विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख १८, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । चिलिमे जलविद्युत कम्पनीको मातहतमा ५७६ मेगावाटका जलविद्युत आयोजना निर्माणका विभिन्न चरणमा छन् । देशको विभिन्न जिल्लामा पहिचान भएका आयोजना निर्माणाधीन र अध्ययनरत छन् ।

५७६ मेगावाटका ८ जलविद्युत आयोजना निर्माणका विभिन्न चरणमा रहेको कम्पनीले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासको वित्तिय विवरणमा उल्लेख छ । कम्पनीको सहायक कम्पनीमार्फत अहिले २७०.३ मेगावाटका ४ आयोजना निर्माणाधीन छन् । बाँकी ३०६ मेगावाटका ४ आयोजनाको अध्ययनको चरणमा छन् ।

अहिले कम्पनीले सहायक कम्पनीमार्फत १४.८ मेगावाटको माथिल्लो सान्जेन, ४२.५ मेगावाटको सान्जेन, १ सय ११ मेगावाटको रसुवागढी र १ सय २ मेगावाटको मध्यभोटेकोसी जलविद्युत आयोजना निर्माणाधीन छन् ।

माथिल्लो सान्जेन, सान्जेन र रसुवागढी रसुवामा निर्माण भइरहेका आयोजना हुन् । मध्यभोटेकोसी सिन्धुपाल्चोकको भोटेकोसी नदीमा निर्माणाधीन छ । सान्जेन जलविद्युत कम्पनीले अघि बढाएका २ आयोजनामा कम्पनीले १ अर्ब ४४ करोड रुपैयाँ लगानी गरेको छ । सान्जेनमा गरिएको यो लगानी कूल स्वपुँजी लगानीको ३८ प्रतिशत हो । माथिल्लो सान्जेनको करिब ९९ प्रतिशत निर्माण सकिएको छ भने, सान्जेनको ८६ प्रतिशत काम सकिएको छ ।

यस्तै, रसुवागढी हाइड्रो पावर कम्पनीमार्फत अघि बढेको रसुवागढीमा कम्पनीको २ अर्ब २४ करोड रुपैयाँ लगानी छ । कम्पनीले रसुवागढीमा गरेको लगानी कूल स्वपुँजीको ३३ प्रतिशत हो । करिब ९० प्रतिशत निर्माण पूरा भएको याे आयोजनाबाट आगामी चैतभित्र उत्पादन सुरु गर्ने लक्ष्य राखिएको छ ।

मध्यभोटेकोसी जलविद्युत कम्पनीमार्फत अघि बढेको मध्यभोटेकोसी आयोजनामा पनि २ अर्ब २२ करोड रुपैयाँ लगानी भएको छ । यो लगानी कूल स्वपुँजीको ३८ प्रतिशत हो । 
मध्यभोटेकोसीको काम पनि आधा भन्दा बढी सकिएको छ । निर्माणाधीन सबै आयोजना सम्पन्न भई सञ्चालनमा आएपछि कम्पनीको आम्दानी स्वतः बढ्नेछ । निर्माणाधीन यी आयोजनाको काम निर्धारित तालिकाभित्र सम्पन्न गर्न चुनौतिपूर्ण रहेको कम्पनीले जनाएको छ । तोकिएमो समय तालिका, लागत र गुणस्तरमा सम्पन्न गर्न दिनरात खटिएको पनि कम्पनीले जनाएको छ ।

यस्तै, हाल यस कम्पनीले सम्भाव्यता अध्ययनका लागि ८१ मेगावाटको बुढीगण्डकी प्रोक, ९३ मेगावाटको बुढीगण्डकी, ८७ मेगावाटको सेतीनदी–३ र ४५ मेगावाटको चुमचेत स्यारखोलाको अनुमति पाएको छ ।

अहिलेसम्म यी आयोजनाको सम्भाव्यता अध्ययनको काम अन्तिम चरणमा पुगेको छ । सेतीनदी–३ को वातावरण प्रभाव मुल्याङ्कन प्रतिवेदन स्वीकृतिको चरणमा छ । बुढीगण्डकी प्रोकको वातावरण अध्ययनको कार्यसूची क्षेत्र निर्धारण स्वीकृतिको चरणमा छ ।

यी सबै आयोजनाको अध्ययनको काम पूरा भएपछि नयाँ कम्पनी गठित गरी निर्माण सुरु गर्ने कम्पनीले जनाएको छ । काठमाडौंदेखि टाढा र आयोजनास्थल कम्पनीका लागि नयाँ भएकोले अध्ययन पूरा गरी निर्माण सम्पन्न गर्न चुनौतिपूर्ण रहेको जनाएको छ । कम्पनीको अहिले २२.१ मेगावाटको चिलिमे जलविद्युत केन्द्र सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit