७ गते तत्कालीन ऊर्जा मन्त्री गोकर्ण विष्टले स्थापना गरेको कम्पनी करिब २ वर्ष तदर्थ समितिबाट सञ्चालन भएको थियो । प्रतिस्पर्धाबाट छनोट भई सुरुका ४ वर्ष कर्मचारी सञ्चय कोषका वरिष्ठ अधिकृत दीपक रौनियरले ४ वर्ष जिम्मेवारी सम्हालेका थिए । त्यसपछिका ४ वर्ष पोखरेल प्रमुख कार्यकारी अधिकृत रहे ।

अहिले कम्पनीभित्रैका उपमहाप्रबन्धक द्वय मुक्तिबोध न्यौपाने र अरुण रजौरिया सिइओका लागि प्रतिस्पर्धी बनेका छन् । पोखरेलले कार्यकाल दोहोर्याएको खण्डमा दाबी नगर्ने तर उनको बहिर्गमन भए आफूले पदका लागि आवेदन दिने न्यौपाने र रजौरियाको भनाइ थियो । हाल न्याैपानेलाई कामु प्रमुख कार्यकारी अधिकृतकाे जिम्मेवारी ताेकिएकाे छ ।

न्यौपाने चार्टर्ड एकाउन्टेन्ट हुन् भने रजौरिया जलविद्युत् इन्जिनियर । रजौरिया झन्डै २ दशक निजी जलविद्युत् क्षेत्रमा काम गरेर सरकारी सेवामा प्रवेश गरेका हुन् । उनी जलविद्युत् इन्जिनियरिङ क्षेत्रमा क्षमतावान इन्जिनियर मानिन्छन् ।

कम्पनीभित्रका दुई व्यक्तिसँगै उक्त पदमा आउन चाहने बाहिर दर्जनौं अनुहार छन् । ४ वर्षे कार्यकाल पूरा गरेका पोखरेलले नै पुनः आवेदन दिन्छन् दिँदैनन् भन्ने यकिन छैन । उनले पनि आवेदन दिने सम्भावना भने देखिन्छ । यस्तै, भर्खरै विद्युत् उत्पादन कम्पनीबाट कार्यकाल पूरा गरेर बाहिरिएका मोहनराज पन्त पनि यसका लागि योग्य व्यक्ति हुन सक्छन् ।

कम्पनीले अहिले दुई सहायक रेमिट हाइड्रो कम्पनी र सिम्बुवा रेमिट हाइड्रो लिमिटेड स्थापना गरी ताप्लेजुङमा ७७.५ मेगावाट घुन्सा खोला र ७०.३४ मेगावाटको सिम्बुवा खोलाको निर्माण अगाडि बढाएको छ । योसँगै रोल्पाको माडीमा १५६ मेगावाटको माडी र ताप्लेजुङ, पाँचथर र तेह्रथुममा ७५६ मेगावाटको तमोर निर्माण गर्न चिनियाँ कम्पनी पावर चाइनासँग समझदारी गरेको छ ।

एचआइडिसिएल आफैंले जलविद्युत् विकास गर्नु भन्दा ठूला तथा जलाशय आयोजनाका लागि स्वदेश तथा विदेशबाट लगानी व्यवस्थापन गर्ने, जलविद्युत्मा स्वपुँजी लगानी बढाउने र लगानी नपाएका निजी क्षेत्रका लागि समेत स्वपुँजी व्यवस्थापन गर्नुपर्ने चुनौती छ । विगतमा यी काम केही हदसम्म हुँदै आए पनि कम्पनी आयोजना निर्माण गर्ने दिशामा एकोरिरहेको देखिन्छ । यी दुई पक्षलाई आगामी दिनमा सन्तुलित रूपमा अगाडि बढाउनुपर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit