विद्युत अपडेट

  • प्राधिकरण : ७३२२ मे.वा.घन्टा
  • सहायक कम्पनी : २८६४ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२४८७ मे.वा.घन्टा
  • आयात : १२८९५ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३०५१ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८६१९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९०६ मे.वा.
२०८१ ब‌ैशाख ६, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । बझाङमा ११ जलविद्युत आयोजनाहरू निर्माणको विभिन्न चरणमा छन् । निजी क्षेत्र तथा सरकारी निकाय जलविद्युत प्रवर्द्धकहरूकाे  करिब ढेड सय मेगावाट यी आयोजनाहरु निर्माणाधीन, निर्माणमा जाने तयारीमा र अध्ययनरत छन् ।

विद्युत विकास विभागका अनुसार जिल्लामा १७५.७६९ मेगावाटका जलविद्युत आयोजना निर्माणका विभिन्न चरणमा छन् । ८७.८२३ मेगावाट जिल्लामा ६ जलविद्युत आयोजनाले निर्माण अनुमति अघि बढाएका छन् । यस्तै, ८ मेगावाटका एक आयोजनाले उत्पादन अनुमतिका लागि आवेदन दिएको छ ।

८.४२ मेगावाटका एक आयोजनाको अध्ययन भइरहेको छ भने ८२ मेगावाटका दुई जलविद्युत आयोजनाले अध्ययन अनुमतिका लागि विभागमा आवेदन दिएका छन्। निर्माण अनुमति पाएकोमध्ये सबैभन्दा ठुलाे ३८ मेगावाटको कालंगा गाड जलविद्युत आयोजना रहेको छ । यो आयोजना सानिगाड हाइड्रो पावर कम्पनीले निर्माण गरिरहेको छ । आयोजनाको परिक्षण भइरहेकाे छ ।

यस्तै, कालंगा हाइड्रो पावर कम्पनीले निर्माण गरिरहेको १५.३३ मेगावाटको कालंगा गाड जलविद्युत आयोजनाको काम पनि सकिन लागेको छ । यही बेसीनमा १०.७ मेगावाटको सानिगाड बुंगल हाइड्रो पावर कम्पनीले परिक्षण गरिरहेकाे छ ।

११.०५ मेगावाटको सुनीगाड ओमेगा इनर्जी डेभलपर्सले निर्माण गर्न अनुमति पाएको छ । यस्तै, १ मेगावाटको जद्रीगाड केशरेश्वर हाइड्रो पावर कम्पनीले निर्माण गर्न अनुमति पाएको छ ।

८ मेगावाटको तल्लो कालङ्गाले निर्माण अनुमतिका लागि विभागमा आवदन दिएको छ । यो आयोजना बांग्थला हाइड्रो पावरले अध्ययन पूरा गरी उत्पादन अनुमतिका लागि आवेदन दिएको हो ।

८.४२ मेगावाटको माथिल्लो सुनीगाड आयोजनाले भने अध्ययन अनुमति पाएको छ । यो आयोजना पनि माथिल्लो सुनिगाडको प्रवद्र्धक ओमेगा इनर्जी डेपलपर्सले अध्ययन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit