विद्युत अपडेट

  • प्राधिकरण : ६४७५ मे.वा.घन्टा
  • सहायक कम्पनी : ४३५५ मे.वा.घन्टा
  • निजी क्षेत्र : १३०९० मे.वा.घन्टा
  • आयात : ११५६८ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १४३० मे.वा.घन्टा
  • ऊर्जा माग : ३६९१८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९६७ मे.वा.
२०८१ चैत २०, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले फेरी विभिन्न तहमा कार्यरत २८ कर्मचारीको सरुवा गरेको छ । कम्पनीले गत साउन ३२ गते (सोमबार) भएको निर्णय अनुसार विभिन्न वितरण केन्द्रमा कार्यरत ३ देखि ५ तहसम्मका कर्मचारीको सरुवा गरेको हो ।

सरुवा हुनेमा तह ५ का ४ कर्मचारी रहेको प्राधिकरणले जनाएको छ । प्राधिकरणको अनुसार ४ तहका १२ र ३ तहका पनि  १२ कर्मचारीको सरुवा गरिएको छ । ५ तहका भरारी प्रसाद उपाध्याय, कामेश्वर कुशियैत, कविन्द्र राज शाही र शेखर शाहीलाइ सरुवा गरिएको छ ।

प्रसादलाई सिमराबाट पोखरियामा, कुशियैतलाई कन्चनपुरबाट सिरहामा, कविन्द्र राज शाहीलाई चन्दनिहापुरबाट लालबन्दिमा र शेखर शाहीलाई विरगन्जबाट लहान वितरण केन्द्रमा सरुवा गरिएको छ ।

यस्तै, ४ तहका बलदेही शरण मण्डललाई सिरहाबाट संखुवामा, दुलि खंगलाई लहानबाट राजविराजमा, प्रकाश कुमार शाहलाई लालबन्दिबाट मंलगवामा, विजय शाहलाई कलैयाबाट लालबन्दि वितरण केन्द्रमा सुरुवा गरिएको छ । धमेन्द्र यादवलाई मिर्चैयाबाट धनषाधाममा, सुरेन्द्रप्रसाद यादवलाई लालबन्दिबाट मलगंवामा, रोशन कुमार यादवलाई कञ्चनपुरबाट सिराहामा, अनोखा कुमारीलाई चन्द्रनिहापरबाट सिमरामा, अशोक कुमार यादवलाई राजविराजबाट सिराहामा, रामबाबु चौधरीलाई चन्द्रनिहापुरबाट विरगन्जमा, गंगा आलेलाई लालबन्दिबाट गौशालामा र रन्जित प्रसाद कर्णलाई संखुवाबाट जनकपुर वितरण केन्द्रमा सरुवा गरिएको छ ।

यस्तै, ३ तहका पुजन कुमारी चौधरीलाई यदुकुहाबाट जलेश्वरमा, जय किशुन बैठालाई संखुवाबाट मलगंवामा, रामबहादुर मण्डललाई लहानबाट जनकपुरमा, सुशिल कुमार यादवलाई गौरबाट मलंगवामा, श्रवण कुमार सिहलाई संखुवाबाट लहानमा, राघवेन्द्र चौधरीलाई संखुवाबाट जलेश्वरमा, पारस शाल कानुलाई सिमराबाट कलैया वितरण केन्द्रमा सरुवा गरिएको छ ।

सत्य नारायण यादवलाई यदुकुहाबाट जलेश्वरमा, कुष्ण बहादुर सत्याललाई राजविराजबाट कन्चनपुरमा, अमरेन्द्र कुमार शाहलाई पोखरियाबाट चन्द्रनिगाहपुरमा, राम नारायण यादवलाई लाहानबाट राजविराजमा र सुधिर मिश्रलाई धनुषाधामबाट जनकपुर वितरण केन्द्रमा सरुवा गरिएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले गत साउन २९ गतेको निर्णय अनुसार ४ र ३१ गतेको निर्णय अनुसार ५ कर्मचारीको सरुवा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३