विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ पुस १८, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । ३२.५० मेगावाटको माथिल्लो तमोर खोला–बी जलविद्युत आयोजनाको प्रवर्द्धक माथिल्लो तमोर हाइड्रो पावर कम्पनीले सरोकारवालासँग राय/सुझाव माग गरेको छ । कम्पनीले आयोजना निर्माण गर्दा पर्न सक्ने वातावरणीय प्रभावका सम्बन्धमा सम्बन्धित सरोकारवालासँग राय/सुझाव मागेको हो ।

सम्बन्धित सरोकारवालालाई आयोजना निर्माण गर्दा स्थानीय क्षेत्रको वातावरणमा पर्न सक्ने प्रतिकुल प्रभावका सम्बन्धमा लिखित राय/सुझाव माग गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार प्रतिवेदन तयारी गर्ने क्रममा सो क्षेत्रको प्राकृतिक, भौतिक, जैविक, सामाजिक, साँस्कृतिक र आर्थिक प्रणालीमा के कस्तो प्रभाव पर्दछ भनी यकिन गर्न सो क्षेत्रको नगरपालिका, गाउँपालिका, विद्यालय, अस्पताल, स्वास्थ्य चौकी तथा सरोकारवाला त्यक्ति वा संस्थासँग लिखित राय/सुझाव माग गरिएको  छ ।

स्थानीयले आगामी एक साताभित्र कम्पनीको कार्यालय वा परामर्शदाता नेपाल रुरल एण्ड एडभान्समेन्ट कमिटी प्रालिको कार्यालयमा आइपुग्ने गरी पठाउनुपर्नेछ ।अहिले आयोजनाको वातावारणीय प्रभाव मुल्याङ्कन प्रतिवेदन तयार गर्ने काम भइरहेको छ ।

आयोजना प्रदेश नम्बर १ को ताप्लेजुङ जिल्लाको फत्ताङलुङ गाउँपालिका भएर बग्ने तमोर खोलाको पानी प्रयोग गरी सोही गाउँपालिकाको वडा नम्बर ६ मा बाँध निर्माण हुनेछ । सोही वडामा विद्युतगृह निर्माण गरी विद्युत उत्पादन गरिनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३